प्युठानमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै
जिल्लामा पछिल्लो समय रक्तदान गर्ने व्यक्ति बढ्दै गएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्न थालेका हुन् ।
राष्ट्रपति पौडेल लमजुङ आउनुहुँदै
लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा निर्माणाधीन “राष्ट्रकवि माधव घिमिरे पार्क” र शालिक अनावरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल लमजुङ आउनुहुने भएको छ ।
राष्ट्रपति पौडेलसँग अजरबैजानका उप विदेशमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठक स्थगित
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
दरखोला जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पु-याएपछि अन्य संरचना निर्माण थालिएको हो ।
बैतडीका बिस हजार परिवार स्वास्थ्य बिमामा आबद्ध
केशव राज भट्ट बैतडी, वैशाख १९ गते । बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दस ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताउनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भइसकेको छ । बाँकी पालिकाहरूमा पनि समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।अहिले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न लागिएको बडालले बताउनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहेको छ । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक वर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताउनुभयो । स्वास्थ्य बिमाको सेवा निरन्तर रूपमा पाउन हरेक वर्ष बिमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप सात सय रुपियाँका दरले प्रिमियम तिर्नुपर्ने र उहाँहरूले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताउनुभयो । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागु हुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागु हुने भएको छ ।बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ । जिल्लामै तीन ठाँउबाट स्वास्थ्य सेवा प्रवाह भएपछि दुर्गमका नागरिकलाई सेवा लिन सहज भएको छ । सहजै परिवारका पाँच जनासम्मको उपचार गर्न मिल्ने भएकाले २०७६ सालदेखि स्वास्थ्य बिमामा आबद्ध रहेको पाटन नगरपालिका ६ का लालसिंह विष्टले बताउनुभयो ।गरिब तथा विपन्न नागरिकको लागि स्वास्थ्य बिमा धेरैनै प्रभावकारी रहेको र पुजीमा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न मिल्ने भएको हुँदा ज्यादै खुसी लागेको पन्चेश्वर गाउँपालिका ३ का कालु जोशी बताउनुभयो ।रोजगारी नभएका, एकल महिला, विपन्नलाई तथा खर्च नभएर उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमा साहारा बनेको दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले बताउनुभयो ।
केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल
परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगन्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ ।
गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड
काठमाडौँ, वैशाख १९ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआजा गर्नेको भीड लागेको छ ।रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पुर्याइएको थियो । आज बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुलचोक, गाःबहाल, सुनधारातर्फ महाबौद्ध र चाकु बहाल हुँदै लगनखेल, पोडे टोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनबाट रथयात्रा सुरु गरिएको हो । आज शुक्रवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड छ ।
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
काठमाडौँ, वैशाख १९ गते । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो । तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद् सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले बताएको छ ।
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण
उक्त कार्यालयकी सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको हो ।
पुस्तकालयले ल्याएको परिवर्तन
मलाई पुस्तकालय जानका लागि कुनै विशेष कारण चाहिँदैन । यो मेरो जीवनको दैनिकी हो ।
पुस्तकालयको अनुभव
विभिन्न किसिमका पुस्तकको सङ्ग्रह भएको ठाउँलाई पुस्तकालय भनिन्छ ।
ज्ञानको भण्डार पुस्तकालय
पुस्तकालय भनेको ज्ञानको भण्डार हो ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हानद्वारा राजीनामा
काठमाडौँ, वैशाख १९ गते । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान डक–सूले बिहीबार राष्ट्रलाई टेलिभिजन सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको छ । हानले देशले सामना गरिरहेको सङ्कटको समयमा आफूले गर्न सक्ने र गर्नुपर्ने काम गर्न पद त्याग्ने निर्णय गरेको बताउनुभयो । चरम राजनीति त्यागिएको छैन र सहयोगको जग स्थापित भएको छैन तबसम्म सत्तामा जो भए पनि विभाजन र द्वन्द्व दोहोरिने उहाँको भनाइ छ । भन्नुहुन्छ, यस क्षणमा र भविष्यमा अन्त्यसम्म दक्षिण कोरियाको लागि उत्तम बन्ने सबै तरिकाले जानेछु । हानको राजीनामासँगै उपप्रधानमन्त्री तथा अर्थ तथा वित्तमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नुहुनेछ । हानले शुक्रवार जुन ३ मा हुने तत्काल राष्ट्रपति चुनावको लागि आफ्नो दाबी घोषणा गर्ने अनुमान गरिएको छ । पूर्व राष्ट्रपति युन सुक–योललाई उनको असफल मार्सल ल लागूका कारण पदबाट हटाइएपछि उनी रूढिवादी मतदाताहरूका लागि मन पर्ने राष्ट्रपति उम्मेदवारहरूमध्ये एक हुन् । हालै गरिएको एक सर्वेक्षणले हानले १३ प्रतिशतको समर्थन दर प्राप्त गरेको देखाएको छ । जसले रूढिवादी पिपुल पावर पार्टीका राष्ट्रपतिका उम्मेदवारहरूको अनुमोदन स्कोरलाई उछिन्यो । यो बहुमत उदारवादी डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार ली जे–म्युङको लागि ४२ प्रतिशत समर्थनभन्दा धेरै कम थियो । सिन्ह्वाको सहयोगमा
शालिग्राम लोप हुने अवस्थामा
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, का वडाध्यक्ष कर्मा ग्याछो गुरुङ कागबेनीमा आउने भक्तजनलाई घरायसी प्रयोजनबाहेक शालिग्राम नलैजान अनुरोध गर्नुहुन्छ ।
कालीगण्डकी तर्न साँघुको भर
थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदा सोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् ।
प्रभावकारी भएन स्वास्थ्य सेवा
ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य एकाइमा २०७६ सालदेखि ‘बर्थिङ सेन्टर’ स्थापना गरेर सेवाप्रवाह भए पनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचार मात्रै पाउने गरेका छन् ।
सिकिस्त भएपछि कुवेतबाट उद्धारको माग गर्दै मल्ल
बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आउनुभएको छ ।
सञ्चालनमा आएनन् विद्युतीय बस
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् ।
एउटै कम्पनीलाई चार पुलको ठेक्का, समयमै पुल बन्नेमा आशङ्का
एउटै निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिएर समयमै काम नसक्ने गरेको नौलो कुरा होइन । यो विषयमा नियामक निकाय जानकार हुँदाहुँदै पनि पहुँचका आधारमा ठेक्का हत्याउने गरेका छन् ।
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता
“तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि उनीहरूको पढ्ने बाटो खुल्छ ।
सडक विस्तार योजनामा सूर्योदय
इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक÷एक वटा ‘अल वेदर’ (बाह्रमासे) सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका बाह्रमासे सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित बन्न थालेका छन् ।
‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ ।