स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा काठमाडौँस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।
ग्रामीण सडकको मर्मत सुरु
बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ ।
जुम्ली स्याउको भाउ घट्याे
एक महिनाअघि नेपालगन्ज बजारमा जुम्ली स्याउ आउँदा प्रतिकिलो २०० देखि २२० रुपियाँसम्म बिक्री वितरण भएको फलफूल व्यापारी पप्पु कुरेसीले बताउनुभयो ।
दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
पश्चिमका तीन प्रदेशका बिरामीहरुले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ ।
कोदालो प्रहार गरी दाइको हत्या गर्ने भाइ पक्राउ
कोदालोले प्रहार गरेर आफ्नो सहोदर दाइको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
सर्पले टोकेर बालकको मृत्यु
घरमा सुती रहेका बालकलाई विषालु सर्पले टोक्दा उहाँको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारको ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।
जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलाली चितवन र सुनसरी गरी चार जिल्लाबाट छ जना जापानिज इन्सेफलाइटिस संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।
ऋषिङ्ग भ्रमणको झझल्को
नव वर्ष २०७९ को पावन उषासँगै हामी पाँच जनाले यात्रा सुरु गरेका थियौँ । यात्रा थियो भिमाद नगरपालिका मालेबगर हुँदै ऋषिङ्ग गाउँपालिकाको अन्तिम विन्दु भिरकोटसम्म । बिहा
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको तीव्र औद्योगिकीकरणका कारण विश्वसहित नेपालको वातावरण पनि दिनप्रतिदिन खराब बन्दै गएको छ । तीव्र औद्योगिकीकरणले गर्दा जलवायु परिवर्तनको असरसमेत बढ्न थालेको छ । विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसममा समेत असर पुग्न गएको छ । तीव्र औद्योगिकीकरणबाट आएको धुवाँ, धुलो, वंशाणुगत गुण, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या अत्यधिक बढेको छ । अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो
बाल सिनेमाको संसार
विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए । विविध विषयका सिनेमा बनाउने क्रममा बालबालिकाको रुचिलाई लिएर बाल चलचित्र पनि बनाउन थाले । अमेरिका, हङ्गेरी, जर्मनी, फ्रान्स, रुस आदि देशले बाल चलचित्र बनाइसकेका थिए । स्विडेनका चलचित्र निर्देशक इङ्ग्मार बर्गम्यानले बालबालिकालाई विषय बनाएर सुरुवातमा केही सिनेमा बनाए । जापानका चलचित्र निर्देशक आकिरा कुरोसावा, अमेरिकाका चलचित्र निर्देशक अर्सन बेल्स आदिले बालबालिकामाथि राम्रा राम्रा सिनेमा बनाए । फ्रान्सका फ्रान्सुआ क्रुफोले एउटा बालकको मनोविज्ञानमा फो
नवलपुरमा आत्महत्याको दर घट्यो
नवलपुरमा आत्महत्याको दर घट्दै गएको देखिएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा पहिलेको तुलनामा आत्महत्या गर्नेको दर घट्दै गए पनि संंख्या भने डरलाग्दो छ । पछिल्लो तीन वर्षमा जिल्लामा तीन सय १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
दमौलीमा छ दिन विद्युत् सेवा अवरुद्ध हुने
तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको कममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक सात घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।
अझै मोबाइल नेटवर्कको समस्या
मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ, मोबाइलको टावर नै आउँदैन, कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले काम गर्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।”
ट्युसनले विद्यार्थी नियमित विद्यालय जान थाले
लहान–१ का दलित चमार (राम) समुदायका बालबालिकालाई ट्युसन पढाउन थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लहानको मुख्य चोक जाने
बादलुको घुम्टोमा घोराही बजार
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य ।
भैँसीपालनबाट करोडौँ आम्दानी
स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा जानेको लहर निकै बढेको छ । यहाँका एक कृषकले भने बाँझो जमिनको सदुपयोग गर्दै भैँसी र गाई व्यावसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । फेदीखोला गाउँपालिका–१, मट्टीखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैँसीपालन व्यवसायबाट आम्दानी गर्दै आउनुभएको छ । उहाँले २६ रोपनी आफ्नो, ५० रोपनी बन्दकी र ५० रोपनी भाडामा लिई भैँसी तथा गाईपालन गर्नुभएको छ । फेदीखोला बजारमा किराना पसल गर्नुभएका पोखरेलले गाउँको जग्गा बाझैँ भएपछि व्यवसाय छाडेर चार वर्ष पहिलाबाट भैँसी तथा गाईपालन थाल्नुभएको हो । १० वटा मुर्रा भैँसी किनेर र एक गोठ बनाएर ४० लाख रुपियाँ लगानी गरी पशुपालन थालेको पोखरेलले बताउनुभयो ।
मनकामना मन्दिरमा ह्वात्तै घटे भक्तजन
नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा झन्डै ८० प्रतिशतले भक्तजनको सङ्ख्या घटेको छ । गत असार ३१ गतेबाट नेपालको पहिलो केबुलकार मनकामना केबुलकार मर्मत सम्भार गर्न भन्दै दुई महिनाका लागि बन्द भएपछि मनकामना दर्शन गर्न आउने भक्तजनको सङ्ख्या घटेको हो । मनकामना मन्दिरका मूल पुजारी इन्सन थापाले भक्तजन घटेको जानकारी दिनुभयो । उहाँका अनुसार असार, साउन र भदौ महिना यसै पनि अन्य महिनामा जस्तो भक्तजन कम हुने गरेका थिए । गत वर्षको तुलनामा ८० प्रतिशतले भक्तजन घट्नुमा केबुलकार मर्मतसम्भार भएको उहाँको भनाइ छ ।
महारानीथानमा पर्यटकीय सम्भावना
म्याग्दी जिल्लाको बेनी नगरपालिका–७, कुरिलाखर्कमा रहेको महारानीथान ऐतिहासिक पर्वत राज्य र महारानीसँग आबद्ध महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसको पर्यटकीय सम्भावना रहेको भए पनि यसतर्फ भने ध्यान पुग्न सकेको छैन । उचित प्रचार हुन सके यसको पर्यटकीय गन्तव्य बन्न सक्छ । यो थान सदरमुकाम बेनीबाट नजिकै रहेको प्रमुख धार्मिकस्थल पनि हो । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त बनेकी उनकी पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ ।
विद्यालयको अवस्था नाजुक, जोखिम मोलेरै पढ्नुपर्ने बाध्यता
मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा विगत ३४ वर्षदेखि सञ्चालित एक सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ ।
बुटवल–गोरुसिङ्गे सडक विस्तार, सात हजार रुख काटिने सत्तरी हजार रोपिने
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ । यसै गरी सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ ।
अमेरिकाको कमाइ स्वदेशका विपन्न परिवारलाई
अमेरिका पुग्नु, सम्पत्ति कमाउनु र भविष्य सुनिश्चित बनाउने अधिकांश व्यक्तिको चाहना हुन्छ तर अमेरिका पुगेर र जन्मभूमिका लागि मरिमेट्ने मानिस बिरलै भेटिन्छन् । बाँकेको खजुरा गाउँपालिका–४ का लिलबहादुर थापा बिरलै भेटिने मानिसमध्ये एक हुनुहुन्छ । सत्र वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका पुग्नुभएका थापाको कमाइको अधिकांश हिस्सा विपन्न समुदायका व्यक्तिको सहयोगमा खर्च हुने गरेको छ । अमेरिकामा कमाएको मध्ये करिब १० करोड रुपियाँ उहाँले यसरी नै विपन्न समुदायका व्यक्तिलाई सहयोग गरेर खर्च गर्नुभएको छ ।
सात वर्षपछि राजस्वको स्रोत खोज्दै बागमती प्रदेश सरकार
देश सङ्घीय संरचनामा गएर प्रदेश सरकारले बजेट बनाउन थालेको सात वर्षपछि बागमती प्रदेश सरकारले राजस्वको सम्भावित स्रोतको खोजी गर्न थालेको छ । प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर हुँदै गएको र वित्तीय सङ्घीयता पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले बागमती प्रदेशको राजस्व सम्भावित नयाँ स्रोतको खोजी गर्न थालेको हो ।