बिआरआई फ्रेमवर्क,सत्ता साझेदार दृढ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ सम्बन्धी सहमति कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकमत देखिएका छन् ।
मुआब्जा नीति नहुँदा अकल्पनीय भार
राष्ट्रले ठुला ठुला रेल, विद्युत्, सडक र सुरुङलगायतका आयोजनाको निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा मुआब्जा नीतिको अभावमा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ ।
दोस्रो मुसिकोट महोत्सव हुने
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवम ब्यापार महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा
‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सुरु
उपसभामुख इन्दिरा राना मगरले बुटवलमा शुक्रबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उदघाटन गर्नुभएको छ ।
वरिष्ठ सहायक मण्डलको निधन
गोरखापत्र संस्थानका वरिष्ठ सहायक शिवनारायण मण्डलको निधन भएको छ । उच्च रक्तचापको समस्या देखिएपछि विराटनगरस्थित आर्या न्यूरो हस्पिटलमा उपचारका क्रममा बिहीबार उहाँको निधन भएको गोरखापत्र संस्थान विराटनगरका प्रादेशिक कार्यालयका प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो ।
बालबालिकाको श्रवण जाँचका लागि ‘मोबाइल अडियोमेट्री भ्यान’
कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ ।
दम्पती हत्याको आरोपमा राना पक्राउ
बडायक दम्पती हत्याको आरोपमा कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका –२ का ५० वर्षीय गंगाराम राना थारुलाई पक्राउ गरेको छ ।
कानेपोखरीको होटलमा एकजना मृत फेला
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।
युरोपेली उपग्रह बोक्ने रकेट भारतद्वारा सफलतापूर्वक प्रक्षेपण
भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले बिहीवार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा-३ उपग्रहहरू बोक्ने पिएसएलभि-सि५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्चको लक्ष्य
सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बनाउन बजेटको व्यवस्था गर्छु : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नाेबेल मेडिकल कलेजले २ सय प्रतिशत बाेनस दिने
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ ।
नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण
भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।
दुर्लभ सुनाखरी अन्नपूर्ण संरक्षण क्षेत्रमा
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्रमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन् ।
लालपुर्जाको प्रतीक्षामा बोटे समुदाय
स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंको पर्खाइमा पनि लालपुर्जा पाउन सकेका छैनन् ।
पूर्वाधार विकास योजना अलपत्र
पर्वतमा प्राविधिक नहुँदा पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन नभई अलपत्र परेका छन् ।
स्थानीय तहसँग छैन आफ्नै भवन
छ वटा स्थानीय तह रहेको म्याग्दीमा हालसम्म रघुगङ्गा गाउँपालिकाले मात्र आफ्नै प्रशासकीय भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ ।
सङ्क्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा
समयमै उपचार सुरु गरेपछि पछिल्ला वर्षहरूमा बाँकेका एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माउन थालेका छन् ।
उज्यालो सहर बनाउने अभियान
लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवललाई उज्यालो सहर बनाउने अभियान थालिएको छ ।
पिलीको आकर्षण बढ्दै
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
छाउ भएकालाई घिउ चल्ने, दूध नचल्ने
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला मङ्गलबार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँमा घाँस काट्न साउनलोटे वनमा गएकी ३९ वर्षीय दुर्गा रावल मृत अवस्थामा फेला पर्नुभएको छ ।
शैक्षिक सुधार अभियानमा पालिका
शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफलका लागि रामारोशन गाउँपालिकाले अभियान थालनी गरेको छ ।