कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त
नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ ।
मङ्सिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।
धरहरामा उठ्यो अन्ठाउन्न लाख
सशुल्क सञ्चालन सुरु गरिएको एक महिनामै धरहराको टिकट बिक्रीबाट करिब ५८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ ।
सत्ता साझेदार दलका तीन कार्यदल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।
रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी
जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् ।
संविधान संशोधन गर्न कार्यदल गठन गर्ने एमालेको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
शुक्रबारदेखि पुनःबदली र वर्षा हुने
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक
रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।
पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’
वि.सं.१७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो ।
बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, बुद्ध बुवाआमादेखि परिवारजन शोकाकूल
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।
संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
अराजकता मौलाउन दिइनु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन्’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताउनुभएको छ ।
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ ।
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दावा गर्नुभएको छ ।
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।
अलपत्र अवस्थामा बेसक्याम्प
अलपत्र अवस्थामा रहेको नेपाल मेटल कम्पनीले सोम्दाङमा निर्माण गरेको बेसक्याम्प । गणेश हिमाल नामक सिसा खानीमा उत्खनन् कार्य बन्द भएसँगै बेसक्याम्पको भवन अलपत्र परेको हो ।
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
नेपाल कोरियाबीचको सम्बन्ध ऐतिहासिक छ । सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ ।
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ ।
विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ ।
गैँडाको घर
पर्यावरणीय सन्तुलन, वन्य जीवजन्तु, पशुपन्छी, कीटपतङ, दुर्लभ जीवजन्तु तथा वनस्पतिको संरक्षण गरी जैविक विविधताको उपयुक्त स्तर कायम गर्ने उद्देश्यले देशका विभिन्न भौगोलिक क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन् ।