डाक्टर, इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य : कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डाक्टर, इन्जिनियर र प्रहरीलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङमा ६ सय केजी बढी अवैध माछा नष्ट
सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेकोभन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरी नष्ट गरिएको हो ।
विदेशको जस्तै कमाइमा रमाउँदै श्रेष्ठ दम्पती
इलामको माईजोगमाई गाउँपालिका–३ का पूजन श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई आफूले पालेका बङ्गुर स्याहार्न भ्याइनभ्याइ छ । साना बुच्चादेखि बङ्गुरका माउ र बेच्नयोग्य बङ्गुरको हेरचाह गर्न श्रेष्ठ दम्पतीलाई निकै गाह्रो पर्छ ।
गाई दुहुन घरघरै पुग्छन् मुन्ना
मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो ।
पशुचौपायालाई खोरेत विरुद्धको खोप
ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।
भन्सार एजेन्ट आन्दोलित
सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् ।
सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने
मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।
प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।
महिलालाई आजआर्जनको बाटोमा लगाउँदै स्थानीय सरकार
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तीकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ ।
इलाममा जेनजी आन्दोलनमा तोडफोड गर्ने १५ जना पक्राउ
गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।
मानेभन्ज्याङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवती माविलाई
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ ।
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।
रामसारकलीलाई तालिम दिइँदै
हात्तीलाई माहुतेद्वारा प्रशिक्षण गराएपछि मानवीय प्रयोगमा ल्याइने गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा रहेका छावालाई माहुते (वाहकी) द्वारा मानवीय प्रयोगका लागि तालिम
ठेक्का लागेको छ वर्षमा पनि बनेन सडक
ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म
भेडेटारमा ट्रक दुर्घटना : चालक घाइते
कोशी लोकमार्गमा पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो ।
प्राकृतिक शीतभण्डारमा किबी
पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आउनुभएको छ ।
सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।
नयाँ भन्सार ऐन लागु
नयाँ भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार जाँचपास प्रक्रियामा ‘ब्लु लेन’ थपिएको छ । ऐन प्रमाणीकरण भएको ९१ औँ दिनपछि शनिबारदेखि कार्यान्वयनमा आएपछि प्रचलनमा रहेको तीन वटा लेनको सट्टा ब्लु लेन थप गरी चार वटा लेन हुने व्यवस्था प्रचलनमा ल्याइएको हो ।
महावै गाउँपालिकाले असुल गर्नुपर्ने ७० लाख
कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ ।
विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
भोजपुरको उत्पादन, काठमाडौँमा प्रदर्शन
भोजपुरको स्थानीय पालिकाका कृषकले उत्पादन गरेको स्थानीय खाद्यान्न तथा सामग्रीहरूको प्रचार–प्रसार तथा ब्रान्डिङ गर्नमा टेवा पुग्ने उद्देश्यले काठमाडौँस्थित बत्तिस पुतलीमा प्रदर्शनीमा राखिएको छ ।
योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय
कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ ।
सिटी सफारी चालकको गोली हानी हत्या : दुई महिनापछि सात जना पक्राउ
सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घटनाका आरोपितलाई प्रहरीले करिब दुई महिनापछि सात जनालाई पक्राउ गरेको छ ।