हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
सप्तकोशीको पानी बस्तीमा पस्दा बेलका नगरपालिका जोखिममा
सप्तकोशीको पानी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका प्राकृतिक विपत्ति परेको छ । वर्षात सुरु भएदेखि उदयपुरतर्फ कटान भइरहेकोमा गएरातीदेखि शप्तकोशीको पानी पसेपछि बेलकामा विपत्ती परेको हो । मुख्यगरी पालिकाको वडा नं. २, ३ र ९ मा असर परेको छ ।
उद्धार र राहतको व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन
उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
सप्तकोशी तटबन्धन फुटेर बस्तीमा पस्यो पानी
सप्तकोशी नदीको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ । बेलका नगरपालिकाको २, ३ र ९ नम्बर वडाको बस्ती क्षेत्रमा पानी पसेको हो ।
इटहरीमा थन्कियो आठ ट्रक सुपारी
विराटनगर भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको ८ ट्रक सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको छ । मोरङ प्रहरीले गत साउन ५ गते विराटनगर–१४ बाट पक्राउ गरि ८ गते बुझाएको सुपारीको अनुसन्धान प्रक्रिया नै अलमलमा परेपछि त्यसै थन्किएको हो ।
सङ्खुवासभामा लाखे जात्रा सुरु
सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।
गाँजा तस्करीको केन्द्र बन्दै खुला सीमा
खुला सिमाना र सहज आवागमनको फाइदा उठाउँदै विराटनगरको रानी नाका हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम बढेको छ। नेपालतर्फबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै भारतीय क्षेत्रतर्फ गाँजा तस्करी गर्ने गरेका छन्। सशस्त्र प्रहरी बलको टोलीले पाएको सूचनाको आधारमा तरकारी बोकेको ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेलापारेको हो। सङ्खुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ लगिँदै गरेको उक्त गाडीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो।
ग्रामीण सडकमा सास्तीपूर्ण यात्रा
इलाम नयाँबजारका सवारीचालक फुरी शेर्पा आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ। नयाँबजार–फिक्कल सवारी चलाउने शेर्पा कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ। चालक शेर्पा भन्नुहुन्छ, “कहाँ पुग्दा गाडी फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो।” शेर्पा मात्र होइन, उक्त सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ। गाडी फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ।
युवा पुस्तामा लोकप्रिय बन्दै लाखे नाच
झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ ।