बिम्स्टेकको ऐतिहासिक उपलब्धि
विश्वमा क्षेत्रीय सहयोगको संस्कृति तथा प्रवर्धन पछिल्लो युगको सबैभन्दा सफल कूटनीतिक अभ्यास हुँदै गएको छ ।
आर्थिक वृद्धि र मूल्यमा सन्तुलन
अहिले नेपाल सरकारको अर्थ मन्त्रालय तथा सम्बन्धित निकाय आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियामा व्यस्त छन् ।
एसइई सकियो, अब के गर्ने ?
शिक्षा क्षेत्रमा एसइईको विशेष महत्व छ ।
जलवायु न्यायको आवाज
अन्तर्राष्ट्रिय मञ्चमा राज्यका उच्च पदस्थ व्यक्तिको सहभागिता, संवाद, सम्बोधन र उच्चस्तरीय समन्वयले नेपालमा जलवायु परिवर्तनले निम्त्याएका सङ्कटको न्यूनीकरण र उचित न्यायको पहलकदमी, खबरदारी र हकको आवाज पछिल्लो समय मुखरित हुँदै गएको छ ।
बहिरा र सुस्त श्रवणको पहिचान
अपाङ्गताको विषयलाई सतही पाराले बुझ्ने, बुझाउने र अर्थ लगाउनेहरूको हाम्रो समाजमा कुनै कमी छैन ।
तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण
तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने मेसिन), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटरलगायतका कृषि औजार वितरण गरेको छ ।
दैलेखमा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण
दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको हो ।
‘नेवाल व नेपाल’ सार्वजनिक
डा. गोविन्द बोल श्रेष्ठको नेपाल भाषा र अङ्ग्रेजी भाषाको पुस्तक ‘नेवाल व नेपाल’ सार्वजनिक भएको छ । उक्त पुस्तक एक कार्यक्रमबिच नेपाल भाषा एकेडेमीका संरक्षक यज्ञरत्न धाख्वाः ले सार्वजनिक गर्नुभएको हो ।
विम्ब उत्सवमा गायक सिग्देलको गजल
गायक राज सिग्देलको एकल गजल समारोहको आयोजना गरिएको छ । विम्ब आटर्स प्रालिको प्रस्तुति तथा आयोजनामा गायक राज सिग्देलको गजल गायन समारोह शनिबार राजधानीमा “विम्ब उत्सव” शीर्षकमा सम्पन्न भएको हो ।
लोप हुँदै भजन संस्कृति
पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएको छ । यससँगै मौलिक संस्कृति संरक्षणमा युवापुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको छ । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुट्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको छ तर पछिल्लो समय लमजुङका गाउँघरमा यो संस्कृति ओझेलमा मात्र परेको छैन, बिस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।
वज्रगुरु मन्त्रजप पूजा सुरु
ताप्लेजुङको सुकेटारमा छैटौँ वज्रगुरु मन्त्रजप पूजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि आयोजना गरिएको तीनदिने धार्मिक पूजा वज्रगुरु मन्त्रजप शनिबारदेखि सुरु भएको हो ।
‘अर्थतन्त्र बलियो बनाउन गाँजा खेती उपयुक्त’
अर्थतन्त्र बलियो बनाउन र व्यापार घाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाले बताएका छन् ।
कर्णालीलाई दस अर्ब सत्ताइस करोड राजस्व अनुदान
राजस्व बाँडफाँट अन्तर्गत कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट १० अर्ब रुपियाँभन्दा बढी अनुदान पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व बाँडफाँटबापत प्रदेशले अनुमानित १० अर्ब २७ करोड ३० लाख रुपियाँ पाउने भएको हो ।
नेपालको खाद्य तथा जडीबुटी परीक्षणलाई भारतमा मान्यता
नेपालले गर्ने खाद्य वस्तु तथा जडीबुटी परीक्षणलाई भारतले पारस्परिक मान्यता दिएको छ । यसअघि खाद्यवस्तुको गुणस्तर प्रमाणीकरणका लागि भारत जानुपर्ने बाध्यकारी अवस्था रहेकोमा अब अन्त्य भएको छ ।
सहकारीको ऋण सीमा : सम्पत्तिको पाँच प्रतिशत मात्र
अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् ।
विप्लव नेतृत्वको नेकपा दल दर्ता हुँदै
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ । आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै
देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने भएपछि कार्यविधि तयार हुँदै छ ।
नेपालमा कलेजो प्रत्यारोपण सस्तो
सीमित जनशक्तिबाट संसारमै कम खर्चमा उपचार सेवा दिइरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
केही भएन भन्नु भ्रमखेती
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधानबाहिर कोही पनि जान नसक्ने बताउनुभएको छ ।
खरानीबाट उठ्ने जमर्कोमा ‘जडीबुटी’
आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ । प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन सुरु हुने जानकारी दिनुभएको हो ।
वार्तामा गएनन् शिक्षक
विभिन्न पेसागत माग राखेर चार दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुई पटक वार्ताको आह्वान गरे पनि नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेको छ ।
चितुवाको मुखबाट नाति थुत्ने हजुरआमा
बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन जानुभयो ।
किराती राजा यलम्बरको सालिक निर्माण
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक) सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ
गुल्मी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा सहमति नजुटेपछि शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा भएको मतदानबाट अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विष्णुप्रसाद बलालले जानकारी दिनुभयो ।