लुम्बिनी प्रदेशकाे राजधानी सार्ने काम शुरू
प्रदेश राजधानी घोषणा गरेर अस्थायी सदरमुकाम बुटवलबाट दाङ देउखुरीमा राजधानी राख्नको लागि प्रक्रिया शुरु गरिएको छ । तत्कालको लागि राजधानीको लागि आवश्यक पर्ने विभिन्न भौतिक संरचना नभएपछि राप्ती प्राविधिक शिक्षालयमा प्रदेश संसद भवन, मन्त्रालय भवनलगायतको संरचनाको रुपमा शिक्षालयलाई प्रयोग गर्ने सहमतिपछि प्रदेशसभा भवनको काम भइरहेको छ ।
७५ वर्षे इतिहास बोकेको नेपालगञ्जको महेन्द्र पुस्तकालय फेरि पुनर्जीवित हुँदै
७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आएर पुनर्र्जीवित हुन थालेको छ । सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविद् क्रियाशिल हुन थालेको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक संकटकालको घोषणा गर्ने निर्णय गरेको हो ।
विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।
पाठ्यपुस्तक छपाइमा लापरबाही, विद्यार्थी समस्यामा
कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।
रुकुम पश्चिममा पाँचसहित देशभर ५८६ जना विस्थापित शिक्षक पुनर्बहाली हुँदै
राजु लामिछाने रुकुम पश्चिम, साउन ३१ गते । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुम पश्चिमका पाँच जना शिक्षक पुनर्बहाली हुनुभएको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले उहाँहरुलाई पुनर्बहाली गरेर नियुक्ति पत्र प्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुनर्बहालीको पत्र बुझेर पाँच जना शिक्षकहरु दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जानुभएको छ । इकाई प्रमुख तारा प्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसुदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । पुनर्बहाली हुने पाँचै जना शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा रहेको कार्यालयले जनाएको छ । सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मङ्सिरमा दिएको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।शिक्षकहरूले विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुञ्जेलको अवधिको तलब भत्ता, विदा, पोसाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने निर्णय गरेको थियो ।
एसईईको नतिजा : पहिले शून्य पुनर्योगमा ८०
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अङ्क पाए । ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगका लागि आवेदन दिए । पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए । कारण ती परीक्षार्थीले वास्तवमा ८० अङ्क पाएका थिए तर अङ्क चढाउँदा अगाडिको अङ्क नै छुट्याइएको रहेछ । धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो ।
मापसे गरेरै स्कुल बस सरर...
स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।
विश्वविद्यालय स्थापनाका लागि स्थलगत अध्ययन
मीना कँडेलकावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।