नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १८ सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १८ सय क्विन्टल धान खरिद गरेको छ ।
मधुमेह हुनबाट बच्न जीवनशैली सुधारौँ
पछिल्लो सयम मधुमेह संसारभर महामारीको रुपमा देखिँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन लाख १२ हजार ३४२ जनामा, आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख ८४ हजार ३४७ जनामा मधुमेह पुष्टि भएको थियो ।
पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर : उपसभामुख ईशर
मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गर्नुभएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ ।
सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड
सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
गुल्मीमा मतदाताको सहजताका लागि तीन मतदान स्थल थप गर्न सिफारिस
गुल्मीमा मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन गरिसकेको छ ।
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेशन आह्वान
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गर्नुभएको छ ।
सहिदभूमि गाउँपालिमा तीन दिन बिदा
सहिदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।
औरहीबाट १० केजी गाँजासहित दुई युवक पक्राउ
महोत्तरीको औरहीबाट लागूऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागुऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको हो ।
पर्यटन पुनरुत्थानमा अन्नपूर्ण अग्रस्थानमा
नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२५ को जनवरीदेखि अक्टोबर महिनासम्म अन्नपूर्ण क्षेत्रमा दुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या गत वर्षको कुल आगन्तुक सङ्ख्याभन्दा बढी हो ।
नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताउनुभएको छ ।
एघार वर्ष बित्यो, बनेन घुमाउनेघाटको पुल
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । २०७१ साल असारमा सम्झौता गरी सुरु गरिएको पुल निर्माण अहिलेसम्म प्रारम्भिक चरणमै अलपत्र छ ।
नदीजन्य पदार्थको अभाव : विकास निर्माणका काम प्रभावित
निर्माणका लागि आवश्यक नदीजन्य पदार्थको ठेक्का प्रक्रिया ढिलो हुँदा जिल्लास्थित विभिन्न निर्माणका काम प्रभावित भएका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहका विभिन्न योजना सुरु हुने तयारी भइरहेको भए पनि ढुङ्गा, गिट्टी र बालुवाको सहज आपूर्तिको अभावले समस्या बढाएको हो । जिल्लाका १० स्थानीय तहमध्ये कुनै पनि तहले अहिलेसम्म नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनको ठेक्का सम्झौता गरेका छैनन् ।
कपास विकास समितिको जग्गा अतिक्रमण
बर्दियाको मधुवन नगरपालिका अन्तर्गत दुर्गापुरस्थित कपास विकास समितिको तीन बिघा जग्गामा फेरि पनि अतिक्रमणकारीले आँखा लगाएका छन् ।
सदरमुकाममा छैनन् सिसिटिभी क्यामेरा
गुल्मीको सदरमुकाम तम्घास र मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान हुन नसक्दा सुरक्षा चुनौती बढिरहेको छ । सुरक्षाका दृष्टिले महत्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा तम्घासका बाख्रेछेडा, खानीगाउँ दोबाटो, उदिनढुङ्गा, जिपपार्क, फिल्म हल, अस्पताल लाइनमा दुई दुई वटा र गरिमा विकास बैङ्क क्षेत्रमा एउटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सर्पको बिगबिगी यथावत्
प्रायः जसो गर्मी मौसममा सर्प देखा पर्ने र सर्पदंशका घटना बढी हुने गर्छन । तराईमा कात्तिकको अन्तिम साता लाग्दा जाडो सुरु भइसकेको छ । बिहान घाँसमा तुसारो पर्न थालिसकेको छ । जाडोमा सर्प जमिनमुनि लुक्ने गरेको बताइए पनि यस वर्ष भने सर्पको बिगबिगी देखिएको छ ।
एक हजारभन्दा बढी मतदाता थपिए
सल्यानमा एक हजार बढी नयाँ मतदाता थपिएका छन् । गत असोज १२ गतेदेखि सुरु भएको दर्ता अद्यावधिक कार्य अन्तर्गत जम्मा एक हजार ५० जनाले आफ्नो नामावली अद्यावधिक तथा नयाँ दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । यसबिचमा ५२ जनाले मतदाता नामावली सारेर जिल्लाबाहिर गएको जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
स्तरीय खेल मैदान अभावले खेलक्षेत्र सुस्त
खेल्न मात्रै होइन अभ्यास गर्न पनि स्तरीय खेल मैदान हुनुपर्छ, तर महोत्तरी जिल्लामा स्तरीय खेल खेल्न मैदानको अभाव रहेको देखिएको छ । मैदान अभावमा खेलकुद गतिविधि सुस्त जस्तै छ ।
लोप हुँदै आरन व्यवसाय
जिल्लामा पछिल्लो केही समययता फलामबाट विभिन्न औजार निर्माण गरिने आरन व्यवसाय लोप हुँदै गएको छ । पुस्तौँदेखि जिल्लामा बन्चरो, हँसिया आँसी, कुटो, कोदालोलगायतका कृषि औजार निर्माण गरिने आरन पेसा लोप हुँलै गएको व्यवसायीको गुनासो छ । केही वर्ष पहिला गाउँघरमा यो व्यवसाय निकै प्रचलित भए पनि पछिल्लो समय आरन व्यवसाय विस्तारै लोप हुन थालेका छन् ।
भत्किएको भवनबाटै सेवा प्रवाह
यहाँको एक कार्यालयले भत्किएको भवनबाट सेवा प्रवाह गरेको छ । विगत दुई वर्षअघि बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले भत्किएको भवनबाट नलगाड सबडिभिजन वन कार्यालयले सेवा प्रवाह गरेको हो ।
परियोजना प्रभावितद्वारा जग्गा नापी गर्न माग
हाल वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सुरु भएको पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूको जग्गा फेरि नापी हुनुपर्ने माग अघि सारेका छन् ।
चालिस प्रतिशत युवतीको उमेर नपुग्दै विवाह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले बालविवाह गर्दा केटाकेटी दुवै बिचल्लीमा पर्ने गरेका बताउनुभएको छ ।
बुवाको मृत्युपछि छोराछोरीको बिचल्ली
कैलालीको भजनी नगरपालिका–४, झल्झलियाका टीकाराम जैसीले भारतमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो । उहाँको मृत्यु भएपछि भने परिवारको बिचल्ली भएको छ ।