अमेरिकाका दुई युद्धविमान नष्ट
इरानले दुई वटा अमेरिकी युद्धविमान नष्ट गरेको छ । यस घटनामा एक चालकको उद्धार गरिएको छ भने अर्का चालक अझै हराइरहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्यापक उद्धार अभियान सुरु गरेको छ ।
अतिक्रमित संरचनामा ‘डोजर’
सर्वोच्च अदालतले फेवाताल अतिक्रमण हटाउन र सौन्दर्यकरण गर्न ऐतिहासिक फैसला गरेको सात वर्षपछि आदेश कार्यान्वयन हुने आशा जागेको छ । प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणले ताल छ दशकमा आधा पुरिइसकेको छ । विसं २०१८ मा १०.३५ वर्ग किमी रहेको ताल २०७७ मा ५.७ वर्ग किमीमा खुम्चिएको तथ्याङ्क छ ।
स्थानीय तहमा निमित्त प्रमुख शून्य बनाउने अभियान
सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा विकासनिर्माण, दीर्घकालीन महत्वका योजना, अन्तरतह समन्वय कमजोर बन्दै गएका कारण सरकारले निमित्त प्रमुख नराख्ने भएको हो ।
कछुवा गतिमा गौरवका आयोजना
नयाँ सरकारसामु मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउनुका साथै राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिनु अवसर र चुनौतीका रूपमा देखिएको छ । समयमा काम सम्पन्न नहुने, पटक पटक म्याद थप्नुपर्ने, बर्सेनि लागत बढ्दै जाने तथा भएका काम पनि गुणस्तरहीन हुने राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन सक्नु नयाँ सरकारका लागि अवसर र चुनौतीका रूपमा देखिएको छ । यी आयोजनाको
जुम्लाको १४ वटै केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु
जुम्लामा एसर्ईई परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार शुक्रवारदेखि जुम्लामा उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिनुभयो ।
दाङमा चार साहित्यकार पुरस्कृत
दाङमा चार जना साहित्यकार पुरस्कृत हुनुभएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको १८ औं बार्षिकोत्सवको अवसरमा शनिवार घोराहीमा चारजना साहित्यकार पुरस्कृत हुनुभएको हो ।
ज्यानसम्बन्धी कसुर मुद्दामा तीन जना पक्राउ
ङको राप्ती गाउँपालिका –४ मा भएको ज्यानसम्बन्धी कसूर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका –२ निवासी आयुष्मान थापा मगरमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो।
मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दै छ ।
झापामा सर्वाधिक राशीको महिला फुटबल हुने
झापाको चन्द्रगढीमा नेपालमै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपक हुने भएको छ ।
गौली ‘भानु–घाँसी सम्मान’बाट सम्मानित
माटोको सुगन्धमा आफ्नो भविष्य खोज्नुभएकी सफल महिला उद्यमी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ
जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा स्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
फेवाताल मापदण्डमा पर्ने संरचना भत्काइयो
कास्कीको पोखरा महानगरभित्र पर्ने फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन थालिएको छ। शनिबार बिहान ५ देखि ९ बजेसम्म महानगरले ३२ संरचनामा डोजर चलाएको छ।
घाइतेसँग गृहमन्त्री
गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्पताल पुग्नुभयो । मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।
संवैधानिक इजलासको छुट्टै वेब पोर्टल
सर्वोच्च अदालतको संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सुरु गरिएको छ । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले शुक्रबार वेब पोर्टलको सुरुवात गर्नुभएको हो । संवैधनिक इजलाससँग सम्बन्धित पेसी, महत्वपूर्ण आदेश, मुद्दाको लगत, इजलासका सदस्य तथा कर्मचारीलगायतको विवरण पोर्टलमा समावेश छ । इजलासको अधिकार क्षेत्र र इजलास गठनको अध्ययन प्रतिवेदन पनि पोर्टलमा उपलब्ध छन् । यसअघि यी विवरण सर्वोच्चको वेब पोर्टलमा हेर्ने व्यवस्था थियो । तर संवैधानिक इजलासको मात्र फरक लगत भने थिएन ।
राज्य संयन्त्रसँगको सम्बन्ध पूर्ववत् : एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन र कूटनीतिक समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक सन्दर्भमा उठेका प्रश्नको समीक्षा गर्दै राज्यका प्रमुख संयन्त्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको हो । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार संविधान र प्रचलित कानुन अनुसार स्थापित नेपाली सेनालगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई निरन्तरता दिइने उल्लेख गरिएको छ
शङ्कर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
युद्धको असर न्यूनीकरण गर्न अध्ययन हुँदै
पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा परेको बहुपक्षीय असर न्यूनीकरणका गर्न सरकारले अध्ययन थालेको छ । पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण विश्वव्यापी र क्षेत्रीय आपूर्ति शृङ्खलामा असर पर्दा त्यसको प्रभाव आमनेपालीको भान्छा र दैनिक जीवनमा समेत देखिन थालेको छ ।
लागुऔषधको कुलतमा युवा
काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ । दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।