टेलिकमलाई मोबाइल सेवाको अनुमति
नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अनुमतिपत्र उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली
भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् । सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ ।
बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो कामपा
काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटिसकेको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताउनुभयो ।
अपाङ्गमैत्री पूर्वाधारमा लगानी
बागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ । नगरपालिकाले अवैध सडक पेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरिरहेको हो ।
म्याद सकिए पनि नगरपालिका भवन बनेन, मासिक डेढ लाख भाडा तिर्न बाध्य
नगरपालिकाको भवन निर्माण गरी २०८१ भदौमा जिम्मा लगाउनु पर्ने सम्झौता सहित निर्माण सुरु भए पनि अझै २० प्रतिशत काम हुन सकेको छैन । ठेकेदारको बदमासीका कारण नगरले मासिक डेढ लाख भाडा तिर्न बाध्य छन् ।
चितवनका होटलमा २५ प्रतिशतसम्म छुट
भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै चितवनका होटल तथा रेस्टुरेन्टले खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने भएका छन् ।
जहाज मर्मतको छानबिन गर्न समिति गठन
नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।
इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।
गण्डकीमा सवारी दर्ताको दर घट्यो
गण्डकी प्रदेशअन्तर्गत रहेको सवारी व्यवस्था कार्यालयमा सवारी साधन दर्ता हुने क्रम घट्दै गएको छ।सार्वजनिक सवारी साधनमा मात्र नभई निजी क्षेत्रको सवारी साधनसमेत घट्ने क्रममा रहेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीले जनाएको छ।
सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाईओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो।
सुदूरपश्चिममा ठूला योजना बजेटको पर्खाइमा
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलसँगै पहुँच मार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’का सडक विभागमा फाइल पेस गरेको छ ।
तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।
कुखुरा बेच्दै महिला व्यापारी
भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी । एउटा कुखुराको रू ४०० सम्ममा बिक्री हुने गरिन्छ ।
चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।
चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पाँच सय योजना कार्यान्वयन अलपत्र
चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी छ । तर, कर्णाली प्रदेश सरकारको रातो किताबमा भएका ५ सय ७४ वटा योजना कार्यान्वयन गर्ने विषयमा कुनै टुङ्गो लाग्न सकिरहेको छैन । रकम थप गर्न बजेट अभाव र कार्यान्वयनको लागि खाका बन्न नसक्दा ती योजनाहरू के हुने भन्ने अन्योल कायम छ । ०७९ असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सरकारले प्रदेश सरकारबाट १५ लाखभन्दा कम बजेट विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने राजनैतिक सहमति गरेको थियो ।
सेयर निष्कासन रोकिँदा जलविद्युत् प्रवर्धकलाई समस्या
जलविद्युत् आयोजना निर्माणमा सर्वसाधारणको रकमसमेत परिचलान गर्ने गरी साधारण सेयर जारी गर्ने योजना बनाएका जलविद्युत् प्रवर्धकहरू अहिले समस्यामा परेका छन् । सेयर निष्कासनको अनुमति दिने निकाय धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा ३० जलविद्युत् आयोजनाका प्रवर्धकहरू समस्यामा परेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ ।
ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा वैदेशिक रोजगारीमा हुने ठगीका घटना बढ्न थालेपछि त्यस्ता अपराधीलाई विदेशबाट पक्राउ गरी कारबाही अघि बढाउन थालेको हो ।
श्रम, रोजगारसम्बन्धी गुनासो सुन्न देशका एघार स्थानमा कार्यालय
सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने गरी व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र रोजगारसँग सम्बन्धित गुनासोलाई छिटोछरितो र प्रभावकारी गराउनका लागि कल सेन्टरमा आएका गुनासो ती कार्यालयबाट सम्बोधन गर्ने गरी फोकल व्यक्ति तोकिएको हो । श्रमाधान कल सेन्टर वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको छ । उक्त कल सेन्टर तीन सिफ्टमा कर्मचारी खटाएर चौबिसै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
बचत अपचलन गर्नेलाई कारबाहीको माग
बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्वनियमन र स्वअनुशासनका माध्यमबाट प्रवर्धन, सुदृढीकरण र शुद्धीकरण गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को आयोजनामा मङ्गलबारदेखि जारी लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ ।
‘प्रभावमा करका दर निर्धारण गर्दैनौँ’
अर्थमन्त्री वर्षमान पुनले कसैको प्रभावमा करका दर निर्धारण नगरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘प्रिबजेट राउन्ड टेबुल’ कार्यक्रममा उहाँले औचित्य पुष्टि हुने गरी करका दर निर्धारण गरिने बताउनुभयो । “तीन तहले नै बनाएर करका नयाँ दर निर्धारण गर्नुको कारण समेत खुलाएर राख्छौँ,” उहाँले भन्नुभयो ।
नीति तथा कार्यक्रम जेठ १ गते
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गर्ने भएको छ । नीति र कार्यक्रम राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत हुने छ । संवैधानिक व्यवस्थाबमोजिम सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम वाचन गरी संसद्मा प्रस्तुत गर्नुहुने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
न्यु बुटवल सबस्टेसन बन्ने
न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहायतामा एमसिए नेपालले सो सबस्टेन निर्माण गर्न लागेको हो । यो एमसिसी परियोजना अन्तर्गतका कामको पहिलो ठेक्का सम्झौता हो ।