सुनको मूल्य बढ्यो
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।
विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण
वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो ।
दुर्घटना भएपछि यसरी सेवा दिन्छ चौतारा अस्पताल
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारानजिकै जुगल गाउँपालिका–१ बाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भयो । सवारी दुर्घटनापछि स्थानीयले प्रहरीमा खबर गरे । तत्काल नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयहरू जम्मा भए । दुर्घटनामा परेकाहरूको उद्धार गरी चौतारा अस्पताल पु-याइयो ।
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् ।
मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह छैन ।
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।
‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै
प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिनुहुने भएको छ । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो ।
बागमतीबाट दुई मेट्रिक टन फोहर व्यस्थापन
केही वर्ष अघिसम्म सफा हुने वाग्मतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ । गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
वन्यजन्तुको क्षतिले उखु खेती घट्दै
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरबाट क्षति बढेको र मेहनत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भइरहेको हो ।
उत्पादन घट्दा अलैँची निर्यातमा गिरावट
अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा अलैँची निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा अलैँची निर्यात बढे पनि परिमाणमा भने कमी आएको छ ।
विदेशबाट फर्किनेलाई तालिमको तयारी
दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ ।
पानीजहाज विधेयक विधायन समितिमा
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा राष्ट्रिय सभाका ३० सदस्यले १०६ वटा संशोधन दर्ता गराएका छन् ।
पशु कल्याण ऐन आवश्यक
मानव कल्याणका लागि पशु कल्याण पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै पशु अधिकारकर्मीले पशु कल्याण ऐन छिट्टै बन्नुपर्नेमा जोड दिएका छन् ।
विकासे मन्त्रालयकै नतिजा कमजोर
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा विकासे मन्त्रालयको नतिजा कमजोर देखिएको छ । विकासे मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनमा उत्तीर्ण हुनका लागि आवश्यक अङ्कसमेत ल्याउन सकेका छैनन् ।
टाउकामाथि औचित्य सकिएका सन्देश
आमनिर्वाचन २०७९ सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो तर निर्वाचन आयोगले आफ्नै परिसरवरिपरि गुज्रेकै तिथिमितिको प्रचारप्रसार हुने सामग्रीसहितको होर्डिङ बोर्ड राखिरहेको छ ।
दलित पत्रकार संघ उपत्यका अध्यक्षमा सुनाम
राष्ट्रिय दलित पत्रकार संघ नेपालको काठमाडौँ उपत्यका प्रदेश समितिको अध्यक्षमा अनिल सुनाम चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न अधिवेशनले अध्यक्ष सुनामसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
‘विद्यालय खाजामा लगानी बढाऔं’
बालबालिकाको सिकाइका निम्ति आधारभूत विषय पोषणयुक्त खाजा भएकाले विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् ।
युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
समृद्ध नेपालका लागि चीनसँगको आर्थिक–कूटनीतिमा जोड
विज्ञहरूले नेपाललाई समृद्ध बनाउन चीनबाट पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । शनिबार काठमाडौंमा फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालद्वारा आयोजित ‘नेपाल–चीन साझेदारीः नेपालको वित्तीय वृद्धिलाई अगाडि बढाउने’ कार्यक्रमका सहभागीहरूले यस सम्बन्धमा आफ्नो विचार राखेका थिए ।
रवि लामिछानेलाई सहकारी ठगीमा सजाय हुनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।
नेपालका अदालती प्रक्रिया छिट्टै अनलाइन प्रणालीबाट टुङ्गिन्छन् : न्यायाधीश फुयाल
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुङ्गो लगाउने बताउनुभएको छ ।
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ ।
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।