• २२ भदौ २०८१, शनिबार

टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली

blog

सरकारी वकिलसँग प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।

मंगलबार महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा सरकारी वकिललाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ।प्रधानमन्त्री ओलीले नेताले आफ्नो धारणा राखेपछि दुई दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनुभयो।

उहाँले विधेयक संसदबाट पारित हुनुलाई ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताउनुभयो।प्रधानमन्त्री सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गर्नुभयो।उहाँले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘हामी टिआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएर आज प्रतिनिधि सभामा पेस भएको छ।त्यस सम्बन्धमा भोलि राजनीतिक दलका नेताले राय व्यक्त गर्नुहुन्छ।त्यसपछि त्यो एक दुई दिनमा पारित हुन्छ र राष्ट्रिय सभामा जान्छ ।’’ 

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले विदेशी नक्कल गरिरहनु आवश्यक नभएको प्रष्ट पार्नुभएको छ