• २८ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति पौडेल दोहामा

blog

राष्ट्रपति पौडेललाई नेपालका कार्यवाहक राजदूत कुमार राई लगायत दूतावासका कर्मचारीले स्वागत गर्नुहुँदै । तस्बिर: राष्ट्रपतिको सचिवालय

कतार, कात्तिक २६ गते । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा आज कतारको दोहा आइपुग्नुभएको छ । 

उहाँलाई यहास्थित विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई लगायत दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो । सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ-सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ । 

राष्ट्रपति पौडेल भोलि दोहा हुँदै अजरबैजानको बाकु प्रस्थान गर्नुहुनेछ । 

कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । यही कात्तिक २६ गतेबाट सुरु हुने सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । 

यस अघि आइतबार राष्ट्रपति पौडेल सम्मेलनमा भाग लिन जाने क्रममा काठमाडौँबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो ।