हिमाली जिल्लामा ग्यास अभाव, उपभोक्ता लाइनमा
कालीकोट, जुम्ला लगायतका हिमाली जिल्लामा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क हुनुहोस् : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
बजेट नआउँदा धनुषाको कमला नगरपालिकामा विकासका काम रोकिए
धनुषाको कमला नगरपालिकामा चालू आर्थिक वर्षको बजेट अझै पारित हुन नसक्दा विकास निर्माणका कामदेखि सेवा प्रवाह प्रभावित भएका छन् ।
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव रहेको बताउनुभएको छ।
पश्चिम एसियाको तनाब : नेपालीको सुरक्षा संवेदनशीलता
पश्चिम एसियाको विषम परिस्थितिले नेपालको रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । ठुलो सङ्ख्याका नेपालीको कर्मथलोमा द्वन्द्व चर्किंदा नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको हो ।
ग्यास वितरण सहज बनाउन निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न निर्देशन दिएको हो ।
‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका मध्यपूर्वी देशहरुमा पछिल्लो समय विकसित तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने सम्भावना औँल्याइएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा उत्कृष्ट किसान पुरस्कृत
प्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरेको छ ।
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट
बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पुराना सिलिन्डर : घरमै म्याद नाघे, हल्ला चलेपछि उद्योगमा
मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण गर्न थालेका छन् । कुनै बेला अभाव टार्न आवश्यकभन्दा बढी सिलिन्डर खरिद गरेर घरमै थन्क्याएका उपभोक्ताले यसबेला जोहोका लागि निकालेका हुन् ।
जैविक मल उत्पादन सुरु
गण्डकी प्रदेशकै एक मात्र साझेदारी वनका रूपमा रहेको पूर्वी नवलपरासीको मध्यविन्दु साझेदारी वनले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा रहेका प्रयोगविहीन झाडी काटेर त्यसलाई प्रशोधन गरी मल उत्पादन थालिएको हो । य
‘साझा प्रयासबाट व्यावसायिक वातावरणमा सुधार’
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण खस्किएको निजी क्षेत्रको मनोबल सबैको साझा प्रयासबाट उकास्न सम्भव भएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताउनुभएको छ ।
नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द
उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका देशमा जारी गैरसैनिक उडान प्रतिबन्धले पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन १६ देखि कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबलगायतका मुलुकमा जारी हवाई प्रतिबन्धका कारण फागुन २० देखि २८ सम्म उक्त उडान रद्द भएका हुन् ।
ग्यास अभाव टार्न आधा सिलिन्डर बिक्री गर्ने निगमको निर्णय
नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको छ ।
निर्वाचनको नतिजाप्रति निजी क्षेत्र आशावादी
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच बिहीबार अर्थ मन्त्रालयमा समसामयिक विषयमा छलफल भएको छ ।
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट
बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
‘श्रम र लागत घटाउन कृषिमा यान्त्रिकीकरण’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले मेसिनको प्रयोग गर्दे श्रमशक्ति र लागत घटाएर कृषिलाई नयाँ दिशा दिन लागेको बताउनुभएको छ । धान रोप्ने चारपाङ्ग्रे मेसिनको बुधबार कैलालीमा उद्घाटन गर्दै मन्त्री परियारले सो कुरा बताउनुभएको हो ।
औद्योगिक प्रदूषण घटाउन विश्व बैङ्कको ऋण
उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि उपलब्ध गराइने उक्त ऋण विश्व बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो ।
ल्याउन थालियो रोकिएका यात्रु
नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण दुबई विमानस्थल चैत २ गतेदेखि १४ गतेसम्म पूर्ण बन्द हुने भएपछि निगमले तत्कालका लागि दुई वटा विशेष उडानमार्फत यात्रु ल्याउन वाइडबडी जहाज परिचालन गरेको हो ।
रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि
रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।
कुवेतमा ‘सिभिल आइडी’ को म्याद थप
कुवेत सरकारले घर बिदामा गएका र युद्धका कारण समयमा फर्कन नपाउने नेपालीसहित आप्रवासी श्रमिकका लागि ‘सिभिल आइडी’ को म्याद थपेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार खाडीमा पछिल्लो समयमा विकसित परिस्थितिले तोकेको समय अवधिभित्र कुवेत फर्कन नसकेका आप्रवासी श्रमिकको हकमा ‘सिभिल आइडी’ को म्याद थप गर्ने निर्णय कुवेत सरकारले गरेको हो ।
चियाको पहिलो टिपाइ सुरु
इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु भएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ लाई उच्च गुणस्तरको चियाका रूपमा लिइने गरिएको छ । फागुन र चैतमा उत्पादन भएको पहिलो टिपाइको चिया उद्योगी र किसानका लागि बर्सैभरको आम्दानीको स्रोत जस्तै बन्ने गरेको छ ।