शिक्षामा नीति धेरै कार्यान्वयन फितलो
शिक्षालाई प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमुखी बनाउन सबै प्रकारका शिक्षण संस्थामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने सरकारी नीति भए पनि परिणाम चित्तबुझ्दो आउन सकेको छैन ।
भर्ना अभियानमा सकृय विद्यालयकै बालवालिका
विद्यालय उमेर पुगेका सवै बालवालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्दै विद्यालयका बालवालिकाहरुले सचेतना अभियान सञ्चालन गरेका छन् ।
२३ दिन बिदा दिने त्रिभुवन विश्वविद्यालयको निर्णय
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धिको समीक्षा
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)द्वारा कार्यक्रमको उपलब्धिबारे समीक्षा गरिएको छ ।
मेडिकल शिक्षालाई व्यवस्थित बनाउने पहलमा शिक्षामन्त्री पौडेल
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल थालेको छ।
एसइई परीक्षा दिन उमेर र पदले छेकेन
अछाम जिल्लाको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले ३९ वर्षको उमेरमा एसइइ परीक्षा दिनुभएको छ ।
चार हजार ३०८ ले दिए जाजरकोटमा एसईई परीक्षा
वासुदेव शर्मा जाजरकोट, वैशाख ९ गते । आज शुक्रबारदेखि शुरु भएको एसईई परीक्षामा यहाँस्थित ७४ माध्यमिक विद्यालयका चार हजार ३०८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसईई परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । दुई हजार २४८ छात्र र दुई हजार ६० छात्रा गरी कुल तीन हजार ४०८ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । त्रिभुवन माध्यामिक विद्यालय खलङ्गा परीक्षा केन्द्रबाट एक सय ४९ जना मध्ये छात्रा ७६, छात्र ६० जना ग्रेटवृद्धि दुई, प्राविधिकतर्फ २३, शिक्षा तर्फ १११ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।परीक्षामा छात्र छ र छात्रा सात जना अनुपस्थित भएका छन् । यस वर्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापक केन्द्र अध्यक्ष रहने व्यवस्था गरेकाले परीक्षालाई मर्यादिन व्यवस्थित गरी परिक्षा प्रणालीलाई सुधार गर्न सरोकारवालसँगको छलफलबाट आवश्यक जनशक्ति व्यवस्थापन गरेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । बीस वटा परीक्षा केन्द्रमा अठ्ठाईस सहायक केन्द्राध्यक्ष, दुई सय नौ जना निरीक्षक र ४२ जना परीक्षा सहायकको व्यवस्था गरेका छाैं, समन्वय एकाइ प्रमुख मल्लले भन्नुभयो ।बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी दुई सय नौ जना निरीक्षक तोकिएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न परीक्षा अवधिभर बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको दरले निरीक्षक रहनेछन् । परीक्षा हलभित्र निरीक्षकले विद्यार्थीलाई चिट चोराउन मद्दत गरेको, चिट ओसारपसार गरेको सूचना प्राप्त भए निरीक्षकलाई निष्कासन गर्ने उहाँको भनाइ छ । होम सेन्टर नहुँदा टाढाको परीक्षा केन्द्रमा जानुपर्ने भएका कारण विद्यार्थीलाई खाना बस्नाको समस्या हुने गरेको छ ।
आजदेखि एसईई परीक्षा
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।
हुम्लाबाट ११ सय ४६ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै
राजन रावतहुुम्ला, वैशाख ८ गते । यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट बिधार्थी एसईईमा सहभागिता जनाउन लागेका हुन । शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईकाअनुसार आगामी शुक्रवार बिहान सुरु हुने एसईई परीक्षामा हुम्ला जिल्लाबाट एक हजार १४६ जना विद्यार्थी सहभागिता जनाउने छन् । परीक्षामा ५४९ छात्रा र ५९८ जना छात्र रहनुभएको छ । पहिलो पटक हुम्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ । यसअघिका परीक्षामा छात्राको संख्या बढी हुनेगथ्र्यो । यो संख्या जिल्लाका कुल २८ वटा माध्यमिक विद्यालयबाट नियमित र खुल्लातर्फको हो । यसमा खुल्लातर्फ ४४ जना परक्षिार्थी रहेका छन् । ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् । सबै परीक्षा केन्द्रमा प्रश्नापत्र, उत्तरपुस्तिका र केन्द्राध्यक्ष पुुगेको इकाईले जनाएको छ ।