रिट्ठेभीरको भित्तो ऐनाले भरियो
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रिट्ठेभीरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङ्ख्या बढ्दै गएको छ ।बीपी राजमार्गमा ठूल्ठूला सवारी दुर्घटना हुन थालेपछि दुर्घटनालाई टार्न भन्दै उक्त राजमार्गका यात्रुले सेतीदेवीलाई खुसी पार्न ऐना चढाउन थालेका हुन् । यतिखेर यात्रुले चढाएको ऐनाले मन्दिर वरपर रहेको बीपी राजमार्गको किनारमा रहेको रिट्ठेभीरको भित्तो टपक्कै भरिएको छ । अहिले भित्तामा सयौँको ऐना झुण्डिएको देखिन्छ ।
ट्यांकी सफा गर्दा दुई युवाको मृत्यु
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगर पालिका वडा नम्वर १९ स्थित तमु टोलकी रामप्यारी गुरुङ्गको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर एक र उनको उद्धार गर्ने क्रमममा दोस्रोको मृत्यु भएको हो ।
भारतीय गाडी दुर्घटना हुँदा पाँच जना घाइते
पूर्वी चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते भएका छन् ।
चितवनमा भेटियो छिमेकी चरा
चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा चितवनमा पनि भेटिएको छ । चरा विज्ञहरूले भेटेको यो चरा नेपालमा पहिलो पटक देखिएको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु बिडारीले जानकारी दिनुभयो ।
चितवनमा दुइ महिनादेखि वन्धक बनाएर सामुहिक बलात्कार
दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् ।
मुग्लिन–नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
स्थानीयवासीको अवरोधका कारण हुन सकेन फोहोर व्यवस्थापन
स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन।
काठमाडौं महानगर प्रमुख र फ्रान्सका राजदूतबीच शिष्टाचार भेट
काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र फ्रान्सेली राजदूत जील बुर्वाओबीच बुधबार शिष्टाचार भेट भएको छ। प्रमुखको कार्यकक्षमा उहाँहरुबीच मुख्यगरी, नगर व्यवस्थापनका लागि सेवा, सुविधा वितरणका विषयमा छलफल भयो।बजेट नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु हुँदै साहले फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै शहरी यातायातको सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। “सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यको कार्यक्रम तय गर्ने प्रणालीको विकास गर्दैछौं”, उहाँले भन्नुभयो।भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा महानगरसँग सहकार्य हुनसक्ने बताउनुभयो। क्रममा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो। उहाँले फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा सहयोग हुनसक्ने आश्वासनसमेत दिनुभएको छ।
टुकुचा खोलाले मोटरसाइकल बगायो
काठमाडौं, जेठ २५ गते । बुधबार परेको पानीले लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले मोटरसाइकल बगाएको छ ।खोलामा बढेको बहाबले काठमाडौं महानगरपालिका धापासीका २१ वर्षीय सुरज अर्याल सवार मोटरसाइकल बगाएको हो । बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित चालकलाई पनि बगाउँदा तत्काल चालकको उद्धार भएको छ । मोटरसाइकल फेला नपरेकाले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।