सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान
सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।
आठ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात
चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो ।
महराको बयान सुरु
सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको रोहबरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको थियो ।
विनोद चौधरीबारे सभामुखलाई पत्राचार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सांसद विनोदकुमार चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई पठाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि छानबिन भइरहेको जानकारी प्रहरीले सभामुख घिमिरेलाई गरेको हो ।
देशका अधिकांश ठाउँमा वर्षा
बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ । त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली सुरु भए पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हिउँसमेत परेको छ ।
ओलम्पिक रोमान्स : खेलाडीलाई कन्डम निःशुल्क
पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।
संघीय निजामती सेवा विधेयक जस्ताको त्यस्तै पारित हुँदैन
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ ।
नेपाली क्रिकेट सकारात्मक बाटोमा : आइसिसी अध्यक्ष बार्कले
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेट सकारात्मक बाटोमा अगाडि बढेकोमा खुशी ब्यक्त गर्नुभएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक बिहीबारदेखि बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चखेल–मातातीर्थ सडक बन्द गरिने भएको छ।
चिमखोला गाउँ
परम्परागत ढुङ्गाले छाएको घरहरु रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ कोे चिमखोला गाउँ । चिमखोला थाली नाचको उद्गम थलो हो ।
ओलाङ्चुङगोला क्षेत्रमा हिमपात
मङ्गलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगअन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहित क्षेत्रमा हिमपात भएको हो ।
स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न कानुन बनाउने सहमति
एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ ।
सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित
चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
विकासमा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न आयोजनामा भइरहेको ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभएको छ ।
बारामा ११ अर्बको धान उत्पादन
चालु–आर्थिक वर्ष ०८०/०८१ मा बारा जिल्लामा करिब पौने ११ अर्ब बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।
बजेट अर्थ मन्त्रालयको नियन्त्रणमा हुनुहुँदैन : सांसद ज्वाला
प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थ मन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राख्नुभएको छ ।
लागूऔषध नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रम
जिल्लामा लागूऔषध कारोबार र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ ।
अपायक ठाउँमा परीक्षा केन्द्र तोकेपछि विरोध प्रदर्शन
माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयबाट २० किलोमिटर टाढा अपायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोकिएपछि सखुवानन्कारकट्टी गाउँपालिका-श्री माध्यमिक विद्यालयका विद्यार्थीहरू विरोधमा उत्रिएका छन् ।
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
बाली जोगाउन भोटे कुकुर वितरण
पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नस्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ।
खेलकुदमन्त्री श्रेष्ठ र आइसिसी अध्यक्ष बार्कलेबिच छलफल
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेबिच बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ ।