कर्णालीका हिमाली जिल्लामा उडान थप
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दाे सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताउनुभयो ।
अर्थतन्त्र सुरक्षित ठाउँमा फर्काउने प्रतिबद्धता
नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले समस्याको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “अर्थतन्त्र यतिबेला सङ्कटको डिलमा छ, यसलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित रूपले अगाडि बढाउन हामीले धेरै मेहनत गर्नुपर्नेछ । दुनियाँका अनुभव र हाम्रा विगतका अनुभवबाट राम्रो शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”
हुम्लाका नदीमा काठेपुलबाटै तर्नुपर्ने बाध्यता
हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेका कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो ।
प्रसारण लाइनको निर्माण तीव्र
रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ ।
स्याङ्जामा दशककै बढी सुन्तला उत्पादन, एक अर्ब १४ करोडको बिक्री
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस बर्ष सुन्तलाको उत्पादन अत्यधिक रूपमा वृद्धि भएको छ । यहाँ यस वर्ष एक अरब १४ करोड बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।
भेडा बचाउन भालुसँग भिड्ने ''टीकाप्रसाद''
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका टीकाप्रसाद पुन अहिले ७९ वर्षको हुनुभयो । उहाँको क्रियाशीलता र सक्रियता भने युवाको भन्दा कम छैन । आठ वर्षको उमेरदेखि भेडीगोठ बस्न थाल्नुभएका टीकाप्रसाद आजभोलि पनि अनकन्टार भीर ,पहरा र जङ्गलको बाटो हुँदै लेक र औल गर्नुहुन्छ ।
बाह्र हजार विद्युतीय सवारी भित्रिए
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् ।
सडक पहुँचले घट्यो महँगी
दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका नयाँ बजार स्थापना भएका स्थानमा महँगी ४० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ । ती नयाँ बजार कर्णाली कोरिडोरसँग जोडिएका कारण यातायात नियमित रूपमा सञ्चालनमा आउन थालेपछि महँगी घटेको हो । ताँजाकोट गाउँपालिकाको पैमा क्षेत्रको नयाँ बजारका स्थानीय कर्णबहादुर थापाले सडक यातायात जोडिँदा सवारीसाधनबाट ढुवानी हुन थालेपछि सामानको मूल्य सस्तिएको बताउनुभयो । उहाँले सडक नजोडिँदासम्म प्रतिकिलोग्राम चिनीको मूल्य २५० रुपियाँ तिरेको बताउँदै अहिले प्रतिकिलो १५० रुपियाँमा पाउन थालेको बताउनुभयो । दैनिक उपभोग्य अन्य सामग्रीमा पनि यो लागू भएको उहाँले जानकारी दिनुभयो ।
निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारका कारण अलपत्र
पाल्पाको तानसेन नगरपालिका ७ बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । दुई वर्षको अवधिमा सक्नुपर्ने गरी १० बर्सअघि निर्माणको काम सुरु भए पनि हाल सम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
कतारबाट फर्केर बाख्रापालन
करिब नौ वर्ष कतारको बसाइपश्चात् गुल्मीका एक युवाले गाउँमै आएर बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ का ३९ वर्षीय नारायणप्रसाद पन्तले अहिले जमुनापार, खरी जातका ३८ वटा बाख्रासँगै व्यावसायिक घाँस खेती गरेर वार्षिक १५ लाखजति आम्दानी गर्न थालेको बताउनुभएको छ ।
सहकारी बैङ्कको तरलता आठ अर्बमाथि
समग्र सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कमा आठ अर्ब आठ करोड १० लाख रुपियाँ तरलता पुगेको छ । बैङ्कमा तरलता १९.८६ प्रतिशतले भएको छ । गत कात्तिकको तुलनामा मङ्सिर महिनामा बैङ्कको तरलता १९.८६ प्रतिशतले बढोत्तरी भई आठ अर्ब आठ करोड १० लाख रुपियाँ पुगेको हो । कात्तिकमा बैङ्कसँग सात अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता रहेको थियो ।
गतिविधि नहुँदा सुस्तायो सौराहा
पर्यटकीय गतिविधि नहुँदा देशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको सौराहा यस पटक सुस्ताएको छ । हात्ती दौड, हात्ती महोत्सवजस्ता कार्यक्रमले विगतमा जाडोको समयमा सौराहामा पर्यटक खचाखच थिए तर अहिले कुनै कार्यक्रम आयोजना नहुँदा चितवन आउने पर्यटक अन्यत्र जान थालेका छन् । यस पटक कुनै गतिविधि नहुँदा चितवन आउने सम्भावित पर्यटक देशकै अन्य ठाउँमा जान बाध्य भएको पर्यटनविज्ञ विश्व सुवेदीले बताउनुभयो । सौराहा आसपासको मेघौलीमा हुने हात्तीपोलोजस्ता कार्यक्रम पनि नहुँदा त्यसको असर सौराहाको पर्यटन व्यवसायमा परेको उहाँको भनाइ छ ।
आधा घट्यो इन्धन आयात
चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो ।
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।
पुर्ख्यौली व्यवसायमा फर्किँदै माझीटारका युवा
पाँचथरका हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको सङ्गममा पर्ने माझी टारका युवाले पुर्ख्यौली पेसालाई निरन्तरता दिने अभियान सुरुवात गरेका छन् ।
अझै बैङ्क पुगेन साइपालमा
मुलुकभरका ७५३ स्थानीय तहमध्ये एउटामा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । यो गाउँपालिका हो, बझाङ जिल्लाको साइपाल गाउँपालिका । सुदूरपश्चिम प्रदेशमा पर्ने साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ बझाङ सदरमुकामको चैनपुर हो, जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ । यति मात्रै होइन, बैङ्किङ सेवाकै लागि गाउँपालिकाले सम्पर्क कार्यालय बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ ।
म्याग्दीको तातोपानीमा नुहाउनेको भीड
पछिल्लो समय म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरूको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गा स्थित तातोपानी कुण्डमा स्नान गर्नेहरू सर्वसाधारण, बिरामी र पर्यटकको सङ्ख्या बढेको हो ।
धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना
राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।
अध्ययनसँगै पुर्ख्यौली पेसामा १८ वर्षीय सम्झना
गुल्मीको इस्मा गाउँपालिका–२ हस्ती चौरकी सम्झना नेपालीले उमेरले १८ वर्षकी हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहुन्छ ।
पहेँलपुर बगैँचा, किसान दङ्ग
सिन्धुलीको कमलामाई नगरपालिका–३, भोटेछापका किसान जुद्धबहादुर राई यो वर्ष जुनार उत्पादन गत वर्षभन्दा बढ्ने भएपछि खुसीले फुरुङ्ङ हुनुहुन्छ । उहाँको १६ रोपनीको बगैँचा जुनार पाकेर यतिखेर पहेँलपुर छ । प्रकोपका रूपमा देखिएको औँसाकीरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रण भएकाले जुनार उत्पादन बढेको उहाँले बताउनुभयो । बगैँचामा जुनार स्याहार गर्दै भेटिनुभएका किसान राईले भन्नुभयो, “यतिखेर मेरो बगैँचामा चार सय बोट जुनार पाकेर पहेँलपुर भएको छ । गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख रुपियाँ आम्दानी लिएको थिएँ । यो वर्ष २० मेट्रिक टनजति उत्पादन भएकाले आम्दानी पनि १० लाख रुपियाँ हुने अनुमान गरेको छु ।”
भारतद्वारा पचास हजार मेट्रिक टन गहुँको कोटा निर्धारण
भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए ।
लोप हुँदै गुन्द्री र चकटी
दोलखामा गुन्द्री तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेपछि लोप हुन थालेका छन् ।
घातक रोगको उपचारका लागि दस लाख
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घातक रोगको औषधि उपचारका लागि १० लाख रुपियाँसम्म दिने व्यवस्था गरेको छ । उक्त सुविधा कोषमा दुई वर्ष योगदान गरेका योगदानकर्ताले पाउनेछन् । सो अवधिसम्म कोषमा योगदान गरेका योगदानकर्ताले पुस ५ गतेदेखि सेवा दाबी गर्न पाउनेछन् ।
अझै पनि वस्तु साटफेरबाटै कारोबार
मुद्रा प्रचलनमा आउनुअघिसम्म वस्तु विनिमय हुन्थ्यो । आफूले उत्पादन गरेको वस्तु दिएर आफूलाई चाहिने सामान ल्याउने वस्तु साटफेरले त्यसबेला जीवनयापन सहज बनाएको थियो । अहिले वस्तु विनिमय नै गर्नुपर्ने बाध्यता छैन । आफूसँग भएको वस्तु रकम लिएर बेच्न सकिन्छ र रकम दिएर आवश्यक वस्तु किन्न सकिन्छ तर अझै पनि केही स्थानमा वस्तु साटफेर गर्नु नै सहज हुने गरेको छ ।