अर्थतन्त्रमा नीतिगत सुधार
केही वर्षअघिसम्म पनि दक्षिण एसियाली क्षेत्रमा भारतपछि श्रीलङ्काको अर्थव्यवस्थालाई निकै सुदृढ एवं सबल अर्थतन्त्रका रूपमा लिइने गरिन्थ्यो । विप्रेषण र पर्यटन क्षेत्र वैदेशिक मुद्राका दरिला स्रोत थिए । विश्व परिस्थितिमा देखिएको केही विषमता तथा कुशासनको चक्रसँगै क्रमिक रूपमा त्यस मुलुकको अर्थतन्त्र हाल निकै जर्जर अवस्थामा पुगेको छ ।
गुरुपरीक्षाको नतिजा
शिक्षक सेवा आयोगले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा हालै प्रकाशित गरेको छ । त्यस परीक्षामा १२ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएको पाइएको छ । तथ्याङ्कगत दृष्टिबाट यो निकै कम प्रतिशत हो ।
प्रेस स्वतन्त्रता दिवस
३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३ अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।
डिजिटल नेपालको दिशा
अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा पनि चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक भएको तथ्यमा सायदै बिमति राख्न सकिन्छ । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो । विश्वका विकसित देशले नवीनतम सञ्चार प्रविधिकै उपयोगबाट आफ्नो अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेका कैयौँ उदाहरण पाइन्छन् । डिजिटल अर्थतन्त्र अहिलेका विश्वमा न्यून लागतमा बढी प्रतिफल दिने अर्थतन्त्रका रूपमा चिनिन्छ ।
श्रमिक दिवसको सार्थकता
श्रमिकका निम्ति आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणाले सार्थकता पाएको दिन हो– मे दिवस । यसका पछाडि लामो सङ्घर्ष छ । सन् १८९० अर्थात् १३३ वर्ष श्रमिकको लामो सङ्घर्षले सार्थकता पायो । फलस्वरूप हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने विश्वव्यापी प्रचलन छ । श्रमिकलाई गुणस्तरीय जीवन बिताउने वातावरण तयार गर्न समयसापेक्ष सुविधा तथा अधिकारको सुनिश्चितताका लागि सरकार एवं रोजगारदातालाई झकझकाउने दिनका रूपमा यो दिवसको महìवपूर्ण स्थान रहिआएको छ ।
नेपाल–अमेरिका सम्बन्ध
नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७५औँ वर्षमा प्रवेश गरेको छ । राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँंगिँदै गएको निर्विवाद तथ्य हो ।
दुई दिन बिदाको प्रभाव
सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक (साप्ताहिक) बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउनेछन् । नेपालमा सातामा शनिबार तथा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको यो पहिलो पटक भने होइन ।
उड्डयन क्षेत्रमा सुधार
झन्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको थियो । यसैको परिणामस्वरूप नेपाली वायुसेवा कम्पनीहरू युरोपेली मुलुकमा उडान भर्न असमर्थ थिए । यसबाट नेपाली हवाई उड्डयनको क्षेत्रमा एक किसिमको सङ्कुचन तथा अवरोधको अवस्थाको सिर्जना भएको थियो । यसबाट नेपाली उड्डयन क्षेत्रमा निराशा पैदा हुनु स्वाभाविक मान्न सकिन्छ । यसबाट नेपाली वायुसेवा कम्पनीहरूको विकास एवं विस्तारमा प्रतिकूल प्रभाव परिरहेको थियो । राष्ट्रसङ्घीय विशेष निकायका रूपमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) तथा युरोपेली सङ्घअन्तर्गतको युरोपेली आयोगको सुरक्षा सूचीमा रहेका कारण सन् २०१३ देखि नेपाली विमानहरूका लागि अमेरिका तथा युरोपेली मुलुकका आकाश प्रतिबन्धित छन् । यसको अन्त्यका पटक पटक प्रयास भए पनि आशातीत सफलता प्राप्त हुन सकेको थिएन । हालसम्म पनि यो प्रतिबन्ध हटाउने कार्य सफलीभूत हुनसकेको छैन । प्रतिबन्ध हटाउन आईकाओले नागरिक उड्डयनका विभिन्न पक्षमा सुधारको सर्त पनि अगाडि सारिरहेको बेलाबखत आइरहेकै हो ।यावत् प्रयासहरूको सन्दर्भमा खुसीको खबरसमेत सम्प्रेषित भएको छ । आईकाओले झन्डै दुई हप्ता लगाएर चैत ३० गतेदेखि वैशाख १२ गतेसम्म गरेको परीक्षणबाट नेपालको हवाई सुरक्षामा प्रगति हुँदै गएको आँैंल्याइएको छ । आईकाओले गरेको सम्परीक्षण (अडिट) ले पछिल्लो पाँच वर्ष यता नेपालको हवाई गुणस्तरमा वृद्धि भएको देखाएका छ । सन् २०१७ मा नेपालमा सुरक्षा परिचालन भार ६७.७६ प्रतिशत रहेकोमा पछिल्लो अडिटबाट यो ७१.१ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ । यस तथ्याङ्कबाट नेपालले हवाई सुरक्षा गुणस्तर वृद्धिजस्ता कार्यमा निरन्तर प्रयास अगाडि बढेको स्पष्ट हुन्छ । प्रमाणिक तथ्याङ्कहरूले यही कुरा देखाइरहेको छ । अडिटका सिलसिलामा उडान सुरक्षाको नेपालले पालना गरे गराएका कार्य र तिनको प्रगतिलाई आधार बनाएको देखिएबाट समेत नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र विश्वसनीय हुँदै गएको देखिन्छ । नागरिक हवाई उड्डयन क्षेत्रमा विश्वभरि नै नियामक रूपमा काम गर्दै आइरहेको राष्ट्रसङ्घीय विशेष निकायको विशिष्टकृत कार्य सम्पादन गर्दै आइरहेको छ । त्यसक्रममा आईकाओले विशेषतः लिजिस्टेसन ( एलईजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अपरेसन (ओपीएस), एयर नेभिगेसन सर्भिस (एएनएस), एरोडमी एन्ड ग्राउन्ड एड्स (एजीए) लगायतका आठ विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर हवाई उड्डयनको व्यवस्थापन एवं सुरक्षाको गुणस्तर मापन गरिरहेको छ । यो सन्दर्भमा नेपालको अनुगमन गहन रूपमा भइरहेको देखिन्छ । नेपालको हवाई सुरक्षाको स्तरलाई केलाउँदा सन् २०१७ मै पनि औसत विश्व आँकडाभन्दा माथि नै देखिएको छ । विश्व औसत हवाई सुरक्षाको भार ६७.२ प्रतिशत रहेकोमा नेपालको ६७.७६ प्रतिशत थियो । यस तथ्यबाट नेपाली वायुयानलाई युरोप, अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय उपयुक्त थिएन भन्ने समेत स्पष्ट हुन्छ । पछिल्लो अडिटअनुसार नेपालमा औसत परिपालना भार ७१.१ प्रतिशत पुगेको पाइएको छ । कुल १९३ सदस्य राष्ट्र रहेको आईकाओका राष्ट्रहरूको औसत हवाई सुरक्षा भार ६७.२ प्रतिशत रहेको छ । यसरी नेपालले विगत र वर्तमानमा समेत हवाई सुरक्षा परिपालनमा कुनै कमी नगरेको प्रमाणित भएको छ । पछिल्ला वर्षमा नेपालले नागरिक हवाई उड्डयनका क्षेत्रमा पूर्वाधार विकासलाई आन्तरिक रूपमा निकै अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल थपेको छ । पूर्वाधार विकासमा ध्यान दिएको छ । त्यसक्रममा हवाई सुरक्षामा उल्लेखनीय सुधार गर्दै आइरहेको सन्दर्भमा अहिलेको उपलब्धि प्राप्त भएको हो तर यतिमै प्रगति रोकिनु हुँदैन । अब इयु र आईकाओले नेपाली विमानलाई अमेरिका र युरोपको आकाशमाथि लगाइरहेका प्रतिबन्ध छिटोभन्दा छिटो हटाउनु उपयुक्त देखिन्छ । त्यसतर्फको प्रयाससमेत अगाडि बढाउनु पर्नेछ । प्रतिबन्ध खुला भए नेपाली हवाई उड्डयनको विकासमा निकै सकारात्मक प्रभाव पर्ने निश्चित छ । नेपालको पर्यटन विकास हवाई क्षेत्रमा गरिने विकास, विश्वास र गुणस्तरमा निर्भर रहनेछ । कोरोना (कोभिड–१९)का कारण विश्वभर पर्यटन खुम्चिएको छ । यो प्रतिकूल प्रभाव नेपालमा समेत स्वाभाविक रूपमा परेको छ । देशको हवाई क्षेत्रको बढ्दो विश्वासले नेपालको पर्यटनलाई फेरि नयाँ तवरले अगाडि बढाउन सकिने निश्चित छ ।
सुरुङमार्गको उत्साह
राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।