महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न
प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ ।
अलौमा सात घर जले, करिब ५४ लाखको क्षति
वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताउनुभयो ।
नाम विवादले बन्न सकेन सुनकोशीमा पुल
दुई जिल्लाको विवादका कारण खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा पक्की पुल बन्न सकेको छैन । योजनाको नामको विषयमा विवाद हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा र उदयपुरको
घाँटीको सिक्री लुटेर भाग्ने राजवंशी पक्राउ
घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ः२५ बजे झापा मेचीनगर नगरपालिका वडा नम्बर १३ पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी सरे डाँगी बस्ने २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर भागेपछि मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्सको विजयी सुरुवात
भगवती स्पोर्ट्स क्लब खोटाङले सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मोटरसाइकल दुर्घटनामा पति-पत्नीको मृत्यु
बिपी राजमार्गको बर्दिबास–३ स्थित कालापानीको जङ्गल क्षेत्र पर्ने कारेभोगटे पुलनजिक सोमबार अपराह्न मोटरसाइकल दुर्घटना परी श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक र शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ ।
बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा मनकुमारको निधन
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एक जनाको निधन भएको छ । आइतबार राती हिलीहाङ गाउँपालिका ४ सिबुवा निवासी ५१ वर्षीय मनकुमार सिगुको निधन भएको हो ।
झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो ।
धनकुटामा पनि टक्सार !
मुद्रा निष्कासनको इतिहास रोचक हुँदै गएको छ । यस विषयमा खोज र अनुसन्धान कम भएको पाइन्छ ।
पापुङमा एक घर जलेर नष्ट
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।
भोजपुर गोल्ड कप : आर्मीको विजयी सुरुवात
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतिष्ठानद्वारा दुई व्यक्ति र एक संस्थालाई सम्मान
ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले दुई व्यक्ति र एक संस्थालाई सम्मान गरेको छ । सदरमुकाम फुङ्लिङमा आइतबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पाँचथरमा टाटा सुमो दुर्घटना, १४ जना घाइते
ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो ।
कारको ठक्करबाट बालकको मृत्यु
झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
रामधुनी जाने सडक स्तरोन्नति
पूर्वकै धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम थालिएको छ ।
ताप्लेजुङमा पुँजीगत खर्च ४० प्रतिशत मात्र
ताप्लेजुङमा आर्थिक वर्ष सकिनलाई तीन महिना बाँकी रहँदा पुँजीगततर्फको बजेट करिब ४० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार सङ्घ तथा प्रदेश दुवैतर्फको पुँजीगत बजेट खर्च ४० प्रतिशत हाराहारी मात्र भएको हो ।
भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।
सङ्घीयतामाथि पनि ठगी हुन थाल्यो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा सहकारी मात्र नभइ सङ्घीयतामाथि ठगी भएको बताउनु भएको छ ।
सरकार दुई वर्ष चल्ने मुख्यमन्त्री केदार कार्कीको दाबी
विभिन्न कारणले पुनर्वास हुन छुटेका भुटानी शरणार्थीहरूका लागि सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको इन्ट्रा फाउन्डेसनले शनिबार मोरङको पथरीशनिश्चरे र दमक नगरपालिकालाई एक÷एक वटा एम्बुलेन्स प्रदान गरेको छ ।
ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु
अलपत्र बनेको खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन तीन वर्षपछि निर्माण गर्न पुनः सुरु गरिएको छ ।
न्यायालय पुनर्संरचनाको विषयमा वरिष्ठ अधिवक्ताहरु नै विभाजित
न्यायपालिकाको पुनर्संरचना र सुधार गर्ने विषयमा नेपाल वार एशोसिएसनका पूर्व र वर्तमान नेतृत्व बिच फरक धारणा देखिएको छ ।
ताप्लेजुङका सबै वडासम्म पुग्यो सडक
निर्माणाधीन तमोर कोरिडोर सडकको ट्रयाकले ओलाङ्चुङगोला बस्तीलाई जोडेसँगै ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुगेको छ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म भर्खरै तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो ।
कर्मचारी तयारी गर्दै जिल्ला निर्वाचन कार्यालय
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ ।