मुक्तिनाथस्थित चरण क्षेत्रमा च्याङ्ग्रा
म्याग्दी (दरबाङ), साउन ३० गते । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथस्थित चरण क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । तस्बिर : साधन घर्ती
हावाहुरीले मकै बालीमा क्षति
निरन्तरको वर्षासँगै चलेको हावाहुरीले पाँचथरका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ ।
मिडिया काउन्सिल विधेयकमाथि थप छलफल हुने
अध्यक्ष नियुक्तिको सिफारिस र छानबिन समितिबारे विधायन व्यवस्थापन समितिमा सहमति नभएपछि मिडिया काउन्सिल विधेयक–२०८० को दुवै व्यवस्थामाथि सरोकारवालासँग थप छलफल हुने भएको छ । दुवै विषयमा समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राय बाझिएको छ ।
सेवा सुविधा रोक्ने चेतावनी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको सेवा सुविधा रोक्का गर्ने चेतावनी दिनुभएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फर्काउने प्रवृत्ति बढ्दै गएकाले कार्यविधि निर्माण गरी स्थानीय तहको सेवा सुविधा रोक्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो । नगरप्रमुख र गाउँपालिकाका अध्यक्षले हाजिर नगराए आफैँले तोक लगाएर हाजिर गर्नसमेत कर्मचारीलाई निर्देशन दिइएको गुप्ताले बताउनभुयो ।
प्रतिवेदन सभामा पेस
बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले प्रतिवेदन मङ्गलबार सभामा पेस गर्नुभएको हो । साउन २४ गतेको समिति बैठकले विधेयकको प्रतिवेदन पारित गरेको थियो । प्रतिनिधि सभामा विचाराधीन भएको डेढ वर्षपछि समितिले विधेयकको दफाबार छलफल सकेर प्रतिवेदन सभामा पेस गरेको हो ।
टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।
गोरखा र बागलुङका बाढी पहिरोपीडितलाई लायन्स क्लबको सहयोग
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरोपीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।
१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय
सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ।
मेलम्ची–हेलम्बु जोड्ने पुल जोखिममा
हेलम्बु गाउँपालिकाको तालामाराङमुनि रहेको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने झोलुङ्गे पुल बाढीले गर्दा जोखिममा पारेको छ ।
धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ
पोखरा ६ स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
झुण्डिएको अवस्थामा बालकको शव फेला
कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।
गलेश्वर शिवालय मन्दिरमा १५ लाख भेटी सङ्कलन
हिन्दुहरुको पवित्र तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाका चार वटा सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको भेटी रकम १५ लाख १० हजार सात सय २४ रुपियाँभन्दा धेरै सङ्कलन भएको छ ।
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ ।
हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका कामकारबाहीबारे आमजनताले सहज रूपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुभएको छ ।
एक लाख ८१ हजार बढी चल्ला उत्पादन
बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आर्थिक वर्ष २०८०–८१ मा एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।
रिक्त चौतिस पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ ।
दुई महिना यता विपद्मा परी १७३ जनाको मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ ।
पाँच लाख नयाँ सङ्गठित सदस्य थप्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्दैछ ।
पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई क्रसर उद्योग महासङ्घको ज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र मन्त्रीसँग भारतका विदेश सचिवको शिष्टाचार भेट : नेपाललाई थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण
सहजपुर-बिपीनगर-बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटर पिएलआर-कुमार जेभीले निर्माण गरेको हो ।
भिरालो बस्तीमा डरैडरको बास
बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यति बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।