वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
वर्षा र चट्याङले पाँचौँ गुल्मी महोत्सव प्रभावित
लगातार दुई दिन परेको वर्षा, असिना र चट्याङका कारण पाँचौँ गुल्मी महोत्सव प्रभावित भएको छ । महोत्सवको दोस्रो र तेस्रो दिन दिउँसो परेको ठूलो वर्षाले स्टल सञ्चालन गर्ने व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।
सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती
यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ ।
सिकार खेल्दा एक घाइते, दुईनाल बन्दुकसहित ९ जना पक्राउ
सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर नवलपुरमा एक जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ सिलौटेस्थित सूर्यविनायक सामुदायिक वनमा गए राति सिकार खेल्ने क्रममा उक्त घटना भएको हो ।
सुकुमवासी व्यवस्थापन
सुकुमवासी व्यवस्थापन चुनौतीपूर्ण काम हो । दसकौँदेखि बल्झिँदै र राजनीतीकरण गरिँदै आएको यो समस्याको स्थायी समाधानका लागि झन्डै दुई तिहाइको शक्तिशाली जननिर्वाचित सरकारले ठोस योजनासहित व्यवस्थापनको काम सुरु गरेको छ । सुकुमवासी बन्न कसैलाई पनि रहर हुँदैन । बाध्यताले सुकुमवासी बनेका नागरिकको व्यवस्थापन गर्नु राज्यको दायित्व र जिम्मेवारी दुवै हो । नेपालमा सुकुम्वासी हुने कारण अनेक छन् । कोही द्वन्द्वका कारण सुकुम्वासी भएका छन् । कोही बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपत्का कारण सुकुम्वासी बन्न विवश छन् । पछिल्लो समय धेरैलाई त उपचार खर्चको पासोले
समुन्नतिको प्रस्थानविन्दु
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको उत्प्रेरक भनाइ छ, “तपाईं आज पन्छिएर भविष्यको जिम्मेवारीबाट उम्किन सक्नुहुन्न ।” देशलाई गृहयुद्धको सङ्कटबाट पार गराई सुशासन र समुन्नतिको नवीन इतिहास निर्माण गर्ने महान् नेता लिङ्कनको यो भनाइ सरल छ तर सन्देश गहन । हरेक देशको जीवनमा आउने सङ्कटको समाधान तत्कालै खोज्नु पर्छ । वर्तमानलाई सङ्कटमै छोडेर भविष्यमा समुन्नति र आर्थिक विकासको यात्रा तय गर्न सकिँदैन ।
निसीखोला गाउँपालिकाको प्रगति ५२ प्रतिशत
बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए
सप्तरीको महदेवा गाउँपालिका–१ मा आयोजित एकदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
संसद् जीवन्त बनाउने दायित्व
दाजुभाइबिचको झगडा सधैँ कुल (परिवार) को नाशको कारण बन्छ अर्थात् आफ्नो नाताभित्र हुने विवादले बाहिरी शत्रुबाट हुनेभन्दा पनि ठुलो क्षति पु¥याउँछ । संस्कृतको यो नीतिवचन यतिबेला नेपालको राजनीति र त्यसमा पनि नेपाली कांग्रेसमा विकसित पछिल्लो परिस्थितिसँग मिल्दोजुल्दो छ । हुन पनि जब जब कांग्रेस पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यसले पार्टीको छवि कमजोर बनाउँदै लैजान्छ । पार्टी
पलाए आशाका किरण
नेपालमा धेरै शासक र शासन उदय भए । सुशासनको अनुभूति भने नेपालीले बिरलै गर्न पाए । बुढ्यौली शासक असफल भए, समय र प्रविधिमैत्री भएनन्, रूपान्तरण भएनन्, आमनागरिकका इच्छा, आकाङ्क्षा, समस्या सम्बोधन भएनन् भन्ने गुनासा सुन्न थालिएको धेरै भएको छ । आफैँले आफ्नो सार्वभौमसत्ता प्रयोग गरी चुनिएका जनप्रतिनिधि र उनीहरू आफैँले निर्माण गरेका विधि विधान, ऐन, कानुन, नीति नियम प्रभावकारी र अक्षरशः पाल
हिल्सामा खानेपानी र स्वास्थ्य सेवाको अभाव
नेपाल–चीन सीमास्थित हिल्सामा विभिन्न व्यवसाय गर्दै आएका स्थानीयले अनेक समस्याबिच बस्नुपरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा हिल्सा पुगेको टोलीसँगको छलफलमा हिल्सावासीले आफूहरूले भोगिरहेका समस्या राखेका हुन् ।
सुधारतिर अर्थतन्त्र
अर्थतन्त्रमा सङ्कुचन आउनु भनेको देशको कुल गार्हस्थ उत्पादन घट्नु, आर्थिक गतिविधि सुस्त हुनु र बजारमा माग तथा आपूर्तिको सन्तुलन बिग्रनुलाई मानिन्छ । आमनागरिकको क्रयशक्ति कमजोर हुनेबित्तिकै उपभोग कम हुने गर्छ । बढ्दो मूल्यवृद्धिले गर्दा आम्दानी साबिकको तुलनामा भए पनि वस्तु र सेवा प्रयोगमा बढी रकम खर्च गर्नुपर्ने अवस्थाले उत्पादन घटाउन सहयोग पु¥याउँछ । उत्पादन घट्नु भनेको अर्थतन्त्रमा सङ्कुचन आउनु हो ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । नेपाली सािहत्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल यहाँ आउन लाग्नुभएको हो ।
तराईमा तातो दिन, अन्यत्र बादल
पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ ।
आजको राशिफल
आजको राशिफल
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
उपन्यासकार पराजुलीको ‘बखान’ माथि वालिङमा विमर्श
युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ ।
जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना
गोरखापत्र संस्थानको पुस्तकालयमा जयपृथ्वीबहादुर सिंहको स्मृतिग्रन्थ कक्ष स्थापना गरिएको छ । गोरखापत्र प्रकाशनको आसन्न १२६ औँ वार्षिकोत्सव तथा ९९ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसर पारेर गोरखापत्र संस्थानको पुस्तकालय हाताभित्र जयपृथ्वीबहादुर सिंहको स्मृति कक्ष राखिएको हो । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले स्मृतिग्रन्थ कक्षको उद्घाटन गर्नुभयो ।
‘शिक्षामा बेलाको बोली’ सार्वजनिक
प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ आइतबार लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
कक्षा १२ को परीक्षाः गुल्मीमा २१ सयभन्दा बढी सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि २१ सयभन्दा बढी परीक्षार्थी सहभागी हुनेभएका छन्।
सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।