५५ वर्षकी लामा कक्षा एकमा भर्ना
सिमकोट गाउँपालिका–३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।
कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।
कानेपोखरीले ‘प्लस टु’ निःशुल्क पढाउने
मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम ल्याएको थियो।
तेह्र विद्यालय कालोसूचीमा
वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र पर्ने १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका विद्यालय महानगरपालिकाबाट पाउने सबै प्रकारका सेवासुविधा र अनुदानबाट वञ्चित हुनेछन्।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया शुरु
राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले सबै प्रदेशमा एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको गर्ने घोषणाअनुसार सो प्रक्रिया थालनी भएको हो ।
एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो
चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो ।
हुर्किदै र पढ्दै असहाय बालबालिका
सानै उमेरमा बावुको मृत्यु र आमा अर्कैसँग विवाह गरि घर छाडेपछि सहाराविहिन हुनुभएकी कष्णकुमारी भण्डारीले अहिले बेनी बजार स्थित प्रकाश माविको कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । सातवर्षको उमेरमै भण्डारीलाई बुवा र आमाको साथ गुमेपनि बेनी स्थित बालगृहले साथ दियो । घरपरिवारकै सरह स्यारसुसार र पारिवारिक वातावरण मिलेपछि भण्डारीलाई आमाबुवाको अभाव खड्किएको छैन ।
द्वन्द्वको समयमा विस्थापित शिक्षकको पुनर्बहाली
ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्ध (माओवादी द्वन्द्व) का कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।
त्रिविमा बजेट र बेरुजु बराबर
त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ। विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ। विश्वविद्यालयको केही समयअघि प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७९/८० का लागि २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ बजेट पारित गरेको छ तर विश्वविद्यालयको बेरुजु पनि २४ अर्ब २६ करोड ८७ लाख ८५ हजार छ। बेरुजुभन्दा बजेट करिब ३० करोड रुपियाँभन्दा धेरै छ।