मुकारुङको ‘छेकामारी’
गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गर्नुभएको छ । किराँत भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको सङ्गीत रहेको छ ।
सम्झनामा नारायणगोपाल
स्वारसम्राट् नारायणगोपालको ३४ औँ स्मृति दिवसमा बुधबार एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ ।
शाहलाई सङ्गीत पुरस्कार
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
भीष्मको साङ्गीतिक चलचित्र ‘कोठा’
साङ्गीतिक छोटो चलचित्र ‘कोठा’ सार्वजनिक गरिएको छ । काठमाडौँमा रहेको एभरेस्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
‘सिनेमा हलमा बक्स अफिस लागु गरिने छ’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ ।
माथिल्लो तामाकोशीको बिजुली पुस १० देखि
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन सुचारु गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मोतीपुर औद्योगिक क्षेत्र जग्गा नापजाँच पुनः सुरु
शिलान्यास भएर पनि जग्गा विवादका कारण चार वर्षअघिदेखि रोकिएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच पुनः सुरु भएको छ ।
वालेटमा रकम राख्ने व्यवस्था संशोधन
भुक्तानी सेवाप्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवाप्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधिमार्फत प्रतिदिन अधिकतम २५ हजार र प्रतिमहिना अधिकतम एक लाख रुपियाँसम्म नगद जम्मा गर्न पाउने भएका छन् ।
विदेशी लगानी बढाउन सुधारको प्रतिबद्धता
नेपालमा चिनियाँसहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
गम्भीर समस्या बन्दै माटोमा अम्लीयपन
बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ ।
हेपाटाइटिस बी र हैजाविरुद्धको खोप ल्याइने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ ।
परीक्षाको तयारीमा कर्मचारी
केही दिनयतादेखि सिंहदरबारसहितका कतिपय सरकारी कार्यालयमा निजामती कर्मचारी छिटफुटबाहेक भेटिँदैनन् ।
चीनका राष्ट्रपति सीको वैश्विक साझेदारी पथमा नेपाल प्रवेश
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अर्काे ऐतिहासिक भएको छ ।
शिक्षा नीति बनाउँदै कांग्रेस
शिक्षाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा विकसित भएका पछिल्ला घटनाक्रम र प्रणालीलाई समेत समेट्दै नेपाली कांग्रेसले छुट्टै शिक्षा नीति निर्माण गर्ने भएको छ ।
कृषि कर्म छाडेर वैदेशिक रोजगारीमा
जलवायु परिवर्तनको असरबाट बच्न अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाइए पनि यसको असर न्यूनीकरणका लागि ठोस प्रयास हुन सकिरहेको छैन । बरु यसको प्रतिकूूल प्रभाव भने नेपालमा झन् बढ्ने क्रममा छ ।
लवाङ्गी पूजामा थारु मङ्ग्रहुवा नाच
कैलालीको घोडाघोडी मन्दिर परिसरमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको थारु समुदायको मङ्ग्रहुवा नाच । आजबाट सुरु भएको थारु सांस्कृतिक महोत्सव मङ्सिर २१ गते समापन हुनेछ ।
मर्नेबेला कसैको भार बन्न नपाए हुन्थ्यो
सामाजिक विकास कार्यालयको आयोजनामा जिल्ला सदरमु्काम कावासोती –२ को मनकामना आमा समूहको भवनमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता चलिरहेको छ । जसको शीर्षक छ ‘ज्येष्ठ नागरिकप्रति हाम्रो कर्तब्य’ । यो शीर्षकमा बोल्ने बालबालिकाले खुलेर आफ्नो कर्तब्य सम्झेका छन् ।
नेपाल रेल सेवा यात्रु भरिएलगतै सञ्चालन गरिने
जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाहपञ्चमी महामहोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन यात्रुको चापअनुसार रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
आकाशमा झुण्ड बनाएर उड्दै मैनाचरी
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकको रानीपुर क्षेत्रको आकाशमा झुण्ड बनाएर उडदै गरेका मैनाचरी ।
करिब ६० किलो गाँजासहित अटो नियन्त्रणमा
सशस्त्र प्रहरी बलको टोलीले भारतीय सिमावर्ती क्षेत्र अन्तर्गत पर्ने बिराटनगर महानगरपालिका वडा १८ झटियाही ईलाकाबाट करिब ६० किलो प्रतिबन्धित लागु औषधको रुपमा रहेको गाँजासहित अटो नियन्त्रणमा लिएको छ ।
प्याजको बेर्ना किन्ने ग्राहक कुर्दै कृषक
दाङ देउखुरीको लमही नगरपालिका –४ स्थित घोराहीको रझेना चोकमा प्याजको बेर्ना बिक्री गर्न ग्राहक कुर्दै सेमरहवाका स्थानीय महिला कृषकहरु ।
एउटा इनारमा सिङ्गो गाउँ निर्भर
राजपुर गाउँपालिका –६ खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले पानी प्रयोग गर्दैआएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्दछ । इनार सुकेपछि गाउँनजिक रहेको खोलाको पानी पिउँछन् ।
करेन्ट लागेर मियाँको मृत्यु
हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो हेटौँडा –११, गोल्पिङटारमा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको हो ।
दुध फालेर किसानको विरोध
दाङमा किसानले उत्पादन गरेको दुधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । शान्तिनगर गाउँपालिका–२ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैँसीको दुध बिक्री नभएपछि फाल्न बाध्य भएका हुन् ।