२६ जेठ २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२६ जेठ २०७९, बिहिबार
३ वर्ष पहिले
चितवन, जेठ २६ गते । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं. ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
शालिग्राम नेपाल