विद्यार्थीले गरे नमुना संसद्को अभ्यास
नवनिर्वाचित सांसदहरू शपथ लिएर संसद् भवन प्रवेश गर्ने तयारी हुँदै गर्दा बुटवलमा विद्यार्थीले नमुना संसद् चलाएका छन्। बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका कानुन सङ्कायका विद्यार्थीले नमुना संसद् अभ्यास गर्दै बैठक चलाएका हुन्। सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यदेखि मर्यादापालकसम्म सबै भूमिकासहित विद्यार्थीले नमुना संसद् बैठक चलाएका हुन्। उनीहरूको संसदीय अभ्यासले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनकै झल्को दिएको थियो। कालिका मानव ज्ञान माविको समन्वय तथा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको नमुना संसद् कार्यक्रममा रुपन्देही जिल्लामा कानुन पढाइ हुने विभिन्न छवटा स्कुल तथा क्याम्पसका ४६ जना विद्यार्थीले सांसदको भूमिका निर्वाह गरेका थिए।
लुम्बिनी प्रदेश सभा : पहिलो बैठक दाङमा राख्ने तयारी
पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशले दास्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङबाटै गर्ने तयारी गरेको छ। नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेश सभाको बैठक पनि दाङमै राख्ने तयारी तीव्र पारिएको हो। नाम लुम्बिनी र ठाउँ दाङको राप्ती उपत्यका देउखुरीलाई तोके पनि राजधानी कार्यान्वयनको काम सुस्त गतिमा चलेको थियो। अहिले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकेर राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ। राजधानीसँग सम्बिन्धित भौतिक पूर्वाधारको कामलाई गति दिन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको भवनमा कार्यालय स्थापना गरी कामको निगरानी थाल्नुभएको छ।
नेतृत्व भनेको उमेर मात्रै होइन विचार पनि हो : डा. भण्डारी
कपिल ज्ञवालीसिद्धार्थनगर, मङ्सिर १७ गते। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्यमा गुल्मी १ बाट निवार्चित डा. चन्द्र भण्डारीले सरकारमा को जाने भन्दा पनि कस्तो विचार बोकेर जाने भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।‘‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो विचार बोकेर सरकार बनाउने भन्नेमा हाम्रो जोड रहेको छ’’, उहाँले भन्नुभयो, ‘उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्छ।’उहाँले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बन्ने भए व्यक्तिको चर्चा हुने भए पनि सांसदले चुन्ने भएकाले विचार ठूलो भएको प्रष्ट पार्नुभयो। ‘‘प्रत्यक्ष निवार्चन भएको भए पो व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। अब जितेका सांसदले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिले नै को प्रधानमन्त्री भनेर भन्नु हुँदैन। व्यक्ति भन्दा र योजना ठूलो कुरा हो’’, उहाँले भन्नुभयो। उहाँले पार्टी सभापति र सत्ता गठबन्धनका नेतासँगको छलफलपछि मात्र प्रधानमन्त्रीको टुंगो लाग्नेसमेत प्रष्ट पार्नुभयो। नेता भण्डारीले भन्नुभयो, ‘‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्डजी, माधवजीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो।’’ नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओलीसँग पनि परामर्श हुने उहाँको भनाइ छ।
वडाध्यक्षद्वारा विद्यार्थीलाई न्यानो कपडा
घोराही उपमहानगरपालिका ९ का अध्यक्षले तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूले प्राप्त गरेको तलबबाट विद्यार्थीलाई जाडो मौसम सुरु भएपछि स्विटर वितरण गर्नुभएको हो ।
अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग
विगत १६ वर्षदेखि गुल्मीमा अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । शनिबार ३१ औँ अपाङ्ग दिवसको अवसरमा जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुरमा जन्मिएका कुलचन्द्र गौतमले आशा अपाङ्ग केन्द्रलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
छाडा चौपायाबाट सास्ती
पश्चिम नेपालकै सबैभन्दा ठूलो सहर नेपालगञ्जका विभिन्न प्रमुख सडक र चोकमा घोडा, खच्चर र गाईबस्तुलगायत छाडा चौपायाको बिगबिगी बढेको छ। सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चड र गाईले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमन समस्या भइरहेको छ।
प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे । फोहर व्यवस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्यो ।
स्याङ्जा २ मा गुरुङको अग्रता कायमै
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पार्नु भएको हो ।
तम्घास बजारका अव्यवस्थित तार हटाइने
गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिकाले काम सुरु गर्ने भएको छ ।
काम गर्न मन्त्री बन्ने सोचमा छु : नेता भण्डारी
नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ नेकपा (माओवादी केन्द्र) का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ ।
भारतीय नागरिकमाथि चाकरचौडामा गोली प्रहार
कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो ।
हाकिमको सरुवा गर्ने सहमति पछि आन्दोलन स्थगित
प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको भन्दै लमही नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत कर्मचारी, जनप्रतिनिधि बिचको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न आग्रह गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो ।
बालविवाहमा सहभागी नहुने प्रतिबद्धता
उमेर नपुगी भएको विवाह भोजमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका छन् । बढ्दो बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले परिवारबाट निमन्त्रणा भएको भोज तथा विवाहको अन्य कार्यमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका हुन् । बालविवाह न्यूनीकरण नभएको भन्दै यहाँका सरोकारवाला पक्षले गाउँमा कसैको बालविवाह भएको भए, त्यस्ता स्थानमा आयोजना भएको कुनै पनि कार्यक्रममा सरिक नहुने प्रतिबद्धता जनाएका छन् ।
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।
हतियार सहित एक जना पक्राउ
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ ।
निःशुल्क आँखा उपचारले नागरिक लाभान्वित
गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो ।
फरार अभियुक्त पक्राउ
रुपन्देही कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् ।
धान बिक्री नहुँदा किसान मर्कामा
बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् ।
बौद्ध विश्वविद्यालय सन् २०३० सम्म अन्तर्राष्ट्रियस्तरको बनाउने
लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।
अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण
गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।
बदर मत बढ्यो
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा गुल्मीमा सात हजारभन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविकामार्फत मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको हो।
कोटियामाईका हात्तीका मूर्ति अलपत्र
रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरू संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तरबार नहुँदा पशुचाैपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरू तोडफोड भएर अलपत्र परेका हुन्।