६५ वर्षसम्मकाले दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने गरी आवेदन माग गरेको छ । आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै मन्त्रालयले तीस वर्ष देखि ६५ वर्ष उमेर समूहका नागरिकले अध्यक्ष पदका लागि दरखास्त दिन अनुरोध गरेको हो ।
ऊर्जा प्रभावकारी भवनसम्बन्धी नीतिगत व्यवस्थाको खाँचो
यतिबेला माघको चिसोले गर्दा घर वा कार्यालयमा भित्र बस्दा पनि अधिकांशले बिजुली वा ग्यासबाट चल्ने हिटर, ब्यायलर, हिट पम्प लगाएर कोठा तताउने गर्दछन् तर ललितपुर ग्वार्कोका राजेश महर्जनको घरमा चिसोको अनुभव हुँदैन ।
उत्तरगङ्गा जलविद्युतको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत
बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ ।
आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते
‘आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते हुने भएको छ । कक्षा–८ देखि १२ सम्मका विद्यार्थीले सो सम्मेलनमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।
अलपत्र पर्यो लिफ्ट सिँचाइ आयोजना
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो ।
सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ ।
“डिप फेक” को भुमरी
के तपाईंले कुनै नेताले अन्य दलको नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ ?, कुनै नायिकाको अश्लील भिडियो (पोर्न) हेर्नु भएको छ ?, इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसक्ने खालको भाषा, हाउभाउ र शैलीको भिडियो भेट्टाउनु भएको छ ? यदि यस्ता कुरासँग तपाईंको साक्षात्कार भएको छ भने बेलैमा सचेत बन्नुहोस् । यस्ता भिडियो वास्तविक नभएर प्रविधिको प्रयोगबाट पनि निर्माण भएका हुन सक्छन् । त्यसैले यस्ता सामग्री तत्काल सेयर गरेर सनसनी फैलाउनेतर्फ नलागेर यस्ता भिडियोको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहोस् ।
डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।
चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढेको जाक्साको भनाइ
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ ।
रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो ।
पुल्चोक इन्जिनियरिङ् कलेजमा १५ औँ आर्किट्रेक्चर प्रदर्शनी सुरु
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्याथीले शुक्रबारबाट १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर प्रदर्शन सुरु गरेका छन् ।
आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक आउँदै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ ।
सरकारद्वारा ग्रिन हाइड्रोजन नीति स्वीकृत
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबिच सहकार्य
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबिच साझेदारी हुने भएको छ ।
टेलिकमको नगद लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ ।
टेलिकमले ल्यायो ‘विन्टर अफर’
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।
टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो
नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।
भासिएको कमला पुलको पुनः निर्माण गरिने
हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनः निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच मङ्गलबार आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो ।
टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
‘सार्वजनिक यातायातको उपयुक्त विकल्प पोडवे’
खोला किनार, घना जङ्गल तथा आवासीय क्षेत्रमाथि विद्युतको तारमा सरर गुडाउन सकिने आधुनिक यातायातको माध्यम हो पोडवे । झट्ट हेर्दा केबुलकार जस्तो देखिने यो सेवा निर्माणमा केबुलकार भन्दा निकै सस्तो पर्दछ । दुई पोलबिचको दुरी दुई किलोमिटर रहने, विद्युतको सहायताले सञ्चालन हुने यो सेवा वातावरणीय हिसाबले पनि निकै प्रभावकारी रहेको छ ।
सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था
सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ ।
जोखिम छ भिपिएन प्रयोगमा
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भिपिएनको चर्चा एकाएक चुलिएको छ । गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि त्यसका कतिपय प्रयोगकर्ता वैकल्पिक उपायको खोजीमा फ्रि भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राख्न थाले । साइबरविज्ञहरूले इन्टरनेटमा उपलब्ध हुने फ्री भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम हुन सक्ने भन्दै प्रयोगकर्तालाई
प्रतिस्पर्धामा अब्बल हुन टेलिकमका व्यवस्थापकलाई मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
रानीजमरा कुलरिया आयोजनाः सिंचाइसँगै बल्यो बिजुली
कैलालीको सम्मफाँट । चित्ताकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ ।