वाइडबडी खरिदमा चार जना दोषी ठहर
विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ ।
मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो
मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् ।
विश्व माटो दिवसको अवसरमा माटो परीक्षण
जिल्लाको रामपुर नगरपालिका भित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको छ । ११ औं विश्व माटो दिवसको अवसरमा कृषकको खेतबारीको माटोको नमुना संकलन गरी विहीबार परीक्षण गरिएको हो ।
हटिया मेलामा लोकल कुखुरा बिक्री
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा सातसय ५० रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारीहरुको भनाइ छ ।
शोधवृत्तिका लागि दुई संस्थाविच सम्झौता
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबिच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा सहमति भएको छ। विभागका प्रमुख डा. कुन्दन अर्याल र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाइँविच सहमति भएको हो ।
बुटवलमा प्रथम मगर साहित्य महोत्सवको तयारी
रुपन्देहीको बुटवलमा नेपाल मगर महिला संघको आयोजनामा भोलिदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उदघाटन उपसभामुख इन्दिरा रानाले गर्नुहुनेछ ।
सदाबहार हरियो रहने रैस रुख
जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ ।
हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याएर यहाँको विद्युत समस्या समाधान गर्ने पहल गरिएको बताउनुभएको छ ।
‘महिलालाई रोजगारसँग जोड्नुपर्छ’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिलालाई रोजगार र उद्योगसँग जोड्न सकियो भने मात्र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न सकिने बताउनुभएको छ ।
प्रणालीको संरक्षण गर्न बरघरहरु एक ठाउँमा
बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् ।
सीपका धनी पौरखी बाजे धनगढी बजारमा
बाँसको चोयाबाट आफूले बनाएको छिटुवा धनगढीमा बिक्री गर्न आउनु भएका एक पौरखी ज्येष्ठ नागरिक खुशी अवस्थामा ।
एक महिनामा २२ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले एक महिनामा बाँकेका किसानहरुसँग २२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
चासोक तङ्नाममा बिदा
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ ।
उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।
दिगो, आधुनिक विकास निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
धरान-इटहरी सडक खण्डको अनुगमन
गतसाल मात्र निर्माण सम्पन्न भई सुचारु भएको कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको विभिन्न स्थानमा भत्किन थालेको छ ।
स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो ।
बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न
‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ ।
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
विश्व माटो दिवस मनाइँदै
विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।
१८ जना अपाङ्गता भएका व्यक्तिलाई 'ह्वील चेयर' वितरण
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा नगरपालिकाका १८ जना अशक्त अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरेको छ।
ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द
गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताको लागि बन्द हुने भएको छ ।
शीतलहर प्रभावितलाई न्यानो कपडा मौज्दात राख्ने
जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको निर्देशन अनुसार जिल्लाका सबै सरोकारवाला निकायसँग समन्वय बैठक गरेको छ ।
नेपालगन्ज भन्सारको पहिलो चौमासिकमा ६ अर्ब बढी राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।