हात्तीको तस्बिर खिच्दै विदेशी पर्यटक
चितवन, पुस १२ गते । चितवनको सौराहमा बिहीबारदेखि सुरू भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ अन्तर्गत बिहीबार सौराहमा हात्तीको फोटो खिच्दै विदेशी नागरिक। तस्बिरः रासस
आठौँ चेम्बर एक्स्पो हुँदै
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो ।
सिन्डिकेट अन्त्य गर्न माग
नेपाल मेडिकल व्यवसायी सङ्घ (नेमो) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गुणस्तर सुनिश्चित गर्दै यस क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरिनुपर्ने माग गरेको छ ।
प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ ।
भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
स्टार्टअप कर्जाको छनोट प्रक्रिया सुरु
नवीनतम ज्ञान, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यसहित सरकारले उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि प्राप्त आवेदनको छनोट प्रक्रिया सुरु भएको छ ।
शतप्रतिशत हकप्रद सेयर
दोलखामा सञ्चालित कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ ।
कमजोर बजेट कार्यान्वयन, बाह्र प्रतिशतभन्दा कम खर्च
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल बजेटको १२ प्रतिशतभन्दा कम खर्च भएको छ ।
सौराहामा हात्ती महोत्सव
चितवन हात्ती महोत्सव सौराहामा सुरु भएको छ ।
सम्प्रभुतामा प्रश्न उठ्ने गरी सम्झौता भएको छैन
सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सम्बन्धमा भारत र चीनबिच हालै भएको सहमति नेपालको सम्प्रभुता र नक्सामाथि प्रभाव पार्ने किसिमको नभएको बताउनुभएको छ ।
अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।
अनियमितता पुष्टि भएन
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने कार्यमा बदनियत राखेर सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि नहुने फैसला गरेको छ ।
दराजमै थन्क्याइए ‘इनोभेटिभ आइडिया’
सरकारले सार्वजनिक प्रशासनमा नागरिकले अनुभूति गर्ने गरी परिवर्तन ल्याउन निजामती कर्मचारीसँग भएका नवप्रवर्तनशील अवधारणा (इनोभेटिभ आइडिया) लाई कार्यान्वयन गर्ने गरी चार वर्षमा १६ वटा उत्कृष्ट इनोभेटिभ आइडिया सङ्कलन ग¥यो तर ती आइडिया अहिले दराजमा थन्किएका छन् ।
हात्ती महोत्सवमा–आफ्नो भेषभूषामा थारु महिला
चितवनको सौराहामा बिहीबारदेखि सुरु भएको १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ मा आफ्नो भेषभूषामा सहभागी हुँदै थारु समुदायका महिला ।
स्रोत नखुलेको ९२ लाखसहित तीनजना सार्वजनिक
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ ।
प्रदेश सिटिइभिटीको निर्देशकमा लामा नियुक्त
बागमती प्रदेश सरकारले बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको छ ।
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।
अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबिच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
मिडिया क्षेत्रलाई मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।
गोरखापत्रको समावेशी अभ्यास प्रशंसनीय छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रसंशनीय काम गरेको बताउनुभएको छ ।
नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशसँग संसदीय मैत्री समूह गठन
सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ ।
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।