घुस लिएर लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो
इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ ।
एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकियो
यही चैत १९ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष तोकिएको छ । एसईई सञ्चालन हुने जिल्लाका ११ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा
इलामको सूर्योदय नगरपालिका-३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क सञ्चालनमा आउने भएको छ ।
जंगली जनावरको आतङ्कले इलामका किसान हैरान
इलामको पूर्वी भेगमा जंगली जनावरले आतङ्क फैलाएको छ । जंगली जनावरले घर गोठान पालेका घरपालुवा पशु चौपया खाईदिने देखि खेलीबाली नष्ट गरी आतङ्क फैलाएको हो ।
सामुदायिक विद्यालयको पाठ्यपुस्तक ताप्लेजुङ पुग्यो
सामुदायिक विद्यालयको पाठ्यपुस्तक ताप्लेजुङमा यसवर्ष समयमै आइपुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा करिव दुई साताअघि नै जिल्लामा पाठ्यपुस्तक आइपुगेको हो ।
खेतमा बाँदर, सडकमा किसान
खोटाङका पहाडी पाखाहरूमा अचेल बाली झुलिरहेका छैनन्, बरू बाँदरको बथान उफ्रिरहेका छन्।
जबरजस्ती करणी आरोपमा उद्योगी पक्राउ
जबरजस्ती करणी आरोपमा झापाका स्थापित उद्योगी प्रदीप मित्तल पक्राउ परेका छन् । सोमबार बिहान उनलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको हो ।
सडेको अवस्थामा शव फेला
ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।
पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त
एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ।
‘वैज्ञानिक शिक्षा र स्वास्थ्यमा सुधार’
नवनिर्वाचित सांसद पारशमणि गेलालले मुलुकमा सुशासन कायम गरेर विधिको शासन स्थापनाका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभएको छ । राष्ट्रिय
गोलभेडाले टापुका किसानलाई राम्रो आम्दानी
बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ।
बेमौसमी वर्षा र हिमपातले पर्यटनमा असर
चैत पहिलो सातापछि सुरु भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पछिल्लो एक सातायता दिनहुँ वर्षा भइरहेको र वर्षाका कारण हिमाली भेगमा हिमपात भएको हो । हिमपातका कारण पर्यटनमा असर पुगेको व्यवसायी बताउँछन् ।
विश्वशान्तिका लागि वज्रगुरु मन्त्रजप
विश्वशान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङलिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीनदिने मन्त्रजप पूजा सम्पन्न भएको हो । बौद्ध धर्ममा आधारित बृहत् पूजा वज्रगुरु मन्त्रजपको यस पटक सातौँ संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्रजप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ ।
सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्द
इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा शुक्खा पहिरो झरेपछि साँझाट मेची राजमार्ग अवरुद्द भएको छ ।
इनरुवामा नापतौल शिविर सुरु
सुनसरीको इनरुवामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ ।
जीर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला
सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जीर्ण बनेको छ ।
मेघा कलेजलाई बास्केटबल उपाधि
धरान–१६ स्थित रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेघा कलेजले हिमशिखर कलेज तरहरालाई १७–१५ स्कोरको अन्तरले पछि पार्दै उपाधि जितेको हो ।
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको रिहाइको माग गरिएको हो ।
सुशासन र प्रणाली सुधारको राजनीतिक यात्रा
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सव्रिmय नेता अशोककुमार चौधरीले जनमैत्री काम, सुशासन र प्रणाली सुधारका
उच्च हिमाली क्षेत्र लोनाकमा कर्मचारीको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लोनाकमा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जङग हमाल रहनुभएको छ ।
किसान चैतेधान रोप्नमा व्यस्त
भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।
पर्यटकको रोजाइमा रास ताल
जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ ।
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।