पीडितलाई न्याय हुनेगरी शान्ति प्रक्रिया टुङ्गिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक द्वन्द्वताका पीडितभएकाहरुलाई न्याय हुनेगरी मात्र शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।
‘दलबीच समीक्षात्मक बैठक जरुरी छ’
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरुबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ ।
‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’
नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ ।
शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सरकार नागरिकको स्वास्थ्य हकप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
कांग्रेस गुल्मीले मंसिर पहिलो साताभित्र सम्मेलन गर्ने
नेपाली कांग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
गुटेरेसको नेपाली पदचापका विश्व सन्देश
करिब १४ वर्षअघि (२०६६ को मङ्सिर १९) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को स्वास्थ्य र सभ्यतामै के असर गर्छ भन्ने तर्क र बहस सुरु भएका थिए ।
संसद्को अधिवेशन आजबाट अन्त्य हुँदै
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गर्नुभएको छ ।
मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।
जनताको समस्या समाधान गर्न सरकार दृढ : नेता शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनताको वास्तविक समस्या समाधान गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकार विद्रोहको आवाज हो : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार विद्रोहको आवाज भएको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको प्रथम क्षेत्रीय सम्मेलन २०८० मा उहाँले सो कुरा बताउनुभएको हो ।
खेलकुदले एकताको सन्देश दिन्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बिचमा एकताको सन्देश दिने बताउनुभएको छ ।
पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।
उखु किसानलाई समयमै भुक्तानी दिन डा. राणाको निर्देशन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले उखु किसानलाई समयमै भुक्तानी दिन निर्देशन दिनुभएको छ ।
तस्बिरमा एमालेको चियापान कार्यक्रम
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको उल्लेख गर्नुहुँदै अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एमालेको चियापनमा सहभागी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ ।
सरकारले आरोहणका लागि बन्द हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा एमालेको चियापन सुरु
नेकपा (एमाले)ले हिन्दुको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।
‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’
‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गर्नुभएको थिएन ।