प्रदेश प्रमुख शर्माबाट बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्नुभएको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडी बढाउने बताउनुभएको छ।
बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ।
नीति तथा कार्यक्रम संसद बैठकबाट बहुमतले पारित
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।
अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ : उपाध्यक्ष पौडेल
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशालाई चिरेर मुलुकलाई हामी आफँैले बनाउन सक्छौँ भन्ने आशाको सञ्चार उत्पन्न भएको बताउनुभएको हो ।
नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षी दलको विरोध
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रतिनिधिसभा बैठकमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफल प्रारम्भ भएको हो ।
राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन
प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रस्ताव छलफलका लागि पेश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ.व. २०८१÷८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ ।
‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौ’
सङ्घीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक जना सदस्यले बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि सञ्चालन हुन नसकेको हो ।
संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्यो
आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ।
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस
प्रतिनिधि बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । मङ्गलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।
नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ ।
राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (प्रत्यक्ष प्रसारण)
पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बोधन गर्दै सांसदसँग विश्वासको मत माग्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सोमबार बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुने कार्यसूचि रहेको छ ।