‘महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने गलत भाष्य छ’
जनता समाजवादी पार्टी (जसपा) नेपालकी उपमहासचिव तथा संसदीय दलको प्रमुख सचेतक रेखा यादवले सफल रूपमा घर चलाएका महिलामा देश चलाउने आँट पनि रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो संवाद ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
‘मिडिया काउन्सिललाई स्वायत्त संस्था बनाउनुपर्छ’
दैलेख क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा गठन गर्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा संवाद गर्दै उहाँले सो कुरा बताउनुभयो ।
जनताको प्रतिनिधिकै रूपमा काम गरेको छुः सांसद तिमलसिना
नेपाली कांग्रेसका नेता एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले मतदाताका कुरालाई प्राथमिकता दिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
‘संसद बैठकमा केही अराजकता छ, सुधार्नु पर्छ’
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै सुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
नुवाकोट विकासमा पछाडि पर्नु विडम्बना हो : सांसद बिमला सुवेदी
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति सभापति बिमला सुवेदीले नुवाकोट विकासमा पछाडि पर्नु बिडम्बना भएको बताउनुभएको छ।
‘सांसदलाई सवाल’का ५० शृङ्खला
गोरखापत्र अनलाइनको साप्ताहिक कार्यक्रम ‘सांसदलाई सवाल’ले ५० औँ शृङ्खला पार गरेको छ। २०८१ साल साउन १२ गते सुरु भएको ‘सांसदलाई सवाल’ले २०८२ साल असार २१ गते ५० औँ शृङ्खला पार गरेको हो।
‘सत्ता र प्रतिपक्ष सभामुखको दृष्टिमा समान हुन्’
सभामुख देवराज घिमिरेले सभामुखको दृष्टिमा सत्ता र प्रतिपक्ष समान हुने बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
विकास निर्माण स्थानीय प्रतिनिधिले गर्ने हो : सांसद थापा
भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोवास गर्दै आउनु भएका प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा क्षेत्री वि.सं. २०४४ देखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।
‘सुशासन कायम गर्न वित्तीय अनुशासन चाहिन्छ’
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्यूतप्रसाद मैनालीले बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने कर्मचारी र संस्थालाई पुरस्कारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । त्यसोगर्दा मुलुकमा सुशासन कायम हुने उहाँको बुझाइ छ ।
मधेशको विकास गरे नेपालको विकास हुन्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले मधेशको विकास गरे नेपालको विकास हुने बताउनुभएको छ।
जनता मालिक हुन सकेनन् : सांसद प्रभु साह
आम जनता पार्टीका अध्यक्ष, पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गणतन्त्रमा पनि जनता मालिक हुन नसकेको बताउनुभएको छ।
‘भुइँमान्छेहरू सांसदबाट विकास चाहन्छन्’
प्रतिनिधिसभा सदस्य गङ्गाप्रसाद यादवले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदमा सरकार, कर्मचारी र आम नागरिकको हेराई फरक रहेकाले स्रोत साधन वितरणमा विभेद भएको बताउनुहुन्छ । गोरखापत्र अनलाइन डट कमसँगको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा उहाँले सो कुरा बताउनुभयो ।
दलितलाई अछुत भन्छन्, अछुत त भ्रष्टचारी हुन् : सांसद छिरिङ डम्डुल लामा
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे) जिल्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाइनमा जोड्न सक्रिय हुनुहुन्छ ।
युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली
नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताउनुभएको छ।
‘विकासका लागि मन्त्रालय धाउनै पर्ने बाध्यता छ’
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उर्मिला थेवेले यो सरकारले सबैभन्दा बढी काम गरेको बताउनुभएको छ । ऐन नियमहरू बनाउने काम पनि रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।
संसदमा अल्पमतको बोली बिक्दैन : डा. वीरेन्द्रप्रसाद महतो
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतोले संसदमा जतिसुकै विद्वान भए पनि अल्पमतको बोली नबिक्ने बताउनुभएको छ।
देश बनाउन विकास, शिक्षा र कृषि नीति परिवर्तन हुनुपर्छ : सांसद सुदन किराती
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
अब जनताले महसुस गर्नेगरी विकास गर्नुपर्छ : सांसद के.सी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार (राजन) के.सी.ले अब जनताले महसुस गर्नेगरी देश विकास गर्नुपर्ने बताउनुभएको छ।
सङ्घीय सांसदलाई सबै योजनामा जोड्नु हुँदैन : सांसद घर्ती
नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् रोल्पाका प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरले राष्ट्रिय गौरवबाहेक सङ्घीय संसदलाई सबै योजनामा जोड्नु नहुने बताउनुभएको छ । सांसदको प्रमुख जिम्मेवारी नीति निर्माण भएकाले सबै योजनामा जोड्नु उचित नहुने उहाँको भनाइ छ ।
निर्वाचन क्षेत्रमा रोजगारीका लागि निरन्तर पहल भइराखेको छ : सांसद आचार्य
नेकपा (एमाले) नेता एवम् पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले काठमाडौँको स्वार्थ केन्द्रित मानसिकता नफेरिएसम्म देश नबन्ने बताउनुभएको छ ।
राजनीति जनताको आँसु पुछ्ने कला हो : सांसद शाही
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बाजुराका प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले राजनीति जनताको आँसु पुछ्ने कला भएको बताउनुभएको छ।
‘स्थानीय तहभन्दा अघि सङ्घीय निर्वाचन हुनुपर्छ’
वि.सं. २०२३ बाट विद्यार्थी राजनीतिमा लाग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्का उदयपुर जिल्लाबाट चार पटक निर्वाचित सांसद भइसक्नु भएको छ ।
'राजनीतिक अधिकारले मात्र खान र लाउन दिँदैन'
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवम् दोलखाका प्रतिनिधि सभा सदस्य गङ्गा कार्कीले देश आर्थिक समृद्धिको बाटोमा अगाडि नबढेसम्म जनताको जीवनस्तर सुधार हुन नसक्ने बताउनुभएको छ।
‘महिलालाई कानुनले अधिकार सम्पन्न बनायो, तर कार्यान्वयन पक्ष कमजोर भयो’
नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष कमजोर बनेको प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाको बुझाइ छ। महिला दिवसको सन्दर्भमा गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद झाले यस्तो बताउनुभएको हो।