गैँडाको आक्रमणबाट एक घाइते
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ ।
अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
सिन्धुलीको विपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
रिङ्कु सदालाई न्याय दिन माग
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।
विपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौं : उपकुलपति डा. गिरी
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ ।
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।
राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु. पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
यातायातसम्बन्धी सबै समस्या समाधान गर्छाैँ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ ।
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा
आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।
सहकारीप्रतिको नकारात्मक भावलाई चिर्न सहकारीकाे गतिविधि राम्रो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रको सुरक्षामा सेनाको महत्त्वपूर्ण भूमिका : प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
वर्षासँगै भएको हिपातले श्रद्धालु भक्तजन अलपत्र
हिउँदे पानीसँगै भएको हिमपातले दोलखाको तीन हजार ८४२ मिटराइ उचाइको कालिञ्चोक भगवतीको दर्शन गर्न आएका हजारौँ भक्तजनहरू अलपत्र परेका छन् ।
जसपा नेपालको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ वटा सब स्टेसन निर्माणाधीन
काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सब स्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।
‘नागरिकले कानुनभन्दा विकासको अपेक्षा गर्छन्’
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र –२ का सांसद भीमप्रसाद आचार्यले सरकारसँग काम गर्ने तिब्र इच्छा देखिए पनि तालमेल नमिल्दा परिणाम आउन ढिलो भइरहेको बताउनुहुन्छ ।
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘आदिवासी तथा जनजातिको मातृभाषा प्रयोगको अवस्था राम्रो’
चितवनमा बस्ने आदिवासी तथा जनजातिहरुको मातृभाषा प्रयोगको अवस्था ‘राम्रो’ रहेको पाइएको छ । भरतपुर महानगर पालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको समाजशास्त्रिय अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको अध्यययन प्रतिवेदनमा चितवनका आधिकांश आदिवासी तथा जनजातिहरुले मातृभाषा प्रयोग गर्ने गरेको तथ्य प्रस्तुत गरियो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
भिर खोपेर बाटो बनाइँदै
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी दुर्गमको विकट गाउँ रिकुमा भिर खोपेर बाटो पुग्न थालेपछि स्थानीय खुसी भएका छन् । जोखिम मोलेर विकट बाटो हिँडिरहेका रिकुवासीले पहरो खोपेर गाउँमा पैदलमार्ग जान थालेपछि खुसी भएको स्थानीय होमबहादुर खड्काले बताउनुभयो ।
बलम्बु फिडरअन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा शनिबार बिजुली कटौती गर्ने भएको छ ।