निर्वाचनमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
मतदान अधिकृतहरुलाई तालिम
धनकुटामा निर्वाचनमा खटिइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई एक दिने तालिम दिएको हो ।
आचारसंहिता अनुमगन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा ‘डिप फेक’ र भ्रामक सूचनाको चुनौती : ५४ प्रतिशत सामग्री एआई जेनेरेटेड
निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको छ ।
आचारसंहिता उल्लङ्घन गर्नेमाथि आयोगको कडा कारबाही : जनही २५ हजार रुपियाँ जरिवाना
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएकाे छ। आयोगका अनुसार मतपत्र, मतपेटिका र अन्य निर्वाचन सामग्रीहरू देशका ७७ वटै जिल्लामा पुर्याइसकिएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउँछौँ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ।
निर्वाचन तयारी अन्तिम चरणमा पुगिसकेको छ :सचिव राउत
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
निर्वाचन रिपोर्टिङ तथ्यपरक बनाउन पत्रकार अभिमुखीकरण
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पत्रकारको भूमिकालाई सुदृढ गर्ने उद्देश्यले सल्यान खलङ्गामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।
इन्फोग्राफिक्समा निर्वाचनको सम्पूर्ण विवरण : सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
निर्वाचनलाई भयरहित बनाउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी ७५ हजार ७८७, नेपाली सेना ७८ हजार ७२७ र निर्वाचन प्रहरी (म्यादी) एक लाख ४९ हजार ५० जना रहेका छन् ।
सिन्धुलीमा निर्वाचनको तयारी अन्तिम चरणमा
सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ।
आफैंलाई उम्मेदवार मानेर मत माग्न सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।
निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन लक्षित गर्दै मदिरा बिक्री-वितरणमा रोक
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मदिरा बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
निर्वाचनमा हिमाली क्षेत्रमा जाने कर्मचारीका लागि ‘पोर्टेबल अक्सिजन क्यान’ र औषधीको व्यवस्था
गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्ला म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई ‘पोर्टेबल अक्सिजन क्यान’ तथा ‘अल्टिच्युड सिकनेस’ सम्बन्धी औषधिको व्यवस्था गरिने भएको छ ।
राजनीतिक संकट अन्त्यका लागि निर्वाचन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताउनुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी कार्यक्रम’ मा उहाँले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको प्रष्ट पार्नुभयो ।
कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी
कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको छ ।
स्याङ्जामा ३८ महिला मतदान अधिकृत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले मतदान अधिकृतको कमाण्ड समाल्ने भएका छन् ।
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
निर्वाचनको तयारी पूरा, नियुक्तिपत्र वितरण सुरु
प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण सुरु भएको छ ।
निर्वाचनका लागि कालीकोटमा सात सय ६० कर्मचारी खटिए
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् ।