गुणास्तरहीन सडकको नाली भत्काइयो
सिन्धुपाल्चोक, असार ७ गते । जुगल गाउँपालिका–५ बराम्ची सडकको राम्चे खण्डमा निमार्ण गरिएको गुणास्तरहीन नाला जनप्रतिनिधिले भत्काएका छन् । नाला निमार्ण गुणास्तरहीन भएको ब्यापक जनगुनासो बढेपछि उक्त गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठ नेतृत्वको टोलीले उक्त गुणास्तरहीन नाला भत्काएर पुन गुणास्तरयुक्त नाली निमार्ण गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।उपाध्यक्ष श्रेष्ठले प्राबिधिक टोली लिएर नाला निमार्णको अनुगमन गर्न पुग्नु भएको थियो । नाला निमार्णमा कंक्रीट आवश्यकता अनुसार प्रयोग नगरिएको, पिपिसि गर्दा सामान्य मापदण्ड समेत पालना नगरेकोले नाला भत्काएर पुन निमार्ण गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । एक सय मिटर भन्दा बढी नाला भत्काइएको छ ।नाला निमार्ण गुणास्तरहीन देखिएकोले भत्काएर गुणास्तरयुक्त नाला निमार्ण नगरेसम्म भूत्तानी रोक्ने उहाँले बताउनुभयो । गाउँपालिकाका प्राबिधिक संदेश ढुंगेलले उक्त नाला निमार्णमा प्रयोग भएका सामाग्री गुणास्तरहीन भएको बताउनु भयो ।
पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।
एसपीपी अगाडि नबढाउने निर्णय
नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठकले एसपीपीका कुनै कार्यक्रम नेपालमा अगाडि नबढाउने निर्णय गरेको छ ।
प्रधान सेनापति शर्माद्वारा लेवनानमा मिसन मुख्यालयको भ्रमण
लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा लगायतको भ्रमणदलले सोमबार युनिफिल मिसन लेवनानमा तैनाथ नेपबाट मुख्यालको निरिक्षण भ्रमण गर्नुभएको छ ।
प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन मिडिया नियमन गर्न बाटो खुला
उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।
मातृभाषालाई सरकारी कामकाजी भाषा बनाउनुपर्छ : मुख्यमन्त्री राई
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने राज्यको नीति कार्यान्वयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा सोमबार भाषा आयोगले आयोजना गरेको सङ्गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो विचार राख्नुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सके मानिसको जीवनयापनमा सहजता आउने उहाँको भनाई छ ।
नारायणी नदीमा सिग्नेचर पुल बन्ने
नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुनेभएको छ । ४१ बर्षअघि निर्माण भएको नवलपरासी चितवन जोडने एक मात्र पक्की पुुल जीर्ण बन्दै जान थालेपछि सो ठाउँमा नयाँ सिग्नेचर पुुल निर्माण प्रक्रिया अघि बढाइएको सडक बिभागले जनाएको छ ।
दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन : नेत्री आरजु देउवा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले राजनीतिक पार्टीका नेताहरुले चुनाव केन्द्रित नभई समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्ने बताउनुभएको छ ।
महिला हिंसाको प्रमुख कारण अशिक्षा : मन्त्री सिंह
मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ ।
पार्टीका विभागलाई पूर्णता दिन सभापति देउवासँग आग्रह
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरी पार्टीका विभागलाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
नानीमैयाँ नकर्मीको निधनप्रति एमालेको शोक प्रकट
नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका नेत्री नानीमैयाँ नकर्मीकोे निधनप्रति नेकपा (एमाले)ले शोक प्रकट गरेको छ । उहाँको ९५ वर्षको उमेरमा सोमबार विहान निधन भएको थियो ।
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
गत जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् ।
जीवनलाई शान्त र फलदायी बनाउन योग प्रभावकारी : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध भएको बताउनुभएको छ । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री खाणले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो भनाइ राख्नु भएको हो ।
हुम्लामा फोरजी सञ्चालन
नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिका – ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको छ ।
निर्वाचन आयोगद्वारा दलहरूलाई सचेत
निर्वाचन आयोगले संविधान र कानुनले तोकेबमोजिमका सर्त एवं आयोगको कार्यविधि पूरा नगरेका राजनीतिक दललाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय गर्नसक्नबारे सचेत गराएको छ । आयोग पदाधिकारीको यही असार १ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अछामका पूर्वसभापति शाहीको निधन
अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो ।
भूमिगत पार्किङका लागि अध्ययन गरिने
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङका लागि अध्ययन गर्ने भएको छ । ट्राफिक जाम र पार्किङको समस्या भोग्दै आएको महानगरभित्र ठूलो क्षेत्रफलमा सुविधा सम्पन्न पार्किङ निर्माण गर्ने योजना महानगरपालिकाको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको छ ।
‘नेपाली संस्कृतिको विशिष्टता लोप हुन दिनुहुँदैन’
राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्नसक्ने खतरा उत्पन्नभएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवको उद्घाटन विशेष कार्यक्रममा आइतबार उहाँले त्यस्तो बताउनुभएको हो ।
लालपुर्जा खोज्दा मृत्युदर्ताको प्रमाणपत्र !
जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना वि.सं. २०५५ मा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र ।
मुना मासिकको सम्पादकमा थापा नियुक्त
गोरखापत्र संस्थानमा नेपाली पत्रकारिता समूहमा कार्यरत नायब कार्यकारी सम्पादक भक्तबहादुर थापा संस्थानको मासिक प्रकाशन मुनाको निमित्त सम्पादकमा नियुक्त हुनुभएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले असार ६ गते सोमबारदेखि लागू हुनेगरी थापालाई सो पदमा नियुक्त गर्नुभएको हो ।
प्रधान सेनापति शर्माद्वारा लेवनानमा युनिफिल मिसनको भ्रमण
लेवनान भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्मासहित टोलीले आइतबार लेवनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गर्नुभएको छ ।
पानी जमेपछि बालबालिकालाई विद्यालय पठाउन समस्या
लहान नगरपालिका १ र २ वडा भएर बग्ने भबरा नहरको बाँध भत्केर निस्केको फोहोर पानी वरिपरि चारैतिरबाट आएर जमेपछि घरबाट निस्कन र बालबालिकालाई विद्यालय पठाउन स्थानीयलाई समस्या भएको छ । लहान–१ का सोनवति सिंह दुनुबारले पानी जमेर विद्यालय पठाउन नपाएको दुखेसो पोख्नुभयो ।
बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने
सुदूरपश्चिम प्रदेशमा पाँचदेखि १२ वर्षमुनिका तीन जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । पहिलो चरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिन लागिएको हो ।
जोखिमपूर्ण तुइन यात्रा, विद्यार्थी र सर्वसाधारण मर्कामा
सरकारले २०७२ सालमा तुईन बिस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुईनको जोखिमपूर्ण यात्रा गर्नु पर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुईनबाट भेरी तर्नैपर्ने बाध्यता छ ।