सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड
सोमबार झापाको केचनाकवलबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ मङ्गलबार मोरङ आइपुगेको छ ।
प्रतिनिधिसभा : ‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसदमा सरकारको जवाफ माग गरिएको छ ।
प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभा बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ ।
सेवा प्रवाहलाई चुस्त बनाउन निजामती सेवा ऐन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । यही फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
परराष्ट्रमन्त्री डा. देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्नुभएको छ ।
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना हुनुभएको छ । घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
राजनीतिक स्थिरताका लागि एमाले कांग्रेसबिच गठबन्धन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाश मानसिंह श्रेष्ठले राजनीतिक स्थिरता र देशको समस्या समाधानका लागि नेपाल कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।
नेपाल–इटाली सहकार्यलाई दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड
नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।
‘सशस्त्र प्रहरीले अपराध अनुसन्धानको अधिकार पाउँदैन’
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीलाई अपराध अनुसन्धानलगायतका कुनै पनि अधिकार नदिने बताउनुभएको छ ।
नेपाल मानवअधिकार रक्षा र प्रवर्धनमा प्रतिबद्ध छ : मन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा. देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदैआएको बताउनुभएको हो ।
नो केबलकार समूहलाई वार्ताका लागि आह्वान
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु भएको केबुलकारको विरोध गर्दैआएको पक्षलाई सरकारले वार्तामा बोलाएको छ । केबुलकार योजना निर्माणको काम हाललाई स्थगित गरी सरकारले नो केबलकार पक्षलाई वार्ताका लागि आह्वान गरेको हो ।
राजनीतिक स्थिरताका दुई पार्टी मिल्यौं : बरिष्ठ उपाध्यक्ष पोखरेल
पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएको नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रमुख दुई ठूला पार्टीहरु खास परिस्थितिमा मिलेर अघि बढेको बताउनुभएको छ ।
उत्पीडित समुदायको अधिकार रक्षाका लागि सङ्घर्षको नेतृत्व गर्छौंः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले सङ्घर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताउनुभएको छ ।
सत्ताका लागि चकचक र उपद्रो गर्दैनौँ : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ ।
विद्यालय शिक्षा विधेयक पारित भए धरै शैक्षिक समस्या समाधान हुनेछन् : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भए शिक्षासम्बन्धी धेरै समस्या समाधान हुने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय सहयोग कटौती हुने जोखिम बढ्यो : पूर्व अर्थमन्त्री पाण्डे
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसीका प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ ।
आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने पर्यटनमन्त्रीको विश्वास
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँः अध्यक्ष महतो
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।