आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान
१४ वर्षमै आइपिएल खेल्ने खेलाडीको रुपमा चर्चा बटुल्नुभएका वैभवले गुजराज टाइटन्सविरुद्ध सतक प्रहार गरेर अर्को वाहवाही बटुल्नुभएको छ ।
अस्पतालको तेस्रो तल्लाबाट हाम फालेर बिरामी घाइते
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तल्लाबाट आज हाम फालेर एक बिरामी घाइते हुनुभएको छ। अस्पतालमा उपचाररत मिर्गौला पीडित गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंह हाम फालेर घाइते हुनु भएको हो।
भोटेचौर बजार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा अवस्थित भोटेचौर बजार र आसपासका दृश्य ।
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित : संसदको अर्को बैठक शुक्रबार
प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।
डजबलमा नेपाल तेस्रो
भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएका घर भत्काइयाे
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ ।
मकै खेतीतर्फ बाँके डुडुवाका किसान : एउटै वडामा २५० हेक्टरमा खेती
तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसान पछिल्लो समयमा मकै खेतीतर्फ आकर्षित भएका हुन्।
क्षयरोगमुक्त पालिका घोषणा गर्न सुरुङ्गामा रोगीको पहिचान र उपचार सुरु
सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरूप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ ।
विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह
सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।
राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै सरकारको ध्यानाकर्षण
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारले शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
हावाहुरीले मकै र तरकारी बालीमा क्षति
हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
कृषकलाई कृषि तालिम
सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरूका लागि कृषि तालिम सम्पन्न भएको छ ।
पाउदुरे नाच संरक्षणको पहल
कुमाल समुदायको प्रख्यात पाउदुरे नाच संरक्षणका लागि पहल थालिएको छ ।
कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।
इतिहास फर्किंदैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताउनुभएको छ ।
बजेटको तयारीमा जुट्दै प्रदेश सरकार
प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट तयारीमा सरकार जुटेको हो ।
कालिगण्डकीमा पुल निर्माण अघि बढेन
कालिगण्डकी नदीमा पुल निर्माण प्रक्रिया रोकिएको छ ।
पोखरीमा डुबेर दुई बालकको मृत्यु
महोत्तरीको मनरासिश्वा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ । सो नगरपालिका– १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका– ९ लखनपट्टी घर भई मामा घर आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको डुबेर मृत्यु भएको हो ।
गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार
सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
म्यानमारमा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल
म्यानमारका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोलीकर्तालाई आकर्षित गर्न सकेन ।
गुलरिया नेपालगन्ज सडकमा अत्याधुनिक सिसी क्यामेरा जडान
बर्दियामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको छ ।
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ ।
नदी खोंचमा महिला मृत फेला
जिल्लाको रम्भामा एक जना महिला मृत अवस्थामा फेला परेकाे छन्। रम्भा गाउँपालिका–३, राम्दीस्थित कालीगण्डकी नदी खोचमा बगनासकाली–६, यम्घाकी ३४ वर्षीया गंगा माझी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।