निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताउनुभएको छ ।
गाई संरक्षण गर्न मालिकामा गौशाला
बागलुङ नगरपालिका वडा ५ को मालिकास्थित गण्डकी गोपाल गौशाला सर्वसिद्वीधाम पञ्चकोट जत्तिकै महत्वपूर्ण छ । पञ्चकोटमा आयोजना गरिने महायज्ञमा यो गौशालामा पनि हवन र पुजन गरिदै आइएको छ ।
तीनजुरे क्षेत्रमा फुल्न थाल्यो गुराँस (फोटो फिचर)
ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ ।
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो।
महान्यायाधिवक्ता डा. कँडेलद्वारा शपथ ग्रहण
नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन
रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । आइतबार गणको कार्य क्षेत्र रहेको रुकुमपश्चिम र रुकुमपूर्वका भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।
सभामुख अर्याललाई रास्वपाको बधाई, पार्टी जिम्मेवारीबाट अलग भएको जानकारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पाल्पामा मतदाता नामावली अद्यावधिक सुरु
निर्वाचन आयोगले मतदाता नामावली सड्ढलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरेको छ । आयोगको चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ ।
बाँकेमा एक महिनामा २७ फरार अपराधी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन महिनामा मात्रै बाँकेमा २७ जना फरार अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको जनाएको छ ।
थारु पत्रकार संघ बाँके अध्यक्षमा जागेश्वर
पत्रकार जागेश्वर सिंह थारूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।
सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल
नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय
सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सभामुख अर्यालद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो
सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारका सदस्यले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।
गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान
आगामी आर्थिक वर्ष २०८३–०८४ मा गुल्मीका स्थानीय तहले सङ्घीय सरकारबाट एक अर्बभन्दा बढी अनुदान प्राप्त भएका छन्।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको बैठक केहीबेर अघि सुरु भएको हो।
सात हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द
‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।
सभामुखमा अर्याल निर्वाचित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
प्रहरीको आयोजनामा दौड प्रतियोगिता
जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो ।
पाँच किमी सडक स्तरोन्नति गर्न आठ वर्षपछि बजेट
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ ।
सहमति नहुँदा उम्मेदवारको टुङ्गो लागेन
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलले सहमतिमै सभाका उपाध्यक्ष र समितिका सभापति बाँडफाँट गरेर जाने प्रयास गरे पनि सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले आइतबार बिहानसम्म सहमति हुने दाबी गर्नुभयो । आइतबार नै उम्मेदवारी दर्ता हुने छ ।