माछापोखरी मानाभारा गोल्डकपको सेमिफाइनलमा
आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साथीभाइले जित्यो पदमबहादुर गुरुङ स्मृति कप
तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधी साथीभाइ स्पोर्टिङ क्लबले जितेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ : फरक नाममा नागरिकता लिएको खुल्यो
कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । नाम तथा पहिचान परिवर्तन गरेर लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङमा तमू ल्होसार भव्यरुपमा मनाइयो
ताप्लेजुङमा गुरुङ समुदायले तमू ल्होसार भव्यरुपमा मनाएका छन्। गुरुङ समुदायले सम्वत् फेरिएको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाएका हुन्।
पाँच महिनामा एक करोड १० लाख राजस्व सङ्कलन
मालपोत कार्यालय ताप्लेजुङले पाँच महिनाको अवधिमा एक करोड दश लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ।
कन्याममा ५ दिने ‘फुड एण्ड कल्चरल फेस्टिभल’ सुरु
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा पूर्वकै चर्चित पर्यटकीय स्थल कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ सुरु भएको छ ।
ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।
धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदान स्थल कायम भएका छन् । एकसय ६६ मतदान केन्द्र कायम भएका छन् ।
सुत्केरी उद्धारमा सेनाको प्रेरक भूमिका
दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई÷तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ ।
तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो ।
धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता कायम
आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् ।
महालक्ष्मी सडक धमाधम कालोपत्रे
धनकुटाको महालक्ष्मी नगरपालिकाले मध्यमहालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटरमध्ये यो वर्ष पाँच किलोमिटर
प्रथम मानाभारा गोल्ड कप आजबाट
प्रथम मानाभारा गोल्ड कप मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुने भएको हो ।
मेची भन्सार कार्यालय : पाँचमहिनामा र तीन अर्ब ८० करोड राजस्व सङ्कलन
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै
दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् ।
किसानमाझ पुग्न नसकेको मुन्तला
सानो बोट, बोटैभरि पातभन्दा बढी सुन्तले रङमा बयर झैँ र बयरकै साइजमा लटरम्म फल फलेको छ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्ले धनकुटापरिसरमा देखिएको यस फललाई मुन्तलाको नामले चिन्ने गरिएको छ ।
सुन्तलाले रोक्यो बसाइँसराइ
आफ्ना दौँतरी धेरै बसाइँ सरेर मधेश झरिसके पनि लीलावल्लभ नेपाल (दुर्गा) भने गाउँमै रमाइरहनुभएको छ । “यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथे भने त म बसाइँ सरिसकेको हुन्थेँ । यिनले दिने आम्दानी सम्झेर अडिएको छु,” पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभले भन्नुभयो ।
सडेको अवस्थामा शव फेला
धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो ।
छिमेकीलाई कुटेर सुन लुट्ने महिला पक्राउ
छिमेकीको सुन लुटेर फरार भएकी पाँचथरको याङवरक गाउँपालिका-५ निवासी ५२ वर्षीय धनमाया सेलिङलाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय मेला भलिबलमा १४ टोली
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् ।
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।
मध्य महालक्ष्मी सडक धमाधम कालोपत्रे
धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे यो वर्ष हुने पालिकाले जनाएको छ ।
भिरबाट लडेर युवकको मृत्यु
ताप्लेजुङमा भिरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिरिजङ्घा गाउँपालिका–६, मामाङ्खे सुक्तेन टोलका ३० वर्षीय विजय लिम्बूको भिरबाट लडेर मृत्यु भएको हो ।