बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रको प्राथमिकीकरण गरेर आएको बताउनुभएको छ।
शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ : सांसद सिटौला
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण : एमाले सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सरकार गठन गरौँ : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
विपदमा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदको सुझाव
प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
‘देश र जनतालाई ध्यानमा राखेर बजेट आएको छ’
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् ।
राष्ट्रिय सभामा राजस्व र व्ययमाथि छलफल जारी
राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ ।
बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभयो ।
जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक-दीर्घमा पुगे...
काठमाडौँको न्यु होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।
राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस
सरकारले राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रिय सभाको सोमबारको बैठकमा पेस भएको हो ।
प्रदेशमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो
जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
देशका विभिन्न भागमा विद्युत कटौती गरेकोमा सांसदको आक्रोश
देशका विभिन्न सहरहरूमा विद्युत कटौती हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेशमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् ।
सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभामा दुई प्रतिवेदन प्रस्तुत
प्रतिनिधि सभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गर्नुभयो ।
संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।
मधेश प्रदेश सभाको तेस्रो अधिवशेन आह्वान
मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको आह्वान गरिएको छ । सत्ता साझेदारी दुई दल बाहिरिएसँगै विश्वासको मत समेत फिर्ता लिएपछि आह्वान गरिएको यो अधिवेशन सबैको चासो बनेको छ ।
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज
कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
ङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ : सिर्पाली
संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ । संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो । धेरै कुरा परिस्थितिमा निर्भर हुन्छ । सबै जनप्रतिनिधिले प्राप्त जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ ।