काठमाडौँ, असोज १५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपास
चङ्गा
उडाए कारबाही गर्ने जनाएको छ । सूचना जारी गर्दै कार्यालयले चङ्गा नउडाउन जानकारी गराएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गरेको पाइएको कार्यालयले जनाएको छ । यो कार्यको विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन अनुरोध गरेको छ ।
सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जनाएको छ।