नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक ठोक्किँदा सात घाइते
नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।
देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँः राजेन्द्रलक्ष्मी गैरे
काठमाडौँ, जेठ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे राष्ट्रियसभा सदस्य हुनुहुन्छ । पाल्पामा जन्मिनुभएकी सांसद गैरेसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :राष्ट्रियसभाको आफ्नो अनुभव सुनाउनुहुन्छ कि ?–सुरुमा संसद्मा आउँदा सरकारले भर्खरै बजेट ल्याएको थियो । त्यही बजेट छलफलमै केन्द्रित भएँ । राष्ट्रियसभामा परिपक्वको प्रतिनिधित्व भएर होला अनुशासित छ । यो सभामा कसैलाई पनि आक्षेप लगाउने काम हुँदैन । हामी विभिन्न पार्टीबाट सहभागि भएपनि राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन्छौँ । सत्ता वा प्रतिपक्ष नभनी देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ ।संविधान कार्यान्वयनप्रति सन्तुष्ट हुनुहुन्छ ?–संविधान भनेको देशका सबै नागरिकको प्रतिनिधित्व हो । पछिल्लो समयमा आम जनताले सुशासन, भ्रष्टाचार, अन्याय र आफ्नो अधिकारको विषयमा सहजै बोलेका छन् । यो हाम्रो संविधानको उपलब्धि हो । संविधान समावेशी भएकै कारण महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र सबै उत्पीडित समुदायले आफ्नो अधिकारको निम्ति आवाज उठाइरहेकै छन् । संविधान कार्यान्वयनको पक्षमा सकारात्मक रुपमै अगाडि बढेको छ । यदी संविधानमा महिलाको निम्ति ३३ प्रतिशत सुनिश्चित हुँदैन थियो भने महिलाले आफ्नो कुरा राख्न सक्ने अवस्था हुन्थेन । तर पनि नागरिकता, निर्वाचन प्रणालीलगायत केही विषयमा संविधानमा मिलाउनुपर्ने छ ।हाम्रो निर्वाचन प्रणालीलाई तपाईंले कसरी हेर्नुभएको छ ?–अहिलेको हाम्रो निर्वाचन प्रणाली अत्यन्त महँगो छ । पैसा हुने मान्छे मात्रै चुनाव लड्न सक्ने खाले छ । लामो समयदेखि निष्ठाको राजनीति गर्ने व्यक्तिसँग पैसा छैन भने उसले चुनाव जित्न कठिन छ । निर्वाचन प्रणाली अलि भड्किलो छ । अहिले नेताले राजनीतिमा गरेको योगदानभन्दा पनि पार्टीले नै पैसा जोसँग छ, उसैलाई टिकट दिने प्रचलन बढेर गएको छ । त्यसैले अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरी सहज र सरल बनाउनुपर्ने छ । अब महिला–महिलाबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली बनाउनुपर्छ । महिलामा जसले जिते पनि महिलाले नै आउँछन् ।महिला सशक्तीकरण र उनीहरुको अधिकारको रक्षा कसरी गर्ने ?–हामी महिला जनसङ्ख्याको हिसाबले पनि ५१ प्रतिशत हो । मतदाताको हिसाबले पनि हामी ५१ प्रतिशत छौँ । राज्यमा प्रतिनिधित्व पनि त्यही अनुपातमा हुनुपर्छ । देशको आर्थिक र सामाजिक रुपान्तरणसँगै समग्र विकासको निम्ति पुरुषको जति योगदान छ, त्यतिनै महिलाको पनि त्यति नै छ । जहिलेसम्म महिला र पुरुषबीचको विभेद रहन्छ, त्यहिलेसम्म यो मुद्दा उठिरहन्छ । हाम्रो लक्ष्य भनेको संसद्मा ३३ प्रतिशत सहभागिता मात्रै होइन । यद्यपि अहिले भएको कुरालाई हामीले उपलब्धिको रुपमा लिएका छौँ । प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारको निम्ति निरन्तर सङ्घर्ष गर्नुपर्ने छ ।संविधान संशोधनबारे तपाईंको धारणा के छ ?–संविधान दश वर्षमा संशोधन गर्न सकिने विषय संविधानमै उल्लेख छ । संविधानको कार्यान्वयनको सवालमा पनि कतिपय विषय संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । तर संशोधन आवश्यक छ, भन्दैमा आफ्नो मनमानी हुँदैन । राजनीतिक सहमति नगरिकन संशोधन गर्न हुँदैन । नेपाली जनताको भावनाअनुसार संशोधन हुनुपर्छ ।सङ्घीयतालाई अझ सुदृढ बनाउन के गर्नुपर्छ ?–देश सङ्घीयतामा जाँदै गर्दा हामीले नेपाली जनताको अधिकारलाई अझै सुलभ र सरल बनाउनुपर्छ भनेको हो । सङ्घीयता आएपछि मानिसहरुले एउटा राजाको ठाउँमा धेरै राजाहरु आए भनेका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहको खर्चिलो प्रणालीलाई कम गर्नुपर्छ । तीनै तहको सरकारको खर्च कटौती गर्नुपर्छ । त्यसको लागि मन्त्रालयको सङ्ख्या र सांसदको सङ्ख्या कम गर्नुपर्ने हुन्छ । स्थानीय तहलाई पनि गाँभेर जानुपर्छ जस्तो लाग्छ ।महिला हिंसा अन्त्यको निम्ति राज्यले के गर्नुपर्छ ? –पहिलो कुरा, महिलाहरु आफैँ सक्रिय भएर आफ्नो आवाज बुलन्द गर्नुपर्छ । अर्को भनेको सबै ठाउँमा महिलाको सहभागिता पनि हुनुपर्छ । नेपालमा महिलाको राजनीतिक प्रतिनिधित्व भए पनि निर्णय गर्ने तहमा अझै पुग्न सकेका छैनन् । महिला भएकै कारण उसको अस्थित्वलाई स्वीकार नगर्ने संस्कार पनि छ । महिला हिंसा, महिलाको आर्थिक पहुँचसँग पनि जोडिएको छ । त्यसको निम्ति राज्यले महिलाको आर्थिक पहुँचमा वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । जनचेतना पनि फैलाउन जरुरी छ । सरकारले महिला आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।तपाईं पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ, जिल्लाको विकासलाई कसरी लिनुभएको छ ? –पाल्पा पहाडी जिल्ला हो । यो जिल्लाले खासै सङ्घीय मन्त्री पाउन सकेको छैन । त्यसैमाथि हरेक सरकारले ल्याउने बजेट राजनीतिक नेताको पहुँचको आधारमा बन्ने गरेको पाइन्छ । तर पनि हामी पाल्पाका सांसदले गत वर्ष अर्थमन्त्रीलाई अनुरोध गरेरै रु नौ करोड ३० लाख बजेट पारियो । विगतमा तानसेन नगरपालिकाको खानेपानी संस्थाको म आफैँ अध्यक्ष भएर योजना सम्पन्न गरेकी थिए । त्यसपछि एक घर एक धारा भएको छ । बाटो घर–घरमा पुगेको छ । सडक र अन्य सेवा सुविधाको हिसाबले अरु जिल्लाको तुलनामा विकास भएको छ । तर पनि रोजगारीको दृष्टिले देशको अवस्था जस्तो छ, पाल्पाको पनि त्यस्तै हो । जिल्लामा पढेलेखेका युवा नै बेरोजगार बन्नु परेको छ । कोही रोजगारीको लागि खाडी जान बाध्य छन् । यो जिल्लाको निम्ति आगामी आर्थिक वर्षको बजेटको लागि पनि पहल गरिएको छ ।देशको वर्तमान व्यवस्था र जनताको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?–देशको व्यवस्था पनि परिवर्तन भएको छ । जनताको अवस्था पनि परिवर्तन भएको छ । पहिला हामी एउटा गाउँबाट अर्को गाउँ जान दिनभरि हिँड्नुपर्ने हुन्थ्यो । सदरमुकाम पुग्न एक दिन लाग्थ्यो । अहिले जनताको घरदैलोमा गाडी पुगेको छ । विस्तारै आर्थिक रुपमा पनि सम्पन्न हुँदै गएको देखिन्छ । तर हामीले जनतालाई सुशासन दिन सकेका छैनौँ । जनता आफूले नपाएर होइन, अरुले बदमासी गरेकोमा दुखी छ । युवा पलायन रोक्न के गर्न सकिन्छ ? –विदेश जाने युवाहरु दुई थरीका छन् । एउटा अध्ययनका सिलसिलामा जाने छन् । जसको घरको आर्थिक अवस्था बलियो छ । तर उ विदेश गएर पनि सुखी छैन । किनभने उसले त्यहाँ कमाउँदै पढ्दै गर्ने हो । अर्को भनेको रोजगारीको निम्ति विदेश जाने युवा रोक्नका लागि देशभित्रै रोजगारीको सिर्जना गर्न सक्नुपर्छ ।सुशासनको निम्ति तपाईंको सुझाव के छ ?–सरकारले सबैसँग समन्वय गरेर काम गरेको देखिँदैन । सांसद पनि सत्तामा जानका लागि मात्रै प्रतिस्पर्धा गरेको देखिन्छ । सरकारले नियुक्त गर्ने राज्यका हरेक निकायमा राजनीतिक भागबण्डा देखिन्छ । अहिले मात्रै होइन, पहिलेका सरकार पनि आफू केन्द्रित भएको देखिन्छ । सुशासनको निम्ति आफ्नो मान्छे होइन, योग्य मान्छे नियुक्त गर्नुपर्छ ।
सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ ।
श्रमिकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रबाटै लिनुपर्ने प्रस्ताव
काठमाडौँ, जेठ ८ गते । बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । उक्त प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य सुगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गर्नुभयो । यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताउनु भयो । प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बताउनु भयो । यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्णरूपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने बताउनु भयो । मन्त्री पौडेलले भन्नुभयो, ‘खास गरी अहिले डब्ल्युएचओले पेन्डामिक भएको अवस्थामा महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढी प्रभावित हुन्छ, त्यो देशलाई डब्ल्युएचओबाटै आधिकारिक रूपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्ल्युएचओले सर्व सहमतिबाट पास गरेको छ । त्यसबाट हाम्रो जस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने स्थिति देखिन्छ । अहिलेसम्म पेन्डामिक भएको अवस्थामा अनिवार्य रूपबाट डब्ल्युएचओले सहयोग गर्नुपर्ने अवस्था बनेको थिएन । यो सभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्ल्युएचओले सहयोग प्रदान गर्ने स्थिति यो प्रस्ताव पास भएपछि बनेको छ । यो एउटा उपलब्धि हो । हामीले धेरै लामो समयपछि नेपालको परिस्थितिसँग जोडेर नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति छ, त्यसलाई हल गर्नका लागि आगामी वर्ष जुन रोजगारदाता राष्ट्र हो, त्यो राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ । यो पटक नै त्यो जानकारी गराएका छौँ । वर्षभर त्यसको प्रक्रिया अघि बढ्नेछ र नेपाल प्रस्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रस्ताव गर्दै छ । त्यसको तयारी गरेका छौँ । यो प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने यहाँ जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग, स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्छ । उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रूपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ । रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रस्ताव लैजान खोजिरहेका छौँ ।’मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताउनु भयो । नेपालले लैजान लागेको प्रस्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरूका निम्ति आवश्यक रहेको बताउनु भयो । छिमेकी मुलुक भारतको प्रतिनिधिहरूसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा दुई देश बिचमा सम्झौता गर्ने गरी अघि बढ्ने कुरा भएको बताउनु भयो । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बङ्गलादेश, श्रीलङ्का, मल्दिभास, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरूसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ
काठमाडौँ, जेठ ८ गते । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यामा राखी विदेश नपठाई सम्पर्क विहीन हुनेलाई प्रहरीले पक्राउ गरेको हो । ठगी गर्नेहरूमा तनहुँ भानु नपा ८ स्थायी घर भई हाल काठमाण्डौं तार्केश्वर नपा ४ बस्ने वर्ष ४३ को विकाश गुरुङले अजरबैजान पठाउने भन्दै दुई जनाबाट पाँच लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै गरी सिन्धुली कमलामाई नपा १२ स्थायी घर भई हाल काठमार्डौ ३२ बस्ने वर्ष ३६ को रञ्जना अधिकारीले जापान पठाउने भन्दै तीन लाख ठगी गरेको जनाएको छ । ताप्लेजुङ पाथीभरा याङ्वरक गापा १ स्थायी घर भई हाल काठमाडौँ ३१ बस्ने वर्ष ४० को यादव प्रसाद घिमिरेले जापान पठाइ दिने भन्दै ५० हजार रुपियाँ ठगी गरेको कञ्चनपुर बेदकोट नपा ३ स्थायी घर भई हाल काठमाडौँ २ बस्ने वर्ष ५२ को लोकजन खड्काले थाइल्यान्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपियाँ ठगी गरेको उजुरी पछि प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
हिन्दुकुशमा वायु गुणस्तर सङ्कट
स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न सरकारको नीतिगत प्रतिबद्धता, निजी क्षेत्र र नागरिक समाजहरूको वकालत, एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको पूर्वाधारको विस्तार, हरित प्रविधिको प्रयोग, दिगो विकास अभ्यासहरू र क्षमता निर्माणमा साझेदारी र संयुक्त प्रयासमार्फत तत्काल र दीर्घकालीन चुनौती सम्बोधन गर्न आवश्यक छ ।हालै नेपालमा सम्पन्न सगरमाथा संवादले हिन्दु कुश हिमालय क्षेत्रमा बढिरहेको वायु गुणस्तर सङ्कटप्रति विश्वको ध्यान आकर्षित गरेको छ । हिन्दु कुश हिमालय क्षेत्र नेपालसहित आठ देशमा फैलिएको छ । हिन्दु कुश हिमालय क्षेत्र विश्वको पानी प्रणालीमा महìवपूर्ण भूमिका खेल्ने ठुलठुला हिमनदीका कारण तेस्रो ध्रुवको रूपमा चिनिन्छ । यद्यपि यो हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दा प्रदूषणबाट हैरान छन् । यो क्षेत्रका पारिस्थितिकीय सम्पदाको सामना अहिले गम्भीर वायु प्रदूषणको सङ्कटसँग भइरहेको छ । हिन्दु कुश हिमालय क्षेत्र र नेपालमा वायु गुणस्तरको बिग्रँदो अवस्थाले वातावरणीय समस्या मात्र होइन, यो एक सार्वजनिक स्वास्थ्य सङ्कट हो, जसको दूरगामी प्रभाव छ ।वायु गुणस्तर र स्वास्थ्यको जोखिमतीव्र सहरीकरण, औद्योगिक विस्तार र पारस्परिक प्रदूषणले ओजोन, पिएम २.५ र कालो कार्बन जस्ता हानिकारक प्रदूषकहरूको स्तरमा वृद्धि गरेको छ, जसले मानव स्वास्थ्य, जैविक विविधता र जलवायु उत्थानशीलता र स्थिरतामा ठुलो जोखिम पु¥याएको छ । २.५ माइव्रmोमिटर वा सोभन्दा सानो व्यास भएका कणहरूलाई पिएम २.५ भनिन्छ । यस्ता सूक्ष्म र कणहरू सजिलै फोक्सोको गहिरो भागसम्म पुग्न सक्छन् र रक्तनलीमा समेत प्रवेश गर्न सक्छन् । यिनको अत्यधिक सानोपन र शरीरको प्राकृतिक सुरक्षात्मक प्रणालीलाई छलेर भित्र छिर्ने क्षमताका कारण पिएम २.५ एक गम्भीर वायु प्रदूषक मानिन्छ । पिएम २.५ मा लामो समयसम्म वा धेरै मात्रामा सम्पर्क हुँदा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन् जस्तै श्वासप्रश्वाससम्बन्धी रोग दम, ब्रोन्काइटिस तथा मुटुजन्य रोगहरू, स्ट्रोक आदि । पिएम २.५ र अन्य प्रदूषकसँगको लामो समयको सम्पर्कले दम, दीर्घकालीन अवरोधक फोक्सो रोग, फोक्सो क्यान्सर जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरू, साथै हृदय रोगहरू र समय अगावै मृत्युसँग जोडिएको छ । बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका समुदाय जस्ता कमजोर वर्ग यो सङ्कटको प्रमुख भार बेहोर्न बाध्य छन्, जस अनुसार नेपालमा वार्षिक रूपमा हावा प्रदूषणका कारण हजारौँ समयअगावै मृत्यु हुने गरेका छन् ।नेपालमा यो स्थिति विशेष रूपमा चिन्ताजनक छ, जहाँ काठमाडौँ र पोखरा जस्ता सहर विश्वका सबैभन्दा प्रदूषित सहरी क्षेत्रमा बारम्बार पर्ने गरेका छन् । वायु प्रदूषणका मुख्य कारणमा सवारीसाधनको उत्सर्जन, औद्योगिक गतिविधि र छिमेकी क्षेत्रमा मौसमी फसलका अवशेष जलाउने कार्य रहेका छन्, जुन क्षेत्रको विशिष्ट भौगोलिक बनावटले प्रदूषकलाई थुनेर राख्छ । एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको अपर्याप्त सङ्ख्याले विश्वसनीय तथ्याङ्कको कमी र प्रदूषणको ढाँचाको बुझाइलाई सीमित र जटिल बनाएको छ । यो समस्याले प्रभावकारी नीतिगत निर्णय र क्षेत्रीय सहकार्यमा बाधा पु¥याएको छ, जुन नेपालमा सम्पन्न सगरमाथा संवादमा उल्लेखनीय रूपमा उठाइएको थियो । हालैको अनुमान अनुसार नेपालमा प्रभावकारी वायु गुणस्तर निगरानी प्रणालीको अभावले नीति निर्मातालाई नियमहरू लागु गर्न वा स्वास्थ्य सल्लाह जारी गर्न आवश्यक वास्तविक समयको डेटा अभाव हुन्छ, जसले नागरिकलाई हानिकारक हावासँग जोखिममा राख्छ । भारत र बङ्गलादेशमा कृषि जलाउने कार्यबाट उत्पन्न पारस्परिक प्रदूषणले यो समस्यालाई थप जटिल बनाउँछ, विशेष गरी सुक्खा सिजनमा हावा नेपालतिर प्रदूषकहरू बोक्छ । नाजुक पारिस्थितिक प्रणालीका लागि यो जोखिम अझ उच्च छ, जहाँ हावा प्रदूषणले हिमनदी पग्लने गति बढाउँछ र जैविक विविधतालाई खतरा पु¥याउँछ, जसले जलवायु सङ्कटलाई बढावा दिँदै तल्लो तटीय क्षेत्रका बस्तीहरूमा लाखौँ मानिसका लागि पानी र खाद्य सुरक्षा प्रभावित हुन्छ । क्षेत्रीय समन्वय र सहकार्य सगरमाथा संवादमा वायु गुणस्तर र हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दाको संरक्षणका लागि समन्वित प्रतिव्रिmयाको तत्काल आवश्यकतालाई जोड दिएको छ । यस्तै संवादले हिन्दु कुश हिमालय क्षेत्रमा वायु गुणस्तरका चुनौती समाधान गर्न क्षेत्रीय समन्वयमा जोड दिएको छ । यो रणनीतिमा ‘एयर क्वालिटी मनिटरिङ स्टेसन’हरूको पूर्वाधारको विस्तार केन्द्रविन्दुमा छ । नेपाल र व्यापक हिन्दु कुश हिमालय क्षेत्रमा स्वच्छ हावा र स्वस्थ भविष्य सुनिश्चित गर्न एक क्षेत्रीय साझा दृष्टिकोण बनाउन आवश्यक देखाइएको छ । यो पहलले डेटाको उपलब्धता बढाउन, प्रदूषण प्रवृत्तिहरूको राम्रो ट्र्याकिङ र प्रमाणमा आधारित नीति सूचित गर्न लक्षित गरेको छ । सगरमाथा संवादमा उल्लेखित एक महìवपूर्ण क्षेत्रीय सहकार्यको ढाँचा विकासका लागि राज्य साझेदारी विकास गर्नु हो । राष्ट्रबिच सहकार्य र स्रोत साझेदारीलाई बढावा दिएकोे छ । क्षेत्रीय समन्वय प्रयासमार्फत पूर्वाधार, प्राविधिक साझेदार, सरकारहरू र सङ्गठनका लागि खुलामञ्चकोे आवश्यकता देखाएको छ । जहाँ परियोजनाको संयुक्त विकास, विशेषज्ञता प्रदान, र वायु गुणस्तर व्यवस्थापनका लागि वित्तीय स्रोतहरू परिचालन गर्न सकिन्छ । साझा आकाशमार्फत आउने अन्तर्राष्ट्रिय धुवाँ वा प्रदूषण जुन कुनै एक देशबाट मात्र होइन, विभिन्न देशबाट हावामा मिसेर आउने गर्छ । यो प्रायः हावामा फैलने प्रदूषण, जसलाई ट्रान्सबाउन्ड्री प्रदूषण पनि भनिन्छ । फसल अवशेषको प्रयोगका लागि क्षेत्रीय रूपमा उपयुक्त ढाँचा विकास गर्नु खेतमा बाली काटिसकेपछि बाँकी रहने भाग जस्तै डाँठ, पात, झार आदि यी बाली अवशेषलाई जलाउनको सट्टा खनेर माटोमा मिलाउनु, मलको रूपमा प्रयोग वा पशुको घाँसका रूपमा उपयोग गर्न सकिन्छ । प्रदूषणको प्रमुख स्रोतलाई सम्बोधन गर्दै दिगो कृषि अभ्यास प्रवर्धन, दीर्घकालीन प्रभाव सुनिश्चित गर्न क्षमता निर्माण कार्यव्रmममार्फत नीति विकास र ज्ञान प्रसार, विभिन्न हितधारकको सव्रिmय संलग्नता छ । नेपाल सरकारले उद्योग र सवारीसाधनका लागि कडा उत्सर्जन मापदण्ड लागु गर्नुको साथै राष्ट्रिय विकास योजनामा वायु गुणस्तरलाई समाहित गर्नु पर्छ । अन्तर्राष्ट्रिय सहकार्य, प्रदूषण नियन्त्रण नीति, निजी क्षेत्रको हरित प्रविधि प्रयोग, हरित प्रविधिमा लगानी जीवाश्म इन्धनमा निर्भरताको कम गर्ने जस्तै नवीकरणीय ऊर्जा परियोजनाहरू, विद्युतीय सवारीसाधनको प्रयोग । त्यसै गरी नागरिक समाजले जनचेतना अभियानमार्फत जनसाधारणमा जागरूकता फैलाउने गतिविधि परिचालन गर्ने, बलियो सरकारी नीति र कार्यान्वयनका लागि वकालत गर्ने महìवपूर्ण भूमिका निभाउनु पर्छ ।स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न सरकारको नीतिगत प्रतिबद्धता, निजी क्षेत्र र नागरिक समाजहरूको वकालत, एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको पूर्वाधारको विस्तार, हरित प्रविधिको प्रयोग, दिगो विकास अभ्यासहरू र क्षमता निर्माणमा साझेदारी र संयुक्त प्रयासमार्फत तत्काल र दीर्घकालीन चुनौतीहरू सम्बोधन गर्न आवश्यक छ । सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय जस्ता सबै साझेदारको निरन्तर प्रतिबद्धता आवश्यक पर्छ । वायु गुणस्तर सुधार गर्न र पारस्परिक पर्यावरणीय समस्या समाधान गर्ने समय हो । भविष्यका पुस्ताहरूका लागि स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न अब ढिलो नगरौँ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
श्रम मन्त्रालयको वित्तीय प्रगति अन्ठाउन्न प्रतिशत मात्रै
काठमाडौँ, जेठ ८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यस अन्तर्गतका निकायको वार्षिक विकास कार्यव्रmमको वित्तीय प्रगति सन्तोषजनक नभएकाले आगामी वर्ष लक्ष्य अनुसार प्रगति गर्न सुझाव दिएको छ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमा श्रम मन्त्रालयको वित्तीय प्रगति ५८ प्रतिशत मात्रै भएपछि यस्तो सुझाव दिएको हो ।सो प्रतिवेदन अनुसार श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यव्रmमको ३२.६२ प्रतिशत प्रगति भएको छ । प्रतिवेदनमा यस कार्यव्रmममा सूचीकृत बेरोजगारमध्ये रोजगार पाउने सङ्ख्या ८६ हजारको लक्ष्य रहेकोमा ६५ हजारले मात्रै रोजगारी प्राप्त गरेका छन् ।यो कार्यव्रmम कार्यान्वयन निर्देशिका, २०७५ अनुसार बेरोजगारको तथ्याङ्क सङ्कलन, पहिचान र सूचीकरण, रोजगारदातासँग समन्वय र सहकार्यका माध्यमबाट रोजगारी सिर्जना र पदस्थापन गर्ने भनिएको छ ।प्रतिवेदनमा श्रम मन्त्रालयले यस अवधिमा प्रधानमन्त्री रोजगार कार्यव्रmमका लागि सबै स्थानीय तहलाई चार अर्ब ७२ करोड ३० लाख रुपियाँ ससर्त अनुदान उपलब्ध गराएको छ । जसमा सरकारको स्रोततर्फ दुई अर्ब छ करोड २३ लाख रुपियाँ रहेको छ भने विश्व बैङ्कको ऋण सहायतातर्फ दुई अर्ब ६६ करोड छ लाख रुपियाँ रहेको देखिएको छ ।मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यव्रmम, कार्यान्वयन एकाइबाट सरकारको स्रोततर्फ एक करोड ७७ लाख ४४ हजार र विश्व बैङ्कको ऋण सहायतातर्फ चार करोड ९४ लाख रुपियाँसहित छ करोड ७१ लाख ६५ हजार रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।वैदेशिक रोजगारमा जानेलाई सहजीकरण र परामर्श तथा फर्केकालाई पुनः एकीकरणलगायतका कार्य क्षेत्रगत सर्त तोकी प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी कार्यसम्पादन गर्नुपर्ने व्यवस्था अनुसार यो कार्यव्रmम सञ्चालन भई अघिल्लो वर्ष चार अर्ब ७२ करोडसमेत गत वर्षसम्म २३ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ ।यसै गरी सामाजिक सुरक्षा कोषमा आबद्धता समीक्षा अवधिसम्म रोजगारदाता प्रतिष्ठानको सङ्ख्या ३० हजार पु¥याउने लक्ष्य राखिएकोमा १९ हजार रोजगारदाता प्रतिष्ठान मात्रै आबद्ध भएका छन् । त्यसो त गत वर्षको समीक्षामा आबद्ध लाभग्राहीको सङ्ख्या २५ हजार पु¥याउने लक्ष्य राखिएकोमा १४ लाख ९१ हजार आबद्ध भएका थिए ।यस्तै गत आवमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना १३.६९ प्रतिशत, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको २३.१ प्रतिशत मात्रै प्रगति देखिएको हो । यसै गरी श्रम सम्झौता भएका देशको सङ्ख्या १४ पु¥याउन भनिएकोमा समीक्षा अवधिसम्म १२ वटा देशसँग मात्रै श्रम सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । श्रम मन्त्रालयमातहातका कार्यालयले तोकिएको तालिम कार्यव्रmममा खर्च नगरी अन्तव्रिर्mया तथा गोष्ठीमा ९८ लाख २८ हजार खर्च गरेको देखिन्छ । प्रतिवेदनमा वैदेशिक रोजगार बोर्ड अन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी कोष ऐनविपरीत सवारीसाधन खरिद, भ्रमण वर्ष, मेला तथा नियोगमा कर्मचारी नियुक्त गरी चार करोड १२ लाख नौ हजार खर्च भएको उल्लेख छ ।आर्थिक वृद्धि, मर्यादित रोजगारी र सामाजिक सुरक्षाका कार्यव्रmमको प्रभावकारी कार्यान्वयन गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने सुझाव रहेको छ । आवधिक योजनाको लक्ष्यप्राप्त हुने गरी कार्यव्रmम सञ्चालन गर्न सुझाव दिइएको छ । दिगो विकास लक्ष्य (एसडिजी) निर्धारण गरेबमोजिम सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवर्धन गरी सन् २०३० सम्ममा कम्तीमा सात प्रतिशत वार्षिक कुल गार्हस्थ उत्पादनमा वृद्धि कायम राख्ने लक्ष्य रहेकोमा वार्षिक औसत वृद्धिदर ४.२ प्रतिशत रहेको छ ।
आयातनिर्यातमा सुधार, निर्यात बढेर सवा दुुई खर्ब पुुग्यो
काठमाडौँ, जेठ ८ गते । मुलुकमा आर्थिक गतिवधि चलायमान हुुँदा आयातनिर्यात दुवैमा सुधार आएको छ ।भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालुु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा निर्यात ७२.७१ प्रतिशतले बढेर दुुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार पुुगेको छ ।गत वर्ष सो अवधिमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपियाँ निर्यात भएको थियो । सो वर्ष प्रशोधित खाने तेलको निर्यात बढेपछि कुुल निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । निर्यातमा भटमासको हिस्सा धेरै रहेको छ । १० महिनामा भटमासको तेल ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपियाँको निर्यात भएको छ । व्यवसायीले तेस्रो मुुलकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात गर्ने गरेका छन् ।व्यापारविज्ञ रविशङ्कर सैंजूले भटमासको तेलले कुुल निर्यात बढाए पनि दीर्घकालीन नहुने बताउनुुभयो । “निर्यातलाई दिगो बनाउन स्वदेशी वस्तुुको निर्यात हुुनुु पर्छ,” उहाँले भन्नुुभयो, “कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात बढ्दा क्षणिक हुुन्छ ।” साउथ एसियन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खानेतेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको उहाँको भनाइ छ ।अन्य देशबाट आयात गर्दा शुुल्क लाग्ने र नेपालबाट भन्सार छुुटमा निर्यात हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । साफ्टाको सुविधा प्रयोग गरेर नेपालबाट तेल निर्यात गर्दा शुुल्क नलाग्ने हुुँदा निर्यातमा उल्लेख्य वृद्धि भएको हो । १० महिनामा १० अर्ब नौ करोड ४९ लाख ५८ हजार सनफ्लावर तेल निर्यात भएको छ । यस्तै आठ अर्ब ८४ करोड रुपियाँ बराबरको कार्पेट निर्यात भएको छ । छ अर्ब ६७ करोड रुपियाँ बराबरको अलैँची र चार अर्ब ७९ करोड रुपियाँको स्टिल तथा आइरन निर्यात भएको छ ।१० महिनामा आयात भने १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार पुुगेको छ । गत वर्ष सो अवधिमा १३ खर्ब ३३ अर्ब ५७ करोड रुपियाँको निर्यात भएको थियो । निर्यातमा बढे पनि आयात ठुुलो परिणाममा हुुँदा १० महिनामा नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपियाँ रहेको थियो । यस अवधिमा नेपालको वैदेशिक व्यापार भने १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब नौ करोड ९३ लाख पुुगेको छ । गत आवको सोही अवधिमा भने नेपालको यस्तो वैदेशिक व्यापार घाटा १४ खर्ब २९ अर्ब ५३ करोड थियो । १० महिनामा सबैभन्दा धेरै डिजेल एक खर्ब २३ अर्ब ८९ करोड ७७ लाख रुपियाँको आयात भएको छ । १० महिनामा सबैभन्दा धेरै ८१ अर्ब ८९ करोड ६३ लाख रुपियाँ बराबरको भटमासको कच्चा पदार्थ आयात भएको छ । ५१ अर्ब ८१ करोड ९१ लाख ३१ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । ५३ अर्ब ५८ करोड ७९ लाख रुपियाँको पेट्रोल आयात भएको छ । १८ अर्ब ८९ करोड ६३ लाख रुपियाँको धान आयात भएको छ । १० महिनामा सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँगै भएको छ । आठ खर्ब ८० अर्ब ५२ करोड ३९ लाख ८७ हजार रुपियाँको आयात हुुँदा नेपालबाट एक खर्ब ७६ अर्ब ६३ करोड १४ लाख रुपियाँको निर्यात भएको छ । आयातको तुुलनामा निर्यात कम हुुँदा भारतसँग सात खर्ब ४४ अर्ब ६० करोड ८३ लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै चीनबाट दुुई खर्ब ७७ अर्ब १४ करोड ४७ लाख ४६ हजार रुपियाँको आयात हुुँदा दुुई अर्ब ३९ करोड ९९ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग दुुई खर्ब ७४ अर्ब ७५ करोड ३७ लाख रुपियाँ व्यापारघाटा रहेको छ ।एक सय त्रिसट्ठी मुलुकसँग वैदेशिक व्यापारनेपालमा १६३ मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ । जसमा ३५ वटा मुुलुकसँग व्यापार नाफामा र बाँकी १२८ मुुुलुकसँग व्यापार घाटामा रहेको छ । अफगानिस्थान, एङ्गोला, अस्ट्रिया, कोलोम्बिया, आइसल्यान्ड, माल्दिभ्स, माल्टा, पानामा, सरबिया, सुडान, उरुग्वेलगायतका मुुलुकमा व्यापार नाफामा रहेको छ ।
‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ
भक्तपुर, जेठ ८ गते । ‘प्रहरी इन्सपेक्टर [प्रहरी निरीक्षक] हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ ।भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् । पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
काठमाडौँ, जेठ ८ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उहाँलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट रु २६ लाख ८० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तरराष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई रु चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । जिजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
सत्ताइस वर्षपछि कालोपत्रे हुँदै
पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजार हुँदै ग्रामीण क्षेत्रमा पुग्ने सडक निर्माण थालिएको २७ वर्षपछि कालोपत्रे सुरु भएको छ ।
मनसुनजन्य विपद् प्रतिकार्यको तयारीमा लाग्न निर्देशन
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।
सडकको धुलोदेखि कुकुर व्यवस्थापनसम्मका गुनासा
सुशासन, योजना तर्जुमा पारदर्शिताका लागि ललितपुर महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
आयोगले पीडितको विश्वास जितेर काम गरोस् : बेपत्ता परिवार
सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग पीडितमैत्री बन्नेमा सम्बन्धित पक्षले आशंका व्यक्त गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध २१ लाख ६३ हजार ८६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रणवानन्द आश्रमद्वारा निःशुल्क अध्ययन
वि.स. २०५३ सालमा स्थापना भएको स्थापना भएको सो आश्रमले होसनातन आर्दश तथा बालाबालिकामा नैतिक तथा अध्यात्मिक भावनामा जागरुकता ल्याउने गरी निःशुल्क पठनपाठनको व्यवस्था गरेको हो।
हाम्रो उद्देश्य राम्रो ऐन बनाउने होः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ ।
५२ प्रतिशतले गर्छन् असुरक्षित गर्भपतन
नेपालमा आधाभन्दा बढीले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा सन् २०२२ मा परिवार कल्याण महाशाखा र आईपासले गरेको अध्ययनले करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित हुने देखाएको हो ।
काठमाडौँमा बस दुर्घटनामा आठ वटा सवारी साधनमा क्षति
काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारी साधनमा क्षति पुगेको छ ।
बजेट र भूमि विधेयकबारे छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक जारी
बजेट, भूमि विधेयकलगायतका विषयमा छलफल गर्न सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ ।
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।