रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग
जिल्ला अस्पताल लमजुङका कर्मचारीहरुले अस्पतालमा कार्यरत सवै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
शवदाह गृह सञ्चालनको माग
पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ। शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले शवदाह गृहको सेवा बन्द गर्दा आफन्त गुमाएका नागरिकले दुःख खेप्नु परेकाले तत्काल खुलाउन माग गरेका छन्।
सेवाग्राहीका लागि सेवाकेन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्र स्थापना गरेको छ । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
दुखुखोलाको पुल जोखिम
जिल्लाको पश्चिम भेगालाई जोड्ने बेनी दरवाङ सडक अन्तर्गत मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुल भत्किने जोखिम बढेको छ । दुखुखोलामा आएको बाढीका कारण पुलको वारीपारी निर्माण गरिएका संरचना कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो ।
विदेश जानभन्दा साइकलमै तरकारी बेच्न ठीक
देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री थालेको बताउनुभयो ।
पेसा परिवर्तन गर्दै व्यवसायी
म्याग्दीको सदरमुकाम बेनीदेखि १२ किलोमिटर पश्चिममा पर्ने बेनी नगरपालिका–४, तातोपानीका ५९ वर्षीय छविलाल थापाले घडी, रेडियो तथा चार्जर लाइट मर्मतको पसल सञ्चालन गर्दै आउनुभएको छ। तर उहाँ कहिलेकाहीँ मात्रै पसल खोलेर केही सामग्री मर्मत गर्ने र पसल बन्द गरेर खेतबारीको कामतिरै फर्कनुहुन्छ। कसैले बोलाएको खण्डमा मात्र पसल खोल्ने अनि रेडियो, घडी, चार्जर लाइट मर्मत गर्नुहुन्छ। चार्जरलाइट मर्मत गर्न पोख्न थापालाई अब यो व्यापारप्रति त्यति आकर्षण छैन। उहाँ कसैले बोलाए पनि काम सकेर खेतबारीको काममा फर्किन हतारिनुहुन्छ।
जुगेपानी पहिरोले यात्रुलाई सास्ती
गोरखा नगरपालिका–१, को कोखेआहाले नजिकै गएको जुगेपानी पहिराले सवारी आवागमन तथा आवातजावतमा समस्या भएको छ । बारम्बार खस्ने पहिरोका कारण घ्याम्पेसाल आरुघाट सडक विगत नौ दिनदेखि नियमित सुचारु हुन सकेको छ ।
सेतीदोभानमा मोटरेबल पुल निर्माण
अर्जुन चौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ । सिदार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक बर्षमा मोटरेबल पुल निर्माण हुदाँ नागडाँडा आँधिखोला हुँदै पर्वत जाने सेतिखोला पुल आठ बर्षमा निर्माण सम्पन्न भएको हो ।
तनहुँमा पहिलो पटक महिला प्रशासकीय अधिकृत
जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ ।