बुवाको मृत्युपछि छोराछोरीको बिचल्ली
कैलालीको भजनी नगरपालिका–४, झल्झलियाका टीकाराम जैसीले भारतमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो । उहाँको मृत्यु भएपछि भने परिवारको बिचल्ली भएको छ ।
दुर्लभ चरीबाघ सङ्कटमा
जिल्लाका संरक्षित वनमा दुर्लभ मानिएको चरी भेटिए पनि वासस्थानवरिपरि जथाभाबी सडक निर्माणले चरीबाघको अस्तित्व सङ्कटमा परेको छ । हालै ग्वाल्लेक संरक्षित वननजिकै सडकको नालीमा अचेत अवस्थामा भेटिएको चरीबाघको उपचारका क्रममा मृत्यु भएको छ ।
अलपत्र ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने
बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा निर्माण भएर पनि लामो समयदेखि अलपत्र परेको ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने भएको छ ।
सात वर्षदेखि बिनातलब पठनपाठन
सप्तरीको राजविराज नगरपालिका–१, डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई विगत सात वर्षदेखि निःशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ । राष्ट्रिय आधारभूत विद्यालय डुमरी शिवथानमा स्थानीय शिक्षिका सीमा यादवले सात वर्षदेखि निःशुल्क नियमित पठनपाठन गर्दै आउनुभएको हो ।
अघि बढ्यो टक्सार संरक्षण योजना
धनकुटामा ऐतिहासिक तथा पुराताìिवक संरचनाका रूपमा रहेको टक्सारको संरक्षण थालिएको छ । पुरातìव विभागले आर्थिक वर्ष २०८२÷८३ को धनकुटामा रहेको टक्सारका लागि विनियोजन गरेको बजेटबाट संरक्षण कार्य थालेको हो ।
नेपाली सेनामा ३६ सय जनाका लागि खुल्यो जागिर
नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
राष्ट्रिय भवन संहिता कार्यान्वयनमा
संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ ।
मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल
मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ ।
उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण
जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ ।
कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी
घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् ।
सहिदको बलिदान खेर नजाओस्
जेनजी समूहको आन्दोलनका क्रममा ज्यान गुमाएका सिन्धुलीका सहिद परिवारले सरकारले जेनजीको भावना अनुरूप काम गर्न नसकेको गुनासो गरेका छन् । गत भदौ २३ र
पश्चिम नवलपरासीमा निर्वाचनको तयारी : १२ मतदानस्थल ‘अति संवेदनशील’
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ ।
हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण
नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
मतदातामा उत्साह
लोकतान्त्रिक प्रणाली जनचाहना अनुरूप चल्ने राजनीतिक प्रणाली हो । जनचाहना प्रतिनिधित्व गर्ने मूल माध्यम निर्वाचन नै हो । जनचाहना अनुरूप शासनव्यवस्था सञ्चालन नहुँदा अनेक व्यवस्था इतिहासमा धुलिसात भए ।
युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो ।
आन्दोलनमा महानगरको क्षति एक अर्ब
जेनजी आन्दोलनका व्रmममा भदौ २४ गते विराटनगर महानगरपालिका र मातहतका वडा कार्यालयसमेतमा गरी झन्डै एक अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।
नैतिकताको कसीमा चुनाव
त्यो दिनको कल्पना कसलाई पो थियो र, गत भदौ २३ र २४ गते जे भयो । अनि त्यसपछि ? त्यसपछिका दिन पनि जे नहुनु थियो त्यही भइरहेको छ । हामीले जे गर्नु हुँदैनथ्यो त्यसैको परिणाम त्यो दिन सिङ्गो देशले नै भुक्तान गरिरहेको छ ।
‘निर्णय गरिएसँगै काम हुनु पर्छ’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्णय गरिएसँगै काम हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार सदरमुकाम चरीकोटमा भीमेश्वर नगरपालिकाले आयोजना गरे
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
लहानमा दुई हजारभन्दा बढि मोतियाबिन्दु बिरामी फेला
लहान नगरपालिकामा आयोजना गरिएको आँखा जाँच शिविरमा दुई हजारभन्दा बढि मोतियाबिन्दुको बिरामी फेला फरेको छ ।
तिलिचो तालमा आठ देशका कुस्ती खेलाडीको ऐतिहासिक भिडन्त
मनाङ जिल्लामा पर्ने विश्वप्रसिद्ध तिलिचो ताल (४,९१९ मिटर) मा आगामी मङ्सिरमा विश्वकै अग्लो स्थानमा कुस्ती प्रतियोगिता आयोजना हुँदैछ ।
सादगी जीवनले ल्याउने परिवर्तन
बलियो मानिस कमलो मनको हुन्छ । बुद्धिमान मानिस मौन बस्छ । धनी व्यक्ति साधा जीवनको सादगी हुन्छ । खुसी मानिस आफ्नो खुसीलाई गोप्य राख्छ । बढी फुरफुर गर्दैन । आफ्नो बलबुता, धनदौलत र आफ्नो खुसीलाई सबैसामु प्रदर्शन गर्न आवश्यक ठान्दैन ।