सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी र उपाध्यक्षमा एमालेका रेउले
रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार पुन र जिसी विजयी
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित हुनुभएको हो ।
पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेकामा एमालका थापा विजयी
पाल्पामा दुई वटा पालिकामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो ।
विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्छु : नगरप्रमुख पन्थी
रेसुंगा नगरपालिका नव निर्वाचित नगर प्रमुख खिलध्वज पन्थीले आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताउनुभयो । समृद्धि र समुन्नत नगरपालिका निर्माणको लागि आफु सबै भन्दा पहिले विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्ने बताउनुभयो ।
चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी विजयी
चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका युवराज केसी विजयी हुनुभएको छ ।
सुस्त गतिमा मतगणना कार्य हुँदै
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा हुुँदा लुम्बिनी प्रदेशका पालिका प्रमुखहरूको नतिजा आउन सकेको छैन । गुल्मीको एक स्थानीय तहको प्रमुख र उपप्रमुखको नतिजा आए पनि अन्य पालिकाको आएको छैन । वडातर्फको नतिजा भने आउन थालेको छ ।
चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी भारी मतले विजयी
चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रका युवराज केसी विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त गर्नुभयो ।
बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेको ओझा निर्वाचित
होमराज रानाभाटनवलपरासी, जेष्ठ १ गते । नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिकामध्ये बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार प्रकाशन ओझा निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्बजनिक भएको मतपरिणामअनुुसार एमालेका ओझा ३ हजार ९७६ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खडग्बहादुुुर राना मगरले ३ हजार ५४१ मत प्राप्त गर्नुुभएको थियो । यसैगरी उपाध्यक्षमा एमालेका डिलकुुमारी सारु मगरले ३ हजार ९६२ मतका साथ बिजयी हुुनुुभयो । काग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुुभएको थियो । २०७४ को निर्बाचनमा काग्रेसले जित हात पारेको थियो ।साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा काग्रेसले दुुई वडा अध्यक्षसहित प्यानल र एमालेले चार वडा अध्यक्षसहित प्यानलमा जित हात पारेको छ ।
गुल्मीको छत्रकोट-१ मा कांग्रेसको प्यानल विजयी
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।