सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
सुनको मूल्य प्रतितोला रू. एक हजारले बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
एकासी हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ ।
आर्थिक सुधार सुझाव आयोगद्वारा सुझाव सङ्कलन
नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जका आर्थिक क्षेत्रका अगुवाबाट सुझाव सङ्कलन गरेको छ ।
जलविद्युतकाे सेयर किन्न विपन्नलाई ऋण
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जलविद्युत् आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकका लागि बिनाधितो सहुलियत दरमा कर्जाको व्यवस्था गरेको छ ।
पचास करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन गर्न सकिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपियाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने व्यवस्था भएको बताउनुभएको छ ।
‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’
सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।
जुम्लाको विकट क्षेत्रमा टेलिकमको सेवा
नेपाल टेलिकमले जुम्लाको अति विकट पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ ।
हाम्रो पे वालेटमा पाँच सय बढी सहकारीको खाताबाट रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बिच यसका लागि सम्झौता भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ ।
सधैँ महँगो भान्सा
गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
सरकार आर्थिक विकासमा केन्द्रित : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको हो ।
सुनको मूल्य तोलामा १२ सयले घट्यो
आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालन
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन सञ्चालनमा ल्याएको छ ।
ऋण लगानीका संस्था बजेटमै उल्लेख गरिने
सरकारले सङ्घीय बजेटमै सेयर तथा ऋण लगानी गर्ने सार्वजनिक संस्थान, सङ्गठित निकाय वा कम्पनीको नाम उल्लेख गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी
वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
उखु कृषकलाई अनुदान
सरकारले उखु कृषकलाई प्रति क्विन्टल ७० रुपियाँ अनुदान रकम दिने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।
‘राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ’
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
लोप हुँदै स्थानीय माछा
विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् ।
दुधको मूल्य बढ्यो तर फाइदा बिचौलियालाई
नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् ।
पहेँलिन थाले सुन्तलाका बोट
सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोट नै पहेलै देखिने रोग देखा परेको छ ।
घट्न थाल्यो तोरी उत्पादन
चितवन भन्नेबित्तिकै कुनैबेला तोरीको जिल्ला भनेर चिनिन्थ्यो तर अहिले तोरी खेती बिस्तारै घट्दो छ ।