सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबारबाट छ दिवसीय ‘सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ ।
निवर्तमान प्रदेशमन्त्री अधिकारीलाई हिरासतमा राख्न दुई दिन म्याद थप
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
राष्ट्रपति पौडेल दोहामा
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा आज कतारको दोहा आइपुग्नुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
आजबाट कोप–२९ सुरुः नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो ।
सडक सुरक्षा परीक्षण नहुँदा दुर्घटना
पछिल्लो समय दिनहुँजसो हुने गरेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति हुने गरेको छ तर सडकको अवस्था के छ, सडक सुरक्षाका लागि चाहिने
मतदाता शिक्षा स्थानीय तहबाटै
निर्वाचन आयोगले उपनिर्वाचनका लागि निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहमा प्रत्यायोजन गरेको छ ।
गैँडा स्थानान्तरणको सट्टा पाल्न माग
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ ।
रेसुङ्गामा निगमले हप्तामा एक दिन उडान गर्ने
नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्तामा एक दिन मात्र उडान गर्ने भएको छ । यहाँ बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दैआएको निगमले अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
चार सञ्चारमाध्यम कालोसूचीमा
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल काम गरेको भन्दै विभिन्न चार वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको सो कार्यालयले जनाएको छ ।
१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो
पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ ।
विदेशबाट फर्केर पशुपालनमा दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
जेसिस कार्यक्रमप्रति क्याम्पसको ध्यानाकर्षण
पाल्पा जेसिसको आयोजनामा भएको कार्यक्रममा व्यक्तिगत आक्षेप लगाउने र समाज भाँड्ने किसिमका अभिव्यक्ति दिएको भन्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र त्रिभुवन बहुमुखी क्याम्पस प्राध्यापक इकाई समितिले ध्यानाकर्षण गराएको छ ।
सुवर्ण शमशेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताउनुभएको छ ।
गैँडा स्थानान्तरण विषयमा ध्यानाकर्षण
पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।
एक करोड बढी विद्युत महसुल अनुदान
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले लिफ्ट खानेपानी आयोजनाको एक करोड छ लाख २७ हजार १६२ रुपियाँ महसुल अनुदान दिएको छ ।
धान बिक्री गर्ने किसानलाई चेकमार्फत् भुक्तानी
धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत् भुक्तानी गर्न थालेको छ ।
महागुरु फाल्गुनन्दको जन्म जयन्ती मनाइयो
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्म जयन्ती इलाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । महागुरु फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ ।
ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या
३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ।
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
१० वर्ष लगाएर निर्माण भयो पुल
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
सहकारी ठगी प्रकरण : ढोरपाटन नगर प्रमुखलाई पोखरा ल्याइयो
बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
कञ्चनजङ्घा जानेबाटोमा पर्ने खाम्बाचेन
समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन।