'चतराधामको धार्मिक पर्यटन विकासमा सरकारकाे साथ रहनेछ'
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुनसरीको पवित्र धार्मिक तीर्थस्थल तथा प्राचीन हरिद्वारको रूपमा रहेको चतराधामको धार्मिक, ऐतिहासिक, र पर्यटन महत्वलाई अझै उजागर गर्न नेपाल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सात महिनापछि खुल्यो क्रसरको शिलबन्दी
भीरकोट नगरपालिका–१ बयरघारीमा भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ ।
नमुना सदरमुकाम निर्माणका लागि चार अर्ब बजेट
नवलपुरको कावासोतीमा निर्माण हुने नमुना सदरमुकामका लागि सरकारले चार अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो रकम सुनिश्चित गरेको हो ।
भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गोरखाको भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
महायज्ञबाट दुई करोड दान संकलन
शहिद बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि भइरहेको महायज्ञमा दुई करोडभन्दा बढी रुपियाँको दान संकलन भएको छ । रामपुर नगरपालिका –७ किसानबारीस्थित क्याम्पस परिसरमा जारी महायज्ञमा आइतबारसम्ममा दुई करोड दुई लाख ६ हजार तीनसय २९ रुपियाँ ७७ पैसा दान संकलन भएको हो ।
बजार सहज बनाउन माग
धनकुटाका व्यावसायी तथा उद्यमीले सेवा तथा उत्पादन भन्दा अनुदानका लागि फार्म सञ्चालन गर्ने क्रम बढेको गुनासो गरेका छन् ।
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।
अक्खा लिपि संरक्षणमा युवा पुस्ताको चासो
बढ्दो सहरीकरण र आधुनिकताका कारण आफ्नो भाषा नै लोप हुने अवस्थामा पुग्नसक्ने भन्दै गल्याङका मगर समुदाय युवा पुस्तालाई भाषा सिकाउन सक्रिय भएका हुन् ।
यलम्बर संवतका अवसरमा साताव्यापी कार्यक्रम
किराँतीहरुको नयाँ वर्ष यलम्बर संवत् ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गरिने भएको छ ।
बेनीमा सडक स्तरोन्नति सुरु
जिल्लाको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका ग्रामीण बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगर क्षेत्रमा पर्ने तीन स्थानमा बेनी नगरपालिकाले सडक स्तरोन्नति थालेको छ ।
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।
बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ ।
बाँकेमा १५१ फिटको शिव प्रतिमा निर्माण
बाँकेको डुडुवामा देशकै सबैभन्दा अग्लो १५१ फिटको शिव प्रतिमाको निर्माण सुरु गरिएको छ ।
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिनुभयो ।
सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
समालोचनामै साठी वर्ष
वासुदेव त्रिपाठीले कतिलाई पढाउनुभयो सायदै लेखाजोखा होला ? एउटै वासुदेव त्रिपाठीलाई पढाउने चाहिँ धेरै भए । उहाँले कीर्तिपुरमै स्थिर भएर चालिस वर्ष पढाउँदा विद्यार्थीको
आजबाट रविको तर्फबाट बहस सुरु
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
भूकम्प प्रभावित विपन्नलाई अनुदान
नेपाल रेडक्रस सोसाइटीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितका लागि जीविकोपार्जन कार्यव्रmम सञ्चालन गरेको छ । भूकम्प प्रभावित विपन्नका लागि जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले ससर्त अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल रेडक्रस सोसाइटीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितका लागि जीविकोपार्जन कार्यव्रmम सञ्चालन गरेको छ । भूकम्प प्रभावित विपन्नका लागि जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले ससर्त अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनको बन्दै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
प्लाइउड प्रशोधन
मोरङ, पुस २२ गते । मोरङ पथरी शनिश्चरे ९ स्थित एक प्लाई कम्पनीले प्लाइउड बनाउन सुकाएको कच्चा पाता । तस्बिरः रासस
पत्तालेबाट देखिएको नुम्बुर हिमशृङ्खला
सोलुखुम्बु, पुस २२ गते । सोलुखुम्बुको पर्यटकीय स्थल पत्तालेबाट देखिएको नुम्बुर, कारेलुङ हिमाल र आसपासको क्षेत्र । तस्बिरः रासस
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल
लमजुङ, पुस २२ गते । बेँसीसहर नगरपालिका १ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल। यतिबेला यस आयोजनामा पर्याप्त पानी नहुँदा विद्युत उत्पादन घट्दै गएको छ। तस्बिरः रासस