बसाइँसराइले गाउँ खाली हुँदै
गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क झेल्न नसकेर निरौलाका छिमेकीहरुले यस अघिनै गाउँ छाडिसकेका छन् ।
इनरुवामा स्थानीय स्तरीय कबड्डी सुरु
सुनसरीको इनरुवा नगरपालिका ९ बबियालाई चिनाउन पहिलो पटक जिल्लाभरका स्थानीय तहको सहभागितामा स्थानीय स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ ।
दसगजा वारिपारि पहेँलपुर तोरीबारी
मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरूसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् ।
रहस्यमयी ओडार पुग्न सिँढी निर्माण
धनकुटा नगरपालिका–२, सुन्तलेस्थित सल्लेरी सामुदायिक वनभित्रको रहस्यमयी ओडारसम्म पुग्न सिँढी निर्माण गरिएको छ । रहस्यमयी ओडारसम्म पुग्न धनकुटा नगरपालिकाले पाँच लाख रुपियाँको लागतमा धनकुटा सुन्तले कृषि सडकदेखि करिब ३०० मिटर लामो सिँढी निर्माण गरेको हो ।
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो ।
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो ।
मिटरब्याजपीडितको समर्थनमा न्यायिक समितिको घरदैलो
अनुचित लेनदेन (मिटरब्याज) कारोबारमा पीडितभन्दा बढी पीडक नै हाबी हुने देखिएपछि विराटनगर महानगरपालिकाको न्यायिक समितिले यसको प्रारम्भिक छलफल र विवादको निरूपण आफैँ गर्ने तयारी गरेको छ ।
कोशीमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ गम्भीर घाइते
कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।
मारमा दुग्ध किसान
आफूहरूले बिक्री गरेको दुधको मूल्य नपाउँदा कोशी प्रदेशका किसान समस्यामा पर्न थालेका छन् ।
पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’
विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो ।
पोष्ट हार्भेष्ट व्यवस्थापनबारे कार्यशाला
कोशी प्रदेशमा कृषि प्रणालीलाई सुधार गर्न र कृषकको आयवृद्धि गर्न पोस्ट–हार्भेस्ट व्यवस्थापन महत्वबारे छलफल गर्न मण्डला एग्रिफ्रेशद्वारा एकदिने प्रादेशिक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
गोरखापत्रकर्मी कोइरालासहित चार पत्रकार पुरस्कृत
सञ्चार क्लव नेपाल उर्लाबारीले २१ ओैं साधारणसभाको अवसर पारेर चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
धनकुटामा सवारी दुर्घटना : चालक फरार
२१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।
एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा
न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अख्तियारले सबैले महसुस गर्ने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सबैले देख्ने र महसुस गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ।
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
सीबीआर परियोजना स्थानीय तहलाई हस्तान्तरण
जिल्लाको दुई वटा स्थानीय तहमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना (सीबीआर) परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
कागतेमा सुन्तला खेती मौलायो
कागतेमा सुन्तला खेती मौलाएको छ । धनकुटामा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२ औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिनुभयो ।
च्याब्रुङ नाच
इलाम, पुस ११ गते । लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केस्लाङ) सिक्दै लिम्बू युवाहरु । याक्थुङ युवा मञ्च इलामको आयोजनामा सदरमुकाममा १५ दिनको च्याब्रुङ नाच प्रशिक्षण सुरु भएको छ ।तस्बिरः रासस
धरणीधर विवाह महोत्सवको तयारी
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो ।
बर्जुतालका लागि लगानी खोज्दै प्रदेश सरकार
चराको प्रमुख वासस्थानका रूपमा परिचित सुनसरीको बर्जुताल संरक्षण र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने परियोजनाका लागि कोशी प्रदेश लगानी प्राधिकरणले विस्तृत अध्ययन पूरा गरेको छ ।