पालिकाको दबाबपछि सञ्चालनमा आउँदै विद्यालय
शिक्षकको आन्दोलनले गर्दा बन्द भएका तनहुँ सामुदायिक विद्यालय पालिकाको दबाबपछि खुल्न थालेका छन् ।
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गाडिएको अवस्थामा बालकको शव फेला
हराएको आठ दिनपछि नौ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बुवा र आमासँग बस्दै आएका नौ वर्षीय कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
विद्यालय सञ्चालन गर्न मुसिकोटको निर्देशन
गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ ।
अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ ।
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदको माग
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभएको छ । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभएको थियो ।
गाउँका सडक कालोपत्रे भएपछि स्थानीयलाई सहज
इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक, एक वटा ‘अलवेदर’(बाह्र मासे)सडक निर्माण गरिएको छ ।
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको खर्च ३० प्रतिशत
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारलको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ ।
रघुगङ्गामा विकास योजना कार्यान्वयन धमाधम
म्याग्दीको रघुगङ्गा गाउँपालिका चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेका विकास योजनाहरू कार्यान्वयनमा जुटेको छ । ठेक्का मार्फत र उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका विकास योजनाहरुमा धमाधम काम भइरहेको छ ।
सुनको मूल्य पाँच सयले बढ्यो
सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गरौँ: रक्षा मन्त्री राई
काठमाडौँ, वैशाख १६ गते । रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्ययन गैर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताउनु भयो । उहाँले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ । मन्त्री राईले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरू मेरो पनि मत छ, यसलाई पुनः विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाऊँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’रक्षा मन्त्री राईले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने बताउनु भयो । उहाँले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउनु भयो । उहाँले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको बताउनु भयो ।
कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने
लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो ।
वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।
पठन संस्कृतिको जग पुस्तकालय
पुस्तकालय दुई शब्द मिलेर बनेको छ– पुस्तक र आलय ।
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु
भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।
घोडेजात्राको कथा
हरेक वर्षको चैत कृष्ण औँसीका दिन काठमाडौँको टुँडिखेलमा घोडेजात्रा मनाइन्छ ।
श्रीमतीको हत्या गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मङ्गलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ ।जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मङ्गलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ । मङ्गलबार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएकाे छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
व्यावसायिक रुपमा मौरीपालन
दाङ, वैशाख १६ गते । दाङको घोराही उपमहानगरपालिका–७ स्थित शुक्रबारेमा व्यावसायिक रुपमा गरिएको मौरीपालन । पछिल्लो समय जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
नगर प्रमुखलाई दुर्व्यवहार गर्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने पुतलीबजार नगरपालिका –१ का विक्रान्त कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको पूर्व अध्यक्ष समेत हुन् ।